कर्णाली प्रदेशमा रहेका समाचारहरु
काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा उच्च निजामती पदमा विज्ञापन खोलेको छ। लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना...
नेपालगन्ज । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) मा तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। नेपालगन्जमा अवस्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत आइतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई हिजो सोमबार नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो। जिल्ला...
काठमाडौं ।नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ। गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ।मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । नेपाल प्रहरीले प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक...
जुम्ला। जुम्लामा मानिसहरुलाई आक्रमण गर्न सुरु गरेको भालुलाई प्रहरीले गोली हानी नमारेको भन्दै प्रहरी कार्यालय माथी आक्रमण गर्ने भिड तितरबितर पार्न प्रहरीले गोली चलाएको छ।भालु नमारिदिएको भन्दै आक्रोशित भिड तितरबितर पार्न प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ।जुम्लाको गुठीचौर गाउँपालिकामा भालुको आक्रमणमा परेर चार जना घाइते हुँदा समेत नजिकैको प्रहरी चौकीले भालुलाइ नियन्त्रणमा नलिइएको भन्दै स्थानीयले प्रहरी चौकी माथि नै ढुंगामुढा गरेका थिए। दिनदहाडै भालु गाउँतिर झरेर मानिस माथि आक्रमण...
काठमाडौं ।आइतबार देशैभर सार्बजनिक बिदा दिने भएको छ। संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र...
नेपालगन्ज । यसवर्ष दशैंको टीकाको साइत भोलि (असोज २१ गते मंगलवार) बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए । विजया दशमीको दिन देवी बिसर्जन गर्ने साइत भने मंगलवार बिहान ८ बजेर ४५ मिनेटमा निर्धारण गरिएको छ । बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत रहे पनि विजया दशमीको दिनभर नै टीका...
निराजन शर्मा।आधुनिक विज्ञानले मानिसको जीवनलाई सहज र सजिलो मात्रै बनाएको छैन नयाँ खाले समस्याहरू पनि सँगसँगै सिर्जना गरेको छ। विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भने त्यसको गलत प्रयोग हुँदा समाजमा नयाँ खाले अपराध र अपराधीहरूको विकास हुन पुग्छ । यहाँ त्यस्तै भएको छ, विज्ञान र प्रविधिको प्रयोग गरी संगठित रुपमा अपराध गर्ने प्रचलन वढेको छ जसलाई हामिले संगठित अपराधको संज्ञा दिएका छौ ।...
नेपालगन्ज ।नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घर घरमा जमरा राखिदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई...
काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ४ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई गत आर्थिक वर्षबाट ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । समानुपातिक सांसदहरुले भने यो कार्यक्रममा आफूहरुलाई हिस्सेदार नबनाइएको भनेर गुनासो गर्दै आएका थिए । उनीहरुको गुनासो सम्बोधन गर्दै सरकारले नियमावली संशोधन गरेको छ ।प्रत्यक्ष निर्वाचित सांसदको...
काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६र७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नलिने घोषणा गरेको हो ।राष्ट्रिय चिकित्सा ऐन २०७५, संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन...