सातौ राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु

नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

नेपालगञ्ज। संचालनको क्रममा रहेको नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख जिल्ला अधिकारी कुमार  बहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका उपमहासचिव डेकनाथ गौतम लगायतले उद्घाटन गर्नुभयो । यात्रु सहायता कक्षको संचालन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख  डा. धवलशम्शेर राणाले नेपालगञ्जमा अत्याधुनिक बसपार्क संचालन गर्न लागिएको भन्दै यातायात ब्यवसायी र आम...

विभागीय टोलीको वर्चश्वमा सातौं राष्ट्रिय खेलकुद सकियो

नेपालगंज ,पूस १६ ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे। राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक...

बक्सिङमा आर्मीलाई पाँच स्वर्ण

१३ पुस, झापा । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीमा जारी बक्सिङमा त्रिभुवन आर्मीले ५ स्वर्ण जितेको छ । जम्मा १८ इभेन्ट्समध्ये बुधबार भएको १० इभेन्ट्सको फाइनलमा आर्मीले पाँच स्पर्धामा स्वर्ण र चार रजत जितेको हो । महिलाको तीन र पुरुषको दुई स्पर्धाको स्वर्ण आर्मीले हात पार्‍यो । पुरुष ५२ केजी तौलसमूहमा आर्मीका प्रेम चौधरीले एपिएफका भुपेन्द्र चौधरीलाई हराउँदै स्वर्ण जिते । त्यस्तै साग पदकधारी दीपक श्रेष्ठले ६४ केजी तौलमा नेपाल...

सातौं राष्ट्रिय खेलकुदः पुरुष भलिबलको उपाधि आर्मीलाई

१३ पुस, इटहरी । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको उपाधि नेपाल आर्मीले जितेको छ । इटहरी रंगशालामा बुधबार भएको फाइनल खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफलाई ३-० को सोझो सेटमा हराउँदै स्वर्णपदक जितेको हो । यसैगरी महिला भलिबलको उपाधिका लागि बुधबार नै एपीएफ र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुँदै छ । ...

राष्ट्रिय खेलकुद : नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा

सुनसरी, १२ पुस । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ । हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२ रजत र २५ कास्यसहित ७१ पदकका साथ दोस्रो...

जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

झापा, १० पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ । मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि मोहन सुनुवार र १०० किलोमुनि रबिन श्रेष्ठले तथा महिला स्पर्धामा ६० किलोमुनि सुनिता मगरले स्वर्ण पदक जित्नुभयो...

आर्थिक अभावमा खाली खुट्टै प्रतियोगिता !

इटहरी,१० पुस । राष्ट्रकै सबैभन्दा बृहत् र महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा सहभागिता जनाउन आएकी एक किशोरीले आर्थिक अभावका कारण जुत्तासम्म किन्न नसक्ने अवस्थामा खाली खुट्टा नै आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धाका लागि मैदानमा ओर्लनुपर्‌यो । नवलपरासीकी १६ वर्षीया गुडिया गुप्ता शनिबार निर्माणाधीन इटहरी रंगशालामा एथलेटिक्सको पन्ध्र सय मिटर दौडमा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई टक्कर दिन पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खाली खुट्टा ट्र्याकमा ओर्लिइन् । प्रतियोगिताको हिट चरणमा उनी छैटौं भइन् तर उनको खाली खुट्टामा...

बक्सिङमा शसस्त्र प्रहरीको उत्कृष्ट प्रदर्शन

चन्द्रगढी (झापा), ९ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा आज भएका खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले उत्कृष्ट प्रदर्शन गरेको छ । प्रतियोगिता अन्तर्गत ४९ किलो तौल समूहतर्फ एपिएफका आस तामाङ पूर्वाञ्चलका सुलभराज तुलाधरलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभयो । यस्तै, ५२ किलो तौलतर्फ एपिएफकै विक्रम परियारले सुदूरपश्चिमाञ्चलका महेन्द्र चन्दमाथि तथा ५६ किलोमा पुरन राईले नेपाल प्रहरीका गिरबहादुर रानामगरमाथि जित हात पार्दै सेमिफाइनलको यात्रा तय गर्नुभयो । यस्तै, उद्घाटन खेलमा...

चन्द्रकला लामगादेद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

इटहरी,९ पुस । महिला सटपुट खेलाडी चन्द्रकला लामगादेले सातौं बृहत् राष्ट्रिय खेलकुदमा नयाँ कीर्तिमान कायम गरेकी छन्। इटहरी रंगशालामा भएको सटपुट प्रतियोगितामा उनले ११.५६ मिटरको राष्ट्रिय कीर्तिमान राखेकी हुन्। उनले यसै वर्ष भारतमा भएको बाह्रौं साफ प्रतियोगितामा आफैंले बनाएको ११.३ मिटरको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। ...

राष्ट्रपति भण्डारीद्वारा सातौं राष्ट्रिय खेलकुदको उद्घाटन

विराटनगर, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो । विराटनगरको आदर्श र गौरवका रुपमा रहनुभएका कृष्णप्रसाद कोइराला र लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रज नेता बिपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र मदन भण्डारीको स्मरण गरी उच्च सम्मान प्रकट गर्नुहुँदै राष्ट्रपति...