नेपालगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा झण्डै २ अर्ब बढी राजश्व
प्रकाशित मिति : २०७५, २ श्रावण बुधबार १४:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, साउन २ । नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा झण्डै २ अर्ब बढी राजश्व संकलन भएको छ । सरकारले आर्थिक बर्ष २०७४/७५ मा ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।
Advertisement
लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व संकलन भएको निमित्त कार्यालय प्रमुख माधव प्रसाद आचार्यले बताउनुभयो । यो गत आर्थिक बर्षको भन्दा ३ अर्ब ६ करोड ४९ लाख बढी भएको आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार सबैभन्दा बढी राजश्व हवाई इन्धनबाट संकलन भएको छ ।
हवाई इन्धनबाट २ अर्ब ६६ करोड ८५ लाख ९८ हजार राजश्व संलकन भएको छ । त्यस्तै सिमेन्ट आयातबाट १ अर्ब ५३ करोड ४७ लाख ४ हजार रुपैयाँ, पेट्रोलियम पदार्थबाट ९९ करोड २६ लाख १८ हजार रुपैयाँ राजश्व उठेको आचार्यले बताउनुभयो ।