बिजनेसमा रहेका समाचारहरु
काठमाडौं, १२ असार – ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा व्यापारी राजु द्वारका पक्राउ परेका छन्। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले द्वारकलाई हिमालयन होटलमा छोराको बिहे पार्टी चलिरहेको बेला सोमबार साँझ पक्राउ गरेको हो। हुन्डी र सनु तस्करीमा समेत उनको संलग्नता देखिएको छानविन समितिका एक सदस्यले बताए। यस अघि व्यापारी विमल पोद्दार पक्राउ परिसकेका छन्। ...
नेपालगन्ज,११ असार । सशस्त्र प्रहरी बलको सक्रियतामा भन्सार भई बाहिर निस्किने बेला जेठ ३० गते राती ९.३० बजे नेपाली चामल ब्राण्डको ८४ हजार केजी चामलसहित ४ ट्रक (ट्रक नम्बर : ना ६ ख ५२०६, ना ६ ख ५२०७, ना ७ ख १२४४ र ना ७ ख १६१७) पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको १३ दिनमा अर्थात असार ११ गते रातीसम्म ठुलो चलखेल र दबावका कारण पक्राउ भएको ट्रकलाई छाडिने तयारी...
नेपालगञ्ज,१० असार। नेपालगञ्ज उप-महानगरपालिकाले आ.व. २०७५/७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय÷व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाका उप प्रमुख उमा थापामगरले आगामी आ.व.मा ऐसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान १ अर्ब ११ करोड समेत गरि कुल आय २ अर्ब...
नेपालगन्ज, ९ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते अर्थात आगामी बिहीबार काठमाडौं आउने भएको छ । फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । ८ घण्टाको यात्रा तय गर्दै विमान विहान ८ बजे आसपासको समयमा नेपालमा अवतरण हुने निगमका सहप्रवक्ता शैलेन्द्र कशांकारले जानकारी दिए । विमानलाई दुई विदेशी पाइलटले उडाएर ल्याउनेछन् । विमान ल्याउने व्यवस्थापकीय कामका लागि...
नेपालगन्ज, ९ असार । नेपालमा निर्मित पस्मिना विश्वका ४७ मुलुकमा निर्यात हुने गरेको छ । सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पस्मिना उद्योगबाट मुलुकले प्रशस्त आर्थिक लाभ लिन सक्ने नेपाल पस्मिना उद्योग संघले जनाएको छ । पस्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थका रूपमा ‘पस्मिना यार्न, सिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दै आएका छन् । नेपालको पस्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पश्मिनाबाट सल, महिला तथा...
काठमाडौं, ३ असार । चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसअघि लिटरको ११३ रुपैयाँ थियो । त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मटि्टतेलको भाउ...
नेपालगञ्ज,१ असार । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हानु भएका मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा पेश गरेको बजेटमा चालू खर्च तर्फ ११ खर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगत तर्फ १६ अर्ब ६२ करोड ४३ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटले पर्यटन प्रर्बद्धनदेखि...
हरि अधिकारी,नेपालगंज, ३१ जेठ।बुधबार राती ९ः३० बजे भन्सार कटी सकेपछी ४ वटा गाडीमा ल्याईको ८४ टन चामल बिशेष सुराकी को आधारमा शसस्त्र प्रहरी नेपाल प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहले पक्राउ गरको छ । कागज पत्रमात्र हेरेर छोडेको तर भित्र के छ भनेर नहेर्दा लार्पबाही भएको श्रोतको दाबी छ । कागजीको भरमा राती मात्र यसरी मालसमान पास गराउने भन्सार पहिलो पटक भने होईन। श्रोत का अनुसार कर्मचारीको मिलोमतोमा...
हेटौडा,३१ जेठ । प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्नुहुने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडाले जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले रासस समाचारदातासँग आज संक्षिप्त कुराकानी गर्दै सरकारले प्रस्तुत गर्न लागेको आगामी आव २०७५÷०७६ को बजेटले...
धनगढी, ३० जेठ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यस प्रदेशको आव २०७५÷७६ को बजेटमा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीलाई मुख्य प्राथमिकता दिइने बताउनुभएको छ । बुधबार उहाँले चार वटा क्षेत्र बजेटको मुख्य प्राथमिकतामा रहेको जानकारी दिनुभयो । “त्यस बाहेक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, भौतिक पूर्वाधार त भई नै हाल्यो,” उहाँले भन्नुभयो, “सोहीअनुसार नीति तथा कार्यक्रम पारित भइसकेको छ ।” कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले आफ्नो...