बैंक तथा वित्तिय संस्था ‘भोली अबेर सम्म खुल्ने
प्रकाशित मिति : २०७५, ३१ असार आईतवार १७:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं ३१ असार – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई भोली अबेर सम्म कार्यालय खुला राखेर सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा राजस्व बुझाउनेहरु उल्लेख्य हुने भएकाले अबेरसम्म कार्यालय खोलेर राजस्व बुझ्न भनेको हो ।
राष्ट्र बैंकले यसअघि वर्षभरीनै असोज, पुष, चैत र असार महिनाको अन्तिम हप्ता २५ गतेपछि शनिवार वा सार्वजनिक विदा परे पनि कार्यालय खोलेर सेवा दिन भनेको थियो ।
आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय, भन्सार कार्यालय लगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक तथा वित्तिय संस्था र नेपाल क्लियरिङ हाउसलाई पुर्णकालिन रुपमा खुला गर्ने व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिइसकेको छ ।