नेपालगन्जमा स्वास्थ्य सेवा दिवसमा प्रभातफेरी
प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार १४:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,२४ चैत्र । ७० औं स्वास्थ्य सेवा दिवसमा नेपालगञ्जमा प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरिएका छन् । स्वास्थ्य सेवा सबैलाई, जहिले पनि जहाँ पनि भन्ने मूल नारासहितको व्यानरमा शनीबार बिहान नगरमा प्रभाफेरी निकालिएको छ भने बिरामी तथा बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विहान उपमहानगरपालिकाको कर्यालयबाट शुरु भएको प्रभातफेरी, धम्वोझी चौक हुँदै पुन: विपी चौक पुगेर सभामा परिणत भएको थियो ।
Advertisement
स्वास्थ्यकर्मी, उपमहानगरपालिकाका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेवीका, नर्सिंङ विद्यार्थी लगायतका सहभागितामा स्वास्थ्य सचेतना प्लेकार्ड सहित प्रभातफेरी गरिएको हो । प्रभातफेरी समापन समारोहमा बोल्दै उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले स्वास्थ्य सेवालाई सरकारले प्राथमिकतामा राखेपनि स्थानीय समुदायले अपनत्व ग्रहण नगर्दा सम्म सहज र प्रभावकारी सेवा प्रवाहमा चुनौती रहीरहने बताउनु भयो । यस्तै उपमहानगरपालिकाका शाखा अधिकृत गणेश न्यौपाने, स्वास्थ्य स्वयं सेवीका संयोजक नारायणी रुपाखेतीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस्तै दिवसकै अवसरमा एक सय ६० जना बिरामी तथा बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको छ । भेरी अञ्चल अस्पताल, पोषण पुर्नस्थापना केन्द्र र फुल्टेक्रास्थित निलसागर बृद्धाश्रममा रहेका बिरामी तथा बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको हो जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम बहादुर केसी, अञ्चल अस्पतालका मेट्रोन दुर्गा लक्ष्मी, गेरुवाका टिम लिडर गणेश कार्की, कार्यक्रम अधिकृत बिद्यायक केसी लगायतले बिरामीहरुलाई फफुल बितरण गर्नुभएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका पोषण कार्यक्रम फोकल पर्सन जागेश्वर बस्नेतले जानकारी दिनुभयो । गेरुवा ग्रामीण जागरण संघ नेपालगञ्ज, प्लान इन्टरनेशनल, सेफ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, सुआहारा र बि–ग्रुपको समन्वयमा फलफुल बितरण गरिएको हो ।