मनोरञ्जनमा रहेका समाचारहरु

आजबाट ‘छ माया छपक्कै’ हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ आजबाट रिलिज भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा एक साथ रिलिज भएको हो । सोलो रिलिजको अवसर पाएको चलचित्रले मल्टिप्लेक्स तथा सिंगल थिएटरमा ठूलो संख्यामा ‘शो’ पाएको छ । दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपाल, केदार घिमिरे लगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र ‘छ माया छपक्कै’ले राजनीतिक विषय उठान गरेको दीपकराज गिरीले जानकारी दिए । ...

बाँकेमा “द नेष्ट मोडेल बाँके” प्रतियोगीता हुँदै

भगतराम थारु नेपालगन्ज। बाँकेमा द नेष्ट मोडेल बाँके प्रतियोगीता हुने भएको छ । आउँदो कात्तिक महिनामा बाँकेका विभिन्न शहरहरुमा द नेष्ट मोडेल बाँके प्रतियोगिता संचालन हुने भएको छ । ५ नम्बर प्रदेश त्यसै पनि कला र साहित्यमा अग्र स्थानमा पर्ने गरिन्छ। उक्त क्षेत्रलाई कला र साहित्यको उर्वर भुमिका रुपमा परिचित गराउन द नेष्ट मोडेल बाँके संचालन गरिन लागेको आयोजक टिमले जानकारी गराएको छ । ५ नं. प्रदेश मै पर्ने...

नेपालगन्जको जिभिएन कलेजमा स्वागत कार्यक्रम गरियो

नेपालगन्ज।शिक्षा क्षेत्रमा आफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्जको जिभिएन कलेजले  ११ मा भर्ना भएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई  एक कार्यक्रम गरी स्वागत गरेको छ । कक्षा १२ मा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु र कलेेजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कलेजको  प्राङ्गणमा भएको स्वागत कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपालगन्ज  वडा प्रहरी प्रमुख हरी  बस्नेत रहनु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा कलेजका सिइयो गणेश भण्डारीले जिभिएन कलेजका विद्यार्थीहरुले पढाइका संगसंगै...

कृष्णसार एफएमको नाचौं तीजको सिजन ७ को फाइनल आज नेपालगन्जको सुनाखरीमा

नेपालगन्ज।  कृष्णसार एफएमको नाचौं तीज प्रतियोगिताको सिजन ७ को फाइनल आज  नेपालगन्जमा  हुुदैछ।    फाइनलप्रतियोगितामा विभिन्न अडिसनमा छानिएका जम्मा २८ वटा समूहले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक माधव अधिकारीले जानकारी दिनुभयो । भदौ ९ गते बर्दियाको मधुवनमा भएको पहिलो अडिसनवाट ५ जना, बर्दियाकै गेरुवामा १० गते भएको अडिसनवाट ५ जना, ११ गते बाँकेको खजुरामा भएको अडिसनवाट ११ जना र बाँकेकै बैजनाथ गाउँपालिकामा शनिबार भएको अडिसनवाट ७ वटा गरी २८ समूह फाइनलका...

कृषि बिज्ञ गिरीको ‘जिन्दगीको केछ र भर’ सार्वजनिक

नेपालगन्ज । कृषि बिज्ञ रबिन गिरीले ‘जिन्दगीको केछ र भर’ बोलको गित युटुवमार्फत सार्वजनिक गरेका छन । उनले पहिलो गितमा रुपमा सोमबार साझ गित सार्वजनिक गरेका हुन । गितमा कृषि बिज्ञ समेत रहेका गायक रबिनको शब्द र स्वर रहेको छ । दिपक राज बिश्वकर्माको संगीत/एरेन्ज रहेको गितकोे अडियो स्टुडियो किङमा रेकर्ड गरिएको हो । नेपाल सरकार कृषि अनुसन्धान परिषद क्षेत्रीय कृषि अनुसन्धान केन्द्र दिपायलमा कार्यरत कृषि  बिज्ञ गिरीको गिरी...

नायिका शिल्पालाई अहिले पक्राउ नगर्न सर्बोच्च अदालतको आदेश

काठमाडौं ।नेपाली नायिका  शिल्पा पोखरेललाई अहिले पक्राउ नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल   पोखरेललाई  पक्राउ  नगर्न आदेश दिएको हो ।काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो । ...

पत्रकार दाहालको ‘कम्मरै भाचेर’को भिडियो सार्वजनिक

नेपालगन्ज । पत्रकार खगेन्द्र दाहालको तिज गिता ‘कम्मरै भाचेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक दोहोरी गायिका टिका पुन र दाहालको आवाजमा रहेको ‘कम्मरै भाचेर’ बोलको गितको छायाङ्गकन नेपालगन्जमा गरीएको थियो । गितमा राजेन्द्र बजगाईको संगित रहेको छ भने शव्द दाहालकै छ । म्युजिक एरेन्ज केशव बडुले गरेका छन । नवराज सुवेदिको निर्देशन रहेको भिडियोमा दिल बहादुर सुनार, भरत शाहि, एलिजा लामिछाने र सरला शाहिले अभिनय गरेका छन...

चम्किदै युवा गायक सुजन ढकाल

नेपालगञ्ज । युवा गायक सुजन ढकाल नेपाली संगीतमा अहिले निकै फडको मारिरहेका छन् । गायक ढकालले आफ्नै स्वर,शब्द र संगीतमा सजिएको एल्बम हो “डेप्थ”। उनको जिवनकै पहिलो कृति रहेको छ।उनले यस एल्बममा विभिन्न शैलीका फरक फरक गितहरुलाई समावेस गरेको जानकारी दिएका छन।पप गायक ढकालको पहिलो “तिमी नै तिमी” बोलको गितमा नायिका बेनिशा हमाल सग उनलाई भिडियोमा देख्न सकिन्छ भने उनको दोश्रो गित सुनकेशरीमा मोडल सुजना ढकाल र दिवस खड्का अभिनित...

थारु गित संगीतले पुर्वदेखि पश्चिमसम्म चिनायो: निरौला

भगतराम थारु/नेपालगन्ज ।झापा विर्तामोडका गायक तथा म्युजिक एरेन्जर विशाल निरौलाले कलाकारिता क्षेत्रमा हात हालेपछि पुर्वमेचीदेखि पश्चिम महाकालीसम्मका कलाकारहरुसंग चिनाउन सफल भएको बताउनुभयो । गायक तथा एरेन्ज विशाल निरौला हाल काठमाण्डौ स्थित अनामनगरमा रहेको अलङकार डिजिटल स्टुडियोको प्रोप्राईटर भएर काम गर्दै आउनुभएको छ । बदलिदो परिस्थिति अनुसार कलाकारिता क्षेत्रलाई पनि नयाँ रुप दिनको लागि कलाकारिताक्षेत्रलाई रोजेको गायक निरौलाको भनाई छ । कलाकारिता होस या जुनसुकै क्षेत्रमा २ बर्ष पहिले र अहिलेको...

आइसाको जन्मोत्सवमा झुमे थारु कलाकार

नेपालगन्ज।चर्चित थारु गायक विश्वसागर परियारको छोरी आइसा परियारको जन्मोत्सवमा थारु कलाकारहरु झुमेका छन् । दर्जन बढि चर्चित चर्चित थारु कलाकारहरुले गायक विश्व सागरको छोरीको जन्मदिन (बर्थ डे) मा झुमी झुमी रमाएका छन् । गायक परियारको छोरी आइसा तेश्रो बर्षमा प्रवेश गरेको अवसरमा कोहलपुर नगरपालिका कौशिलानगर स्थित आफ्नै निवासमा जन्मोत्सव मनाईएको हो । जन्मदिनमा थारु कलाकार मंचका केन्द्रिय सदस्य दिपक चौधरी, जिल्ला अध्यक्ष सोहन थारु, थारु मोडल तथा डाइरेक्टर विवश चौधरी,...