स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
(नरैनापुर) बाँके,१४ चैत्र । बाँकेको विकट ‘बघौडा क्षेत्र’ नरैनापुरमा सञ्चालित स्वास्थ्य शिविरमा ७ सय बढी लाभान्वित भएका छन् । बुधबार भएको स्वास्थ्य शिविरमा नरैनापुर गाउँपालिकाका विभिन्न वडाका ७ सय बढी स्थानीयहरुको स्वास्थ्य चेकजाँच गरिएको मेडिकल टोली प्रमुख नेपालगञ्ज मेडिकल कलेजका सर्जन डा. रोमन किदवाईले जानकारी दिए । चेकजाँच गरिएका मध्ये सबैभन्दा बढी छाला, आँखा र कानका विरामी रहेका डा. किदवाईले बताए । जटिल खालका समस्या भएका, अप्ररेशन गर्नुपर्ने विरामीहरुलाई रेफर...
नेपालगन्ज,१० चैत्र। नेपालगन्जमा आज १६३ औ क्षय रोग दिवस नेपालगन्जको वडा नम्बर ४ को प्रांगणमा मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा गरिएको कार्यक्रममा क्षय रोग सम्बन्धी अन्तरक्रिया लगायत बिरामीलाई फलफूल बितरण गरिएको थियो। कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खडका, वडा नम्बर ४ का अध्यक्ष मो.सफीक बेहना, पत्रकारहरु लगायत क्षत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतका पदाधिकारी,टिबि कार्यक्रमका फोकल ब्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नम्बर ४ सल्यानीबाग अवस्थित क्षय रोग अस्पतालमा...
नेपालगन्ज,३ चैत्र।क्षरोग खोजी अभियान कार्यक्रमको पहिलो शिबिरमा १०० बढिको स्वास्थ्य परीक्षण गरिएको छ। आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा नेपाल क्षरोग निबारण सस्था,नेपालगन्जद्वारा गरिएको शिबिरमा बिशेष गरेर दम,खोकी र बाथ रोगीका बिरामी फेला परेको डा.शुभाष योगिले बताए। उक्त शिबिरमा सेवा लिन आएका बिरामीलाई निशुल्क उपचार सेवा र निशुल्क औषधि बितरण गरिएको डा.योगिले बताए। त्यस्तै १५ जना बिरामीको अवस्था गम्भीर भएकोले अस्पतालमा गएर स्वास्थ्य जाँच गराउन सुझाब दिएको डा.सुभाष योगिले...
राजविराज, २ चैत्र । राजविराजको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप रु एक हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमस्थित स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिनेलाई सो रकम दिएर पुरस्कृत गर्ने निर्णय गरेको स्वास्थ्य चौकीले जनाएको छ । उक्त स्वास्थ्य चौकीमा सेवाग्राहीलाई सरकारले दिँदै आएको सुत्केरी भत्तामा थप रु एक हजार दिइने सुरुङ्गा नगरपालिका–१ का वडाध्यक्ष मुक्तिकुमार कार्कीले घोषणा गर्नुभएको छ । सो वडाका...
काठमाण्डौ,२५ फागुन । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफुले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उहाँले गर्नुभएको छ । मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलनको आज यहाँँ उद्घाटन गर्दै जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालका सबै तह र...
जाजरकोट, २५ फागुन।बारेकोट गाउँपालिकाको स्वास्थ्य चौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । करिब एक महिनादेखि बारेकोट गाउँपालिका स्थानीयवासी उपचारका लागि लिम्सा आए पनि चिकित्सक नहुँदा पीडाबोध हुँदै फर्कने गरेको स्थानीयवासी सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा औषधि पर्याप्त मात्रामा भए...
नेपालगञ्ज फागुन २४ । १०८ औं अन्तर्राष्टिय नारी दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकामा विविध कार्यक्रम गरिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले नगरका ८० वर्षमाथिका जेष्ठ महिलालाई दोसल्लासहित सम्मान गर्नुका साथै स्वास्थ्योपचार गरेको छ । उपमहानगरपालिकामा आयोजित भव्य समारोहबीच आज एक सय ५० जेष्ठ महिलालाई दोसल्ला, छाता, फलफुलसहित सम्मान गरेको हो । सोही अवसरमा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको सहजीकरणमा एक सय जनाको स्वास्थ्य जाँचका साथै औषधी समेत प्रदान गरिएको छ । कवीराज निरिक्षक...
फाल्गुन २४,जाजरकोट। एक हप्तादेखि जाजरकोट अस्पतालमा विद्युत् नहुँदा समस्या भएको छ । अस्पतालमा जोडिएको साङटारिसाङ जलविद्युत् योजनाबाट उत्पादित बिद्युतको लाइन काटिएको र छिन्चु–जाजरकोट ३३ केभी विद्युत् लाइन नजोडिएका कारण एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको हो । ३३ केभी लाइन विद्युत् जोड्न पटकपटक आग्रह गर्दा पनि कर्मचारीको अटेरीका कारण समस्या भएको जिल्ला अस्पतालले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय पनि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको हो । ...
फाल्गुन २४,जाजरकोट। बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ । स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो । दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए पनि चिकित्सक नहुँदा परीक्षण हुन नसकेको स्थानीय विष्णु ज्योतिले...
नेपालगञ्ज ,फाल्गुन १७ ।आवश्यक जनशक्तिको अभावमा बाँकेमा सञ्चालित स्वास्थ्य कार्यक्रम समयमै सकिन चुनौती रहेको बताइएको छ । जर्मन सहयोग संस्था जिआईजेड तथा प्लान ईन्टरनेशनलको सहयोगमा जिल्ला समन्वय समिति बाँके र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बर्दियाको ठाकुरद्वारामा आयोजित दुईदिने समीक्षा गोष्ठीमा सहभागि स्थानीय तहका स्वास्थ्य संयोजकहरुले लक्षित कार्यक्रम समयमा सम्पन्न गर्न कठिनाई भएको गुनासो गरेका हुन् । बाँकेका स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष सहितको सहभागिता रहेको कार्यक्रममा...