Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

बाँके हुलाकले विश्व हुलाक दिवस मनायो

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, १५ आश्विन बुधबार १६:२७  

    नेपालगञ्ज । नेपालगञ्जमा पनि विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय बाँकेले आज एक कार्यक्रम गरी १४५औं विश्व हुलाक दिवस मनाएको हो । विश्व हुलाक दिवस अक्टोबर ९ तारिखमा पर्ने भएपनि यसपाली त्यस दिन नेपालमा सार्वजनिक विदा परेकाले आजै दिवस मनाइएको हो । कार्यालय परिसरमा आयोजित कार्यक्रममा सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी, अतिरिक्त हुलाक कार्यालयका प्रतिनिधि तथा सेवाग्राहीलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले हुलाक सेवालाई प्रभावकारी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिँदै घरमा सञ्चालन भइरहेका अतिरिक्त हुलाक कार्यालयहरुको व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । उहाँले छिट्टै आठ वटै पालिका र वडाहरुसंग समन्वय गरेर पालिका र वडामै कार्यालय स्थापना गर्न पहल गर्ने बताउनुभयो । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले हुलाक विगतमा सर्वसाधारणको अत्यन्त विश्वसनीय र भरपर्दो सेवा रहेको स्मरण गर्दै यसलाई दिगो राख्न समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यालय प्रमुख हुलाक अधिकृत गोविन्द प्रसाद पाण्डेले हुलाक सेवालाई प्रभावकारी बनाउन आफूहरु दत्तचित्त भएर लागेको बताउँदै अहिले कार्यालयका केही दायित्व पनि बढेकाले प्रभावकारी कार्य सम्पादनका लागि कुनै कसर बाँकि नराख्ने बताउनुभयो । हुलाक बचत सेवामा बचत गर्नेहरुको संख्या दिन प्रति दिन बढ्दै गइरहेको पाण्डेले बताउनुभयो । आफू आईसकेपछि जिल्लाका सबै इलाका र अतिरिक्त हुलाक कार्यालयहरुको अनुगमन गरिएको बताउँदै पाण्डेले कतिपय कार्यालयहरु भवनविहीन र जीर्ण हुँदा पनि भवन निर्माण र मर्मतका लागि पहल नभएको भन्दै गुनासो गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाईं, निजामति कर्मचारी आधिकारिक ट्रेड युनियन बाँकेका अध्यक्ष कृष्ण बहादुर थापा, अतिरिक्त हुलाक कार्यालय विनौनाका शंखीलाल थारु लगायतले हुलाक सेवालाई समयसापेक्ष र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । दिवसका अवसरमा आजको पहिलो हुलाक टिकट खरिदकर्ता नेपालगञ्ज १ का जित बहादुर महत, बचत बैंकका पहिलो सेवाग्राही डुडुवा १ का बसन्तराज शर्मा, पहिलो चिठ्ठी रजिष्टर गराएका हिमालयन बैंकका फुल बहादुर स्यान्ताङ्ग र डाँके सेवाका आजका पहिलो सेवाग्राही अजय कुमार गुप्तालाई सम्मान गरिएको छ । त्यस्तै डाँक सेवामा कार्यरत खरिदार गंगाबहादुर राना, हुलाक बचत बैंकका नन्दकुमार गडरिया, हुलाकी मणिराम शर्मा र देवीलाल चौधरी, अतिरिक्त हुलाक कार्यालय विनौनाका शंखीलाल थारु, हिरमिनियाका जयपाल मौर्य, खास कारकाँदोकी किरण शर्मा, पत्र वितरकहरु कम्दीका विष्णु प्रसाद कुर्मी र नरैनापुरका जंगली प्रसाद श्रीवास्तबलाई सम्मान गरिएको छ । सेवा निवृत्त कर्मचारीहरु जगदीश कुम्हार, कमानसिंह साउद, धर्मराज जैशीलाई पनि सम्मान गरिएको कार्यालयले जनाएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट