आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु

नेपालगन्जस्थित क्षेत्रीय खेलकुद विकास समितिले सुुुचना दिन कन्जुस्याइँ गर्दै

नेपालगन्ज । नेपालगन्ज स्थित क्षेत्रीय खेलकुद विकास समितिले सुुुचना दिन नमानेको पाइएको छ।  समिती आठौं राष्ट्रिय खेलकुदबारे सूचना लुकाउन खोजेको प्ररष्ट देेेखिएको छ। गत वैशाखमा प्रदेश– ५ मा भएको राष्ट्रिय खेलकुदबारे नेपालगन्जका नागरिकले सूचना मागेका थिए । नमस्कार शाह, हेमराज भट्ट, मन भण्डारी र शम्भुप्रसाद चौधरीले जेठ २१ गते विभिन्न शीर्षकमा चारवटा सूचना मागेका थिए । सूचना मागेअनुसार क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ ले सूचना नदिएको हेमराज भट्टले नागरिकसँग बताए...

आखिरकार अध्यक्ष भिम ओली हिरो साबित भए!

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २ बर्ष भित्र गरि मध्य पश्चिम् खेलकुद बिकास समितीका अध्यक्ष एउटा नयाँ इतिहास कायम गरेका छन् । कयौ बाधा र अडचनका साथ प्रतियोगिता सम्पन्न गराउन  लागीपरेका  अध्यक्ष भिम ओली आखिरकार सफल भए। धेरैजसोले भौतिक पुर्बाधार निर्माण सम्पन्न नहुने हो कि  भन्ने शंका गरिरहेकै बेलामा अध्यक्ष ओलीले प्रतियोगितालाई धुमधाम सग सम्पन्न गराएका छन।आखिरकार ओली हिरो साबित भए। प्रदेश  नम्बर ५ बासिहरुको बधाईको पात्र बनेका छन् भिम ओली।जे...

पौडीमा गौरिका सिंहले एक्लै १२ स्वर्ण जितिन्

नेपालगन्ज । पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा एक्लै १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् ।नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले यो दुरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् ।...

आठौं च्याम्पियन टोली घोषणामा त्रुटी, अचम्मको निर्णय भयो स्थलमा
"आखिर किन यस्तो गल्ती ? "

नेपालगन्ज। भव्य उदघाटन र सफल आयोजनाका कारण आठौं राष्ट्रिय खेलकुदले चर्चा पाएपनि समापन भने खल्लो भएको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गम्भिर त्रुटीका कारण पदक तालिकामा फरक पर्दा पुरस्कार वितरण समारोहमा गल्ति भएको हो। जसका कारण आठौं च्याम्पियन टोली उहि घोषणा हुँदा दोस्रो र तेस्रो हुने टोली घोषणा भने फरक भएको छ । समापनका अवसरमा आर्मीलाई च्याम्पियन तथा नेपाल एपीएफलाई दोसो र पुलिसलाई तेस्रो घोषणा गरियो । तर,...

आठौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलको स्वर्ण पदक चुम्यो आर्मीले

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष फुटबलको स्वर्ण विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जितेको छ ।साविकको उपविजेता समेत रहेको आर्मीले नेपालगन्ज रंगशालामा बुधबार भएको स्वर्ण भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै स्वर्ण जितेको हो । दुई वर्षअघि धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको स्वर्ण भिडन्तमा आर्मी एपीएफसँग २–० ले स्तब्ध बनेको थियो । नेपालगन्ज रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमो इन्ज्युरी समयमा विकास तामाङको गोलबाट...

आठौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलमा पुलिसलाई स्वर्ण

नेपालगन्ज । पुरुष भलिबलमा  नेपाल पुलिस च्याम्पियन बन्दै स्वर्ण  जितेको छ। आज भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१८ ले विजयी भएको पुलिस खेलको दोस्रो सेटमा आर्मीसँग २५–२३ ले गुमाउन पुगेको थियो । त्यस पछि पुनः खेलमा फर्किएको पुलिसले लगातार दुई सेट जित्दै च्याम्पियन भएको हो । तेस्रो...

आठौ राष्ट्रिय खेलकुदको आज समापन हुँदै, नवौ कहाँ होला?

नेपालगन्ज । गत चैत्र २७ गते देखि सन्चलन भएको आठौ राष्ट्रिय खेलकुदको बिधिबत रुपमा बैशाख ५ गते उदघाटन  भयो।राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज हुदैछ । हरेक संस्करणको प्रतियोगिता सकिएपछि अर्को संस्करणको आयोजनाको घोषणा गरिने नियम अनुसार नबौं सस्करणको आयोजनाका लागि दुई वटा प्रदेश दावेदार रहेका छन । प्रदेश २ र गण्डकी प्रदेश । सातौं संस्करणको समापनका बेला पनि पोखराले आठौंको आयोजनाको मौका पाउन भनेर तत्कालिन पश्चिमाञ्चल खेलकुद विकाश समितीका अध्यक्ष...

आठौ राष्ट्रिय खेलकुदःएपीएफ र आर्मी महिला फुटबल फाइनलमा

लक्ष्मण बस्नेत/ दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटबलको उपाधीका लागि दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । प्रतियोगितामा हावी देखिएका दुबै टिमको फाइनल भिड्न्त कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल बुधबार दिउँसो ३ बजे पछी हुनेछ । आठौ राष्ट्रिय प्रतियोगिता हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको मंगलबार सम्पन्न सेमिफाईनलमा प्रदेश नं ३...

आठाैं राष्ट्रिय खेलकुद: एपीएफले चुम्यो महिला क्रिकेटकाे उपाधी

लक्ष्मण बस्नेत/ दाङ।अा ठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङकाे लमहीमा भएको महिला क्रिकेटकाे उपाधी एपीएफले चुमेको छ ।उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो। फाईनलमा पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो । टस जितेर ब्याटिङ गर्ने सुनौलो अबसर पाएको एपीएफले २० अाेभरमा पुरै विकेट गुमाएर १२८ रन वनायाे । जसमा ज्याेति पाण्डेले सर्वाधिक ४५, र...

आठौ राष्ट्रिय खेलकुदःनेपाल पुलिस बन्यो कराँते च्याम्पियन

लक्ष्मण बस्नेत /बेलझुण्डी( दाङ )।नेपाल पुलिस आठौ राष्ट्रिय खेलकुद कराँते प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ तुलसीपुर स्थीत कर्भडहलमा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले टिम उपविजेतामा चित्त बुझाउदा ३ नं प्रदेश २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतिय...