नेपालगन्ज गोल्डकपमा रहेका समाचारहरु

नेपालगञ्ज २३ मा निर्मित शहरी स्वास्थ्य भवन हस्तान्तरण, सेवा शुभारम्भ

नेपालगञ्ज भदौ १५ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ मा निर्मित शहरी स्वास्थ्य केन्द्र भवनमा आजदेखि स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । एक समारोहबीच उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रमोद रिजालले वडालाई भवन हस्तान्तरण र उद्घाटन गर्नुभएपछि सेवा शुभारम्भ गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ढाई कठ्ठा जग्गामा निर्मित भुकम्प प्रतिरोधी भवनमा हलसहित ६ वटा कोठा रहेका छन् । राधा शर्मा कन्स्ट्रक्सनले ६५ लाख ९८ हजारमा निर्माण गरेको भवनको...

नेपालगञ्ज गोल्ड कपको उपाधि लाली रुपन्देहीलाई

नेपालगञ्ज, २६ जेठ ।  काठमाडौँको संकटा क्लबलाई एक गोलले पाखा लगाउँदै बुटवलको लाली रुपन्देही–११ ले तेस्रो संस्करणको टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबलको उपाधि जितेको छ । लाली रुपन्देही–११ ले दोस्रो संस्करणको नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि पनि गत वर्ष जितेको थियो । गत वर्ष पनि लाली रुपन्देहीले संकटालाई नै पराजित गरेको थियो । बाँके जिल्लाको खजुरामा आज (शनिबार) भएको फाइनल प्रतिष्पर्धाको खेलको ५३ औ मिनेटमा लाली रुपन्देहीका तर्फबाट जोन ग्रोरीले...

टुवोर्ग तेस्रो नेपालगन्ज गोल्डकपमा आयोजक नेपालगन्ज–११को विजयी शुरुवात

खजुरा (बाँके),२१ जेठ ।  टुवोर्ग तेस्रो नेपालगन्ज गोल्डकपको उद्घाटन खेलमा आयोजक नेपालगन्ज–११ विजयी भएको छ । जितसँगै नेपालगन्ज–११ सेमिफाइनलमा पुगेको छ । नेपालगन्ज–११ ले सशस्त्र प्रहरीलाई २–० गोलले पाखा लगाएको हो । खेल सुरु भएको ४ मिनेटमै  नेपालगन्ज–११ का विदेशी खेलाडी मुस्तफाले निकालेको क्रसलाई विक्रमसिंह ठकुरीले गोलमा परिणत गरेका थिए । मध्यान्तरसम्म अर्को गोल हुन सकेन । दुवैतर्फबाट खेलाडीले केही राम्रा अवसर खेर फालेका थिए । मध्यान्तरपछिको फेरि ४ मिनेटमै आयोजक टीमका...

टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप: मात्र दुई दिन बाँकि

सौरभ गिरी/नेपालगञ्ज,१९ जेठ। टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आउन अब मात्र दुई दिन बाँकि छ। यही जेठ २१ गतेदेखि २८ गतेसम्म खजुरा गाउँपालिकाको डि गाउँमा हुने भएको छ। टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०७५ नाम दिइएको प्रतियोगितामा देशभरका ८ टिमको सहभागिता जनाउदैछन। गोल्डकप प्रतियोगितामा सहभागी हुने क्लबहरुमा आयोजक नेपालगञ्ज ११, सुदुरपश्चिम ११, लाली रुपन्देही ११, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, संकटा क्लब, भारतको पञ्जाब ११...

नेपालगञ्ज गोल्डकपको तेस्रो संस्करण जेठ २१ गतेदेखि खजुरामा

नेपालगञ्ज,१३ जेठ। नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही जेठ २१ गतेदेखि २८ गतेसम्म खजुरा गाउँपालिकाको डि गाउँमा हुने भएको छ। टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०७५ नाम दिइएको प्रतियोगितामा देशभरका ८ टिमको सहभागिता रहने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ । संघले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालगञ्ज ११, सुदुरपश्चिम ११, लाली रुपन्देही ११, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाली सेनाको...

टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फूटबल प्रतियोगिता बैशाखमा हुने

नेपालगञ्ज, चैत्र २ । टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फूटबल प्रतियोगिता बैशाखमा हुने भएको छ । बाँके जिल्ला फूटबल संघले आज एक विज्ञप्ति निकालेर यही चैत्र ३ देखि १० गतेसम्म गर्ने  तयारी गरेको प्रतियोगिता असहज वातावरण र प्राविधिक कारणले गर्न नसकिएको जनाएको छ । संघका अध्यक्ष भोजराज शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालगञ्जको प्रतिष्ठासंग जोडिएको बहुप्रतिक्षित फूटबल प्रतियोगिता निर्धारित समयमा गर्न नसकेकोप्रति दुःख व्यक्त गरिएको छ । पूर्व निर्धारित समयमा गर्न नसक्ने...

अग्नी रुपन्देहीलाई नेपालगञ्ज गोल्ड कप उपाधि

सौरभ गिरी/नेपालगञ्ज। अग्नी रुपन्देही ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो । ६५ औं मिनेटमा खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै रुपन्देहीले सडन डेथमा जित हासिल गरेको हो । नेपालगञ्ज रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो । टाइब्रेकरमा दुवै टोलीले ८–८...

टुबार्ग नेपालगञ्ज गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल

नेपालगञ्ज – टुबार्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सुजुकीको मोटरसाइकल पुरस्कार जित्नेछन् । सर्वोत्कृष्ट छनोटका लागि छुट्टै समिति बनाइएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । आज अग्नी रुपन्देही ११ र सिएमजी क्लब संकटाको फाइनल पछि सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ । नेपालगञ्ज गोल्डकपलाई मध्यपश्चिमकै ठूलो फुटबल प्रतियोगिताका रुपमा हेरिएको छ । नेपागञ्ज रंगशालामा दिउँसो ३ बजे फाइनल सुरु हुनेछ । जारी सिजनमा संकटाको यो...

आज टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको महासंग्राम

नेपालगञ्ज ।मध्यपश्चिमकै ठुलो प्रतियोगिताका रुपमा आयोजित टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको आज बिहीबार फाइनल खेल हुँदैछ । नेपालगञ्जमा संचालन हुदै आइरहेको दोस्रो संस्करणको नेपालगञ्ज गोल्डकपको उपाधिका लागि काठमाडौंको सीएमजी संकटा र अग्नी रुपन्देही–११ बीच भिडन्त हुदैछ। सशस्त्र प्रहरीको एपीएफलाई २–१ र सुदूरपश्चिम ११ लाई ट्राइबेकरमा (१-१ ) ५ –४ गोलले पराजित गरेर सीएमजी संकटा टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको फाइनलमा पुगेको हो । यस्तै काठमाण्डौ उपत्यका बाहिरको अग्नि रुपन्देहीले...

पुलिसलाई हराउदै अग्नि रुपन्देही ११ नेपालगन्ज गोल्डकपको फाइनलमा

नेपालगन्ज: टुर्बोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको दोश्रो सेमीफाइनल खेलमा अग्नि रुपन्देही ११ विजयी बन्दै फाइनलको यात्रा गरेको छ । आज भएको सेमिफाइनल खेलमा अग्नि रुपन्देही ११ले नेपाल पुलिसलाई २-१ गोलले पराजित गरेको छ । नेपाल पुलिसका तर्फ बाट पहिलो हाफको ३३ औ मिनेटमा कप्तान जुमानु राइले पेनाल्टी मार्फत पहिलो गोल गर्दै पुलिस लाइ अग्रता दिलाएका थिए । तर पुलिसको खुशी नसकिदै त्यसको २ मिनेट पछि अग्नि...