समाजमा रहेका समाचारहरु

प्रशिक्षार्थी महिला प्रहरीलाई तालीम केन्द्रकै सईले बलात्कार गरेपछि….

नेपालगन्ज । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) मा तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। नेपालगन्जमा अवस्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत आइतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई हिजो सोमबार नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो। जिल्ला...

आजबाट ‘छ माया छपक्कै’ हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ आजबाट रिलिज भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा एक साथ रिलिज भएको हो । सोलो रिलिजको अवसर पाएको चलचित्रले मल्टिप्लेक्स तथा सिंगल थिएटरमा ठूलो संख्यामा ‘शो’ पाएको छ । दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपाल, केदार घिमिरे लगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र ‘छ माया छपक्कै’ले राजनीतिक विषय उठान गरेको दीपकराज गिरीले जानकारी दिए । ...

आज एकादशी, टीका जमरा ग्रहण गरिदै

नेपालगन्ज । आज एकादशी । दशमीको दिन टीका थाप्न नभ्याएकाले आज पनि टिका लगाउँदै छन्। कोजाग्रत पूर्णिमाको फुलपाती नसेलाउन्जेलसम्म टीका लगाउने चलन छ। यस दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ। देशका कतिपय स्थानमा भने विजयादशमीको दिन मात्रै टिका थाप्‍ने चलन छ। हिन्दु तिथीको ११ औँ दिनलाई एकादशी भनिन्छ। आजको दिन ब्रत वस्ने, फलफूल खाने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ।   दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि...

विजयादशमीमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन् । प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरणः ‘‘दिदीबहिनी तथा दाजुभाइहरु, हामी नेपालीहरुको महान र परम्परागत चाड बडादशैँका उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देश बाहिर...

मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ: कांग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीका उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। देउवाले सबैखाले मतभेद भुलेर राष्ट्रको सर्वांगीण विकास र समृद्धिमा लाग्ने प्रण गर्न आह्वान पनि गरेका छन्। विजया दशमी नेपालीहरुको धार्मिक र सांस्कृतिक पर्व रहेको उल्लेख गर्दै देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको स्मरण गरेका छन्। ‘नेपाल...

आज विजया दशमी अर्थात वडा दशैं

नेपालगन्ज । नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् । घरतर्फ टिका लगाउँदा...

आज नवरात्रिको नवौं दिन महानवमी

नेपालगन्ज । आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन्...

आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन

नेपालगन्ज । आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार...

महराविरुद्ध प्रहरीमा उजुरी, पक्राउ पर्ने सम्भावना बढ्यो
"गृहमन्त्रीले भने– अनुसन्धान गर्नुस्, डराउनु पर्दैन "

काठमाडौं : तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी छन् । पटक–पटक बयान परिवर्तन गरिरहेकी शाहीले शुक्रवार महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् । रोशनीको जाहेरी दर्ता नभएकाले प्रहरी अधिकारीले आधिकारिक रुपमा यसबारे जानकारी दिइरहेका छैनन् तर रोशनीले प्रहरीमा जाहेरी भने बुझाइसकेकी छन् । रोशनीले हाम्राकुरा डटकमसँग कुरा गर्दै महराले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् । जसका कारण महराले सभामुख...

सशस्त्र प्रहरीले वडादसैंमा निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले दसैंको अवसरमा तीन दिनसम्म काठमाडौं उपत्यकामा नि:शुल्क बस सञ्‍चालनमा ल्याउने भएको छ । सशस्त्रले उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्‍चालन गर्ने जनाएको छ। दसैंमा सार्वजनिक यातायात न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवागमनमा सहजता होस भनेर सशस्त्रले निःशुल्क बस सञ्‍चालन गर्न लागिएको जानकारी दिएको छ। एउटा बस सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्केर ठूलो भर्‍याङ, बनस्थली, वालाजुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्ने...