नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

नेपालगन्जकी उप-प्रमुख मगर मलेसिया प्रस्थान

नेपालगन्ज ।नेपालगन्ज उप महानगरपालिका का उप प्रमुख उमा थापा मगर साताैं एशिया प्रशान्त अर्वन फाेरममा भाग लिन अाज मलेसिया तर्फ प्रस्थान गर्नुभएको छ । मलेसियाकाे पेनगं सहरमा अक्टुबर १४ देखि १७ सम्म अायाेजना हुने साताैं एशिया प्रशान्त अर्वन फाेरममा नेपालकाे तर्फवाट भाग लिनकाे लागि त्यस तर्फ प्रस्थान गर्नुभएको हाे । एशिया क्षेत्रका साझेदारहरूलाई परिचालन गर्न एशियाभरिका शहरहरूकाे दिगाे भविष्य प्राप्त गर्न र कार्यन्वयनकाे गतिलाई जाेड दिने उद्देश्यले साे कार्यक्रम काे अायाेजना...

कांग्रेस बाँकेले गर्यो चियापान तथा शुभकामना आदानप्रदान

नेपालगन्ज ।नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता, काँग्रेस नेता कार्यकर्ता, शुभेच्छुक, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष एवम् प्रदेश पाँचका सांसद् आइपी खरेल, प्रदेश सभा सदस्य याकुब अन्सारी,पूर्व सांसद् बादशाह कुर्मी, मैकुलाल...

दशैं अवधिभर नेपालगञ्जमा १ सय १३ सवारी साधन कारबाहीमा

नेपालगञ्ज । दशैं अवधिभर ट्राफिक प्रहरीले नेपालगञ्जमा १ सय १३ सवारी साधनलाई कारबाही गरेको छ । नियम विपरित सञ्चालित सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख भीमराज ओलीले बताउनुभयो । ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमता भन्दा बढी सामान ढुवानी गर्ने १ सय १३ सवारी साधन कारबाहीमा परेका हुन् । त्यस क्रममा ६७ हजार ५ सय रुपैयाँ जरिवाना स्वरुप राजश्व संकलन गरिएको ओलीले जानकारी...

नेपालगञ्जमा सञ्चालित रामलीला औपचारिक रुपमा समापन

नेपालगञ्ज।  नेपालगञ्जमा सञ्चालित रामलीला श्री रामको शुभराज्याभिषेक गर्दै समापन गरिएको छ । रामलीला संचालक समिती नेपालगञ्जको आयोजनामा असोज १२ गदेखि नेपालगञ्ज–१३ रामलीला मैदानमा जारी रामलीला बुधबार राती औपचारिक रुपमा समापन गरिएको हो । १५२ औं श्रंखलाका रुपमा आयोजित रामलीला महोत्सवको शहरी विकास मन्त्री मो इस्तियाक राईले श्री राम(कलाकार)लाई तिलक लगाएर राज्याभिषेक गराउनु भएको हो । मर्यादा पुरुष रामको समग्र लीला प्रस्तुतीले धार्मीक, सास्कृतिक सन्देश मात्र नभई एकता र भातृत्व समेत...

नेपालगन्जमा मुर्ति बिसर्जनमा हिडेका भक्तजनलाई अध्यक्ष बेहनाले खुवाए फलफूल र पानी

नेपालगन्ज । नब दुर्गा भगवतीको मुर्ति  बिसर्जनका क्रममा सदाझै नेपालगन्जका एक वडा अध्यक्षले आफ्नो दयालु मन देखाएका छन् ।एकादशीका दिन मुर्ति बिसर्जन गर्न हिंडेेका भक्तजनहरुलाई पानी र फलफूलले सहयोग गर्ने अध्यक्ष हुन् मो. सफिक बेहना। नेपाालगन्ज वडा नम्बर ४ का मनकारी अध्यक्ष बेेेहनाले बिगत दश बर्ष देखि यो दिनमा सहयोग गर्दै आईरहेका छन् ।अध्यक्ष बेहनाले भक्तजनलाई ५००० लिटर जारको पानी, एक सय किलो स्याउ र  १०० दर्जन केरा वितरण...

नेपालगन्जको रानी तलाऊमा डुबेर एक जनाको मृत्यु

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ८ स्थित  रानी तलाऊमा डुब्दा आज एक जनाको मृत्यु भएको छ। रानी तलाऊमा  डुबेर मृत्यु हुनेमा नेपालगन्ज  वडा नं ७ का सुनिल भित्रकोटी रहेका छन् ।दिनमा  मात्र खुल्ने  तलाऊमा रातीको समयमा प्रवेश गरेका सुनिलको बिहान ९ बजेतिर शब निकालिएको हो । ...

अष्ठमीमा नेपालगञ्जमा गरियो सरकारी पूजा

नेपालगञ्ज । दशैैको  अष्ठमीको दिननमा  नेपालगञ्जको  वागेश्वरी मन्दिरमा विधिवत पूजाआजा गरी पञ्चबली दिईएको छ । सो अवसरमा आइतबार बिहानै बागेश्वरी व्यवस्थापन गुठी समितिका पदाधिकारी , बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेल, बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओली लगायतले करिव डेढ घण्टा लगाएर सरकारी पूजा र खुलादर्शन गरेपछि पञ्चबली दिईएको थियो । बागेश्वरी मन्दीरका मूल महन्त चन्द्रनाथ योगीले सरकारी पूजापछि मात्र अन्य सर्वसाधरणको लागि पूजा...

मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जको आधुनिक बसपार्क र नगर बसको उद्घाटन
"मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जमा भइरहेको विकासको मुक्तकण्ठले प्रशंसा "

नेपालगन्ज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जले गरिरहेको विकासको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । आज नेपालगन्जको आधुनिक बसपार्क र नगर बसको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधि आइसकेपछि नेपालगन्जले पकडेको विकासको लयदेखि आफू खुसी भएको बताउनुभयो । ‘केही भएको छैन भन्ने मनोगत व्याख्या नगरौं, नेपालगन्जको विकास निकै दु्रत गतिमा भइरहेको छ, दुई बर्ष अघिको नेपालगन्ज र अहिलेको नेपालगन्जमा निकै फरक भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘निराशाबादी नबनौं….मुलुकका अन्य स्थानीय...

बाँके ट्राफिक प्रहरीले थाल्यो सवारी साधनमा ठाऊँको ठाऊँ नम्बर लेखाउने अभियान

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरीले सवारी साधनमा ठाऊको ठाऊ नम्बर लेखाउने अभियान थालनी गरेको छ।नेपालगन्जका विभिन्न स्थानहरुमा सवारी साधनमा नम्बर प्लेट नबुझिने, नम्बर नभएकालाई सोही स्थानमै नम्बर लेखाएर छोडेको। बाँके  ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार केही दिन अघि देखि यो अभियान सुरु गरिएको हो।नेपालगन्जको बिपि चोकमा बिहीवार  धेरै जसो ई रिक्साहरुमा   नम्बर प्लेट लेखाइएको ट्राफिक प्रहरी जवान प्रकाश बुढाथोकीले बताए। चोरी लगायत दुर्घटनामा कमिका लागि यो अभियान...

भारत गएका नेपाली दशैं मनाउन घर फर्किदै, जमुनाहा नाकामा लर्को लाग्दै

नेपालगञ्ज। दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा लर्को शुरू भएको छ । जमुनाहा नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको संख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरिक्षक माधव रिजालले बताउनुभयो । उहाँले हिजदेखि करिब १७ सय नेपाली जमुनाहा नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेको बताउनुभयो । रिजालका अनुसार दैनिक बिहान भारतबाट आउने संख्या बढी हुने गरेको छ।पश्चिम नेपालको सुर्खेत, दैलेख,...