विश्वकप २०१८मा रहेका समाचारहरु

फ्रान्सले जितेको खुसीमा पेरिसमा उर्लियो मानवसागर, (लाइभ भिडियो)

फ्रान्सले विश्वकप उपाधि जितेसँगै राजधानी शहर पेरिसमा खुसीयाली मनाउनका लागि स्वतस्फूर्त रुपमा मानवसागर उर्लिएको छ । क्रोएशियालाई फाइनलमा ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप उपाधि जितेको हो । हेर्नुस् पेरिसमा उर्लिएको मानवसागर : ...

२०१८ को बिश्वकपको फाईनलमा फ्रान्स बिजयी
"उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिच "

रसिया,३१ असार (एजेन्सी) । विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो । तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८...

बिश्वकप २०१८ को फाईनल खेलको पहिलो हाफ सम्म फ्रान्स २-१ ले अगाडी

मस्को (एजेन्सी)/३१ असार। फुटबलको महाकुम्भ विश्वकप २०१८ को फाइनल खेलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् । फ्रान्सले खेलको १८ औं मिनेटमा अग्रता लिन सफल भएको हो । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले गोल गर्न सफल भएको हो । एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो । तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो...

फाइनल पुगेको खुशीमा फुटबल जर्सी लगाएरै बस्यो क्रोएसियाको संसद वैठक

विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाको खुसी खेलाडीमा भन्दा पनि देशमा धेरै लागेको छ ।समर्थकहरु खुसीमा डुब्नु त छँदैछ, देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् । रूस विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको क्रोएसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याबिनेट बैठक बसे । पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यवद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएका थिए । यता राष्ट्रपति कोलिन्डा मैदानमा नै...

सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट कसले पाउला ?

विश्वकपको २०१८ को ट्रफीको चर्चासंगै सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट कसले पाउने भनेर आम दर्शक तथा खेलाडीको पनि चर्चाको विषय हुन्छ । यस वर्षको विश्वकपमा गोल्डेन बुट कसले पाउने सम्भावना छ त ? चौथो स्थानमा रहेर विश्वकप अन्त्य गरे पनि इंग्ल्याण्डका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनका लागि भने सुखद खबर छ । गोल्डेन बुट पुरस्कार उनले पाउने निश्चित जस्तै भएको छ । केनले विश्वकपका सात खेलमा ६ गोल गरेका छन्,...

कसले उचाल्ला २०१८ विश्वकपको ट्रफी ? इतिहास रच्ने दाउमा क्रोएसिया, इतिहास दोहोर्‍याउने लक्ष्यमा फ्रान्स !

नेपालगन्ज,३१ असार।विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको प्रतिस्पर्धा आज हुँदैछ । आज राति हुने फाइनल खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ दुबै टिम प्रतिस्पर्धा गर्दैछन् । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो । सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको फाइनलमा पहिलो...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित

नेपालगन्ज, ३० असार । रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ गोल गर्न सफल भएको हो । काउन्टर-अट्याकमा केभिन डे ब्रुयनको पासमा हाजार्डले गोल गर्दै टोलीको...

आज तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड भिड्दै
"फुटबल इतिहासमा भने इंग्ल्याण्ड बेल्जियम विरुद्ध हावी "

नेपालगन्ज, ३० असार । रुसमा जारी विश्वकप फुटलअन्तर्गत शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजे हुनेछ । समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो । फुटबल इतिहासमा यी दुई टोलीबीचको खेल हेर्ने हो भने इंग्ल्याण्ड बेल्जियम विरुद्ध...

क्रोएसियाद्वारा इङ्ल्यान्ड पराजित,विश्वकपको फाईनलमा पहिलो पटक क्रोएसिया

नेपालगन्ज,२८ असार(एजेन्सी)। क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो । १–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । यसपटक विश्व कप उपाधिका लागि क्रोएसियाले आइतबार सोही फ्रान्सको सामना...

पूर्व विश्व विजेता इंग्ल्यान्डको सामना गर्दै क्रोएसिया, इतिहास उल्ट्याउन सक्ला त ?

  फिफा विश्वकप फुटबल २०१८ अन्र्तगत दोस्रो सेमिफाइनल खेलमा आज (बुधबार) इग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको मस्को स्थित लुज्निकी रंगशालामा नेपाली समयअनुसार ११ः४५ मा खेल शुरु हुनेछ । दुवै टिम आजको खेल जित्दै फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछन् । सन् १९६६ मा विश्वकपको उपाधी उचालिसकेको इग्ल्यान्डसँग दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया भिड्दैछ । क्रोएसिया यसअघि फ्रान्सले आयोजना गरेको सन् १९९८ को विश्वकपमा तेस्रो भएको थियो । जारी...