प्रदेश ३मा रहेका समाचारहरु

रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि

काठमाडौं ।निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी रोशनी शाहीको घाउजाँच प्रतिवेदनले उनीमाथि कुटपिट भएको पुष्टि भएको छ। केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट आएको शाहीको घाउजाँच प्रतिवेदनमा कसैले हिर्काएर चोट लगाइदिएको उल्लेख छ। प्रहरी स्रोतका अनुसार शाहीको कोठामा महराबाहेक अन्य कोही व्यक्ति प्रवेश गरेको नभेटिएकाले सो कुटपिट उनैले गरेको ठानिएको छ। ‘घाउचोट देखिएको छ, रिपोर्टमा चिकित्सकले कसैले हिर्काएर चोट लागेको उल्लेख गरेका छन्,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘पीडितको कोठामा महराबाहेक...

लोक सेवा आयोगले खोल्यो ठुलो संख्यामा उपसचिब र सहसचिबको विज्ञापन

काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा उच्च निजामती पदमा  विज्ञापन खोलेको  छ।  लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना...

भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर

काठमाडौं । गैर आवासीय नेपाली संघ नेपालको अधिवेशनमा भाग लिनको युएईबाट आउने मतदाताको नाम लिस्टमा चरम राजनीति भएको भएको पाइएको छ ।युएईबाट केन्द्रीय अधिबेशनमा भाग लिनको लागि आउनुपर्ने १३८ जना प्रतिनिधिको नामावलीमा पूर्व कार्यसमितिको नाम नभेटेपछि नेपाल आएर हङ्गामा गरेपछि आफुहरुको नाम समावेश गरिएको गैर आवासीय नेपाली संघ युएईका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । उनले तीन चार सय जनाको नाम हालेको भनेता पनि अहिलेको कार्यसमितिले राजनीतिक भागबन्डाका आधारमा...

निवर्तमान सभामुख महरालाई थप ३ दिनको म्याद थप

काठमाडौं ।  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद दिएको हो । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई पक्राउ गरिएक हो। ...

नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप

काठमाडौं ।नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ।  गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ।मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । नेपाल प्रहरीले प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक...

एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका रमेश थापालाई अध्यागमन विभागले पक्राउ गरेको छ।आइतबार राति क्याथेक ड्रागन एयरलाइन्सबाट काठमाडौं आएका थापालाई अध्यागमन डेस्कमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको विभागले जनाएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार तोडफोडबाट अध्यागमन डेस्कको सिसा फुटेको छ। अध्यागमन विभागमा आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा विलम्ब भएको भन्दै थापाले डेस्कको सिसा फुटाएका थिए। थापासमेत पाँच जना गैरआवासीय नेपाली आएकामा थापालाई विभागले...

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साह काठमाडौं विमानस्थलबाट पक्राउ

काठमाडौं ।सांसद प्रमोद साह पक्राउ परेका छन् ।उनलाई जनकपुर विमानस्थलमा  बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा   पक्राउ  गरिएको हो। । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो।  सांसद साहलाई पक्राउ गरी जिल्ला अदालत धनुषा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ। पूर्जी जारी...

राष्ट्रिय क्रिकेट टिमको कप्तान पद छाड्ने पारसको घोषणा

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालको राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । कप्तान पद छोडे पनि केही समयका लागि उनले राष्ट्रिय टिमबाट खेल्ने छन् । ...

बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी

काठमाडौं । बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी दिईएको छ। जनकपुर बिमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई एक हप्ता भित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने‍ नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड...

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन सरगर्मी बढ्दै

काठमाडौं ।एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको रौनक बढेको छ।महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा.हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो । अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि चुनावी रोचकता झनै रोचक बनेको छ । किनभने, वामपन्थी प्यानलका अध्यक्ष कुमार पन्त समूहबाट...