द्वारा लिखित समाचारहरु

कर उठाउने ढाटमा आगजनी, महिला प्रहरी जलेर गम्भीर घाइते
"प्रदेशसभा सदस्य गरे आगो लगाउने समूहको नेतृत्व  "

चितवन : पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा स्थानीयले आगो लगाइदिएका छन् । शुक्रबार विहान ११ बजेको समयमा ३० देखि ४० जनाको संख्यामा आएको स्थानीयको समूहले टिकौलीमा रहेको सडक बोर्डको ढाटमा आगो लगाइदिएका हुन् । उनीहरुले ढाटमा पेट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकारी दिए । आगो लगाउने समूहको नेतृत्व चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालले गरेका प्रहरीले...

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीसँगको छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री आज (बिहीबार) बिहानै बालुवाटार पुगेका छन् । मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले प्रदेश सरकारले गरिरहेको कामका विषय छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्साका हावाहुरी पीडितको राहत र पुर्नवासका लागि सरकारसँग माग गर्ने बुझिएको छ। हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याएपछि भोलिपल्ट बिहानै (सोमबार)...

भारतबाट १५ लाख भारु चोरेर भागेका एक नेपाली पक्राउ

बैतडी:  भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

मुस्लिम धार्मिक सम्मेलन नेपालगंजमा जारी, बिद्यार्थीहरुलाई इस्लामीक उपाधी प्रदान गरिने

नेपालगन्ज । दाउते इस्लामी नेपालको आयोजना नेपालगन्जमा अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम जारी रहेको छ । दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी शनिबार पाकिस्तानबाट नेपालगंज आएर सम्मेलनलाई सम्बोधन गर्नु भएको छ । कार्यक्रममा भारत, बगलादेश, यूएइ,यूएसए, पकिस्तान सहित दर्जनौ देशका धार्मिक ज्ञाताहरुले कार्यक्रमलाई सम्बोधन गरी रहनु भएको दाउते इस्लामी नेपालका अध्यक्ष रमजान अलि मियाले बताउनु भयो । दाउते इस्लामीले आयोजना गरेको सम्मेलनले धार्मिक मात्रै हैन, यसले समाजमा मेलमिलाप...

अख्तियार आयुक्त पाठकको घूस प्रकरण : ४ महिनादेखि गुपचुप प्रधानमन्त्रीसहित उच्च पदस्थहरू

नेपालगन्ज । नेपाल इन्जिनियरिङ कलेजले डेढ अर्ब रुपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय नेपाल खवर डटकमले बुधबार राति पहिलोपटक सार्वजनिक गरेको थियो । मुद्दा मिलाइदिने बहानामा घुस दिने पक्षले भिडियोसमेत खिचेको र आयुक्त पाठकले घुस लिएको प्रस्ट देखिएको बताइएको छ । घुसकाण्डको विषयमा गोप्यरुपमा करिब नौ घन्टाको भिडियो रेकर्ड गरिएको छ । यो त्यही भिडियो थियो जुन प्रधानमन्त्री...

कश्मिर आक्रमणमा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु, समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको फोन

नेपालगन्ज । प्रधानमन्त्री केपी ओलीले भारत प्रशासित कास्मिरमा ४० सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणको भर्त्सना गरेका छन् । ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी आक्रमणको भत्र्सना गर्दै मृतक सुरक्षाकर्मीलाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । बिहीबार दिउँसो कश्मिरको श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवालामा जैस–ए–मोहम्मद नामको आतंकवादी समूहले तीन सय ५० भन्दा बढी विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सुरक्षाकर्मीको गुडिरहेको गाडीमा ठोक्काउँदा ४०...