स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

डा.गोबिन्द केसीले दिए पुन:अनशन बस्ने चेतावनी

काठमाडौं । डा. गोविन्द केसी फेरी अनशन बस्ने भएका छन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म ११ दिने अल्टिमेटम  दिएका छन् ।सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा। केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’ उनले स्वास्थ्य क्षेेत्रमा भएका गल्तीहरुलाई यथाशिघ्र...

नेपालगन्जको इन्द्रेणी फिजियो केयरद्वारा सेवाग्राहीलाई बिशेष छुटको ब्यबस्था

नेपालगन्ज । नेपालगन्जको इन्द्रेणी फिजियो केयर एण्ड ल्याब्रोटरी सेन्टरले सेवाग्राहीलाई बिशेष छुटको ब्यबस्था गरेको छ। विजयादशमी तथा शुभ दिपावलीको  अवसरमा सेवा ग्राहीलाई ५० प्रतिशत छटको ब्यबस्था गरेको इन्द्रेणीका प्रमुख शुक्रऋषि चौलागाईंले बताउनु भयो। केही समय अघि मात्रै नेपालगञ्जको सुर्खेतरोड स्थित सिभिल बैंक तल खुलेको इन्द्रेणी फिजियो केयर एण्ड ल्याब्रोटरी सेन्टर नयाँ प्रविधिका साथ सञ्चालनमा आइसकेको छ ।    पेट छाती, मुटुुु, कलेजो, फोक्सो, मृगौला रोग विशेषज्ञ , हाड, जोर्नी,...

नेपालगञ्जमा पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम शुरु

नेपालगन्ज ।वास च्याम्पियनका लागि पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम बिहीबारबाट नेपालगञ्जमा शुरु भएको छ । नेपाल सरकारको लक्ष्य अनुसार समुदायलाई पूर्ण सरसफाईतर्फ उन्मुख गराउने उद्देश्यसहित बाँके र बर्दियाका वास च्याम्पियनका लागि नेपालगञ्जमा दुई दिने तालिम संचालन गरिएको हो । तालिममा वास च्याम्पियनले गर्नुपर्ने काम, पूर्ण सरसफाई अभियानको प्राथमिकिकरण, प्रभावकारी अभियान, समुदाय बिपद व्यवस्थापनमा वास च्याम्पियनले खेल्ने भूमिका तथा वास अभियानका बिषयमा सहभागिलाई दक्ष बनाइने छ । बाँके र...

सुत्केरी महिलाको शल्यक्रिया गर्दा मृत्यु

पाल्पा । सुत्केरी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ।पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो ।तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी...

मेडिकल कलेजले एमबीबीएस र बीडीएसमा भर्ना नलिने

काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६र७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नलिने घोषणा गरेको हो ।राष्ट्रिय चिकित्सा ऐन २०७५, संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन...

डेंगुबाट नेपालगञ्जमा उपचार गराइरहेका बर्दियाका एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचारत एक जनाको डेंगुबाट मृत्यु भएको छ। नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ३४ बर्षीय ज्ञानु चौधरीको डेंगुबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। चौधरीको गत भदौ २५ गते नै मृत्यु भएको थियो । साउनदेखि हालसम्म ६२ जना डेंगु संक्रमितले बाँकेमा रहेका विभिन्न अस्पतालहरुमा उपचार गराएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्शन दुर्गा गौतमले जानकारी दिनुभयो...

बाँकेमा डेंगुको उपचार निशुल्क नपाएको विरामीको गुनासो

रुद्र सुबेदी/नेपालगन्ज। बाँकेमा डेंगुका उपचारका लागि आएका  विरामीले झुल सहितको बेड मात्र निशुल्क पाएको गुनासो गरेका छन् ।सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेलामा विरामीले सुबिधा नपाएको गुनासो गरेका छन्। भेरी अस्पतालको मेडिकल वार्डको बेडनं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेड बाहेक सबै किनेर निर्वाह गर्नु परेको गुनासो गरिन । उनले भनिन–‘सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने कुरा सुनेकी छु यहाँ त बेड...

कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी,उपचारमा धौ-धौ

नेपालगन्ज । कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् ।केही दिनयता इलाम कारागारका कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदी संक्रमित भएका हुन् ।कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौ–धौ परेको छ’, श्रेष्ठले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको...

नरैनापुरमा नि:शुल्क स्वास्थ्य शिविर, दुई सय पचास लाभान्वित

(नरैनापुर) बाँके, असोज ४ । बाँकेको नरैनापुर गाउँपालिकामा गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० जना लाभान्वित भएका छन् । नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेले आज(शनिबार) नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ नरैनापुरमा वडा नम्बर ४ लाई लक्षित गरी गरेको नि:शुल्क स्वास्थ्य शिविरमा भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.विपिन आचार्य र आर्मी अस्पताल राँझामा कार्यरत मेडिकल अफिसर डा.बुद्धिमान तामाङ नेतृत्वको मेडिकल टोलीले विरामीहरुको स्वास्थ्य जाँच गरेको नेपाल फार्मेसी संघ जिल्ला...

खजुरामा एकदिने स्वास्थ्य शिविर सुरु

नेपालगन्ज। बाँकेको खजुरामा एकदिने नि:शुल्क आँखा,कान र दाँत परिक्षण तथा प्राथमिक उपचार स्वास्थ्य शिविर आज  सुरु भएको छ।”विद्यार्थीसंग लायन्स , हामी सेवा गर्छौं” भन्ने मुख्य नाराका साथ उक्त स्वास्थ्य शिविर खजुराको ज्ञानोदय माध्यमिक विद्यालयको प्राङ्गणमा आज बिहान ८ बजेदेखि सुरु भएको छ।लायन्स र लियो क्लब अफ नेपालगन्ज खजुरा तथा न्यु भिजन पोलीक्लिनीक प्रालि खजुराको संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविर सुरु भएको हो। ...