फोटो स्टोरीमा रहेका समाचारहरु
दाङको सौडियारमा गाबिस्स्तरिय सामुदायिक अध्ययन केन्द्रद्वारा सन्चालित ई सेवा को समुद्घाटन गर्दै माननीय सिंचाई मन्त्री दीपक गिरी। तस्बीर:नबीन गिरी ...
नेपाल प्रेस युनियन बाँकेद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै माननिय सिंचाई मन्त्री दीपक गिरी । साथमा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव तथा जिल्ला अध्यक्ष लगायत । ...
चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २२ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसी सरकारसँग भएको १२ बुँदे सहमतिपछि आइतबार भूकम्पका घाइते बालकको हातबाट जुस पिएर अनशन अन्त्य गर्दै । ...
कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत् आयोजना । आयोजनाबाट उत्पादित विद्युत् पुसको दोस्रो सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । ...
बर्दियाको गुलरियामा भारतीय महिला सडकमा बसेर बदाम बेच्दै । यस व्यवसायबाट उनले चारजना बालबच्चालाई पालनपोषण गरेकी छन् । तस्बिर :मेनका चौधरी ...
कञ्चनपुरको असैनाका एक खेतमा झपक्क फुलेको तोरीको फूल । तस्बिर :राजेन्द्रप्रसाद पनेरु ...
रोल्पाको खुंग्रीका स्थानीयवासीले परम्परागत तरिकाले कोलमा चिउरी पेलेर तेल निकाल्दै । तस्वीर : कविता उपाध्याय ...
बर्दिया राष्ट्रिय निकुञ्ज हात्तीसारमा रहेका हात्तीहरुको लागि खरमा धान राखेर आहार बनाउदै एक कर्मचारी । तस्बिर: बागेश्वोरीपोस्ट ...
बैतडीमा दुई वर्षअघि निर्माण कार्य सुरु भए पनि राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको विवादका कारण अलपत्र परेको सुविधा सम्पन्न दशरथचन्द क्रिकेट रङ्गशाला । ...
म्याग्दी अत्यन्त दुर्गम कुइनेमंगले गाविसको धौलागिरि हिमालको फेदमा अवस्थित रिखार मन्दिर । यहाँको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वास छ । ...