सूचना प्रविधिमा रहेका समाचारहरु

बाँके हुलाकले विश्व हुलाक दिवस मनायो

नेपालगञ्ज । नेपालगञ्जमा पनि विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय बाँकेले आज एक कार्यक्रम गरी १४५औं विश्व हुलाक दिवस मनाएको हो । विश्व हुलाक दिवस अक्टोबर ९ तारिखमा पर्ने भएपनि यसपाली त्यस दिन नेपालमा सार्वजनिक विदा परेकाले आजै दिवस मनाइएको हो । कार्यालय परिसरमा आयोजित कार्यक्रममा सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी, अतिरिक्त हुलाक कार्यालयका प्रतिनिधि तथा सेवाग्राहीलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...

सच्चिँदै मिडिया काउन्सिल विधेयक

काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक  राष्ट्रियसभामा पेस भएको छ। सरकारले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विधेयक अघि बढेको हो। प्रेसलाई संकुचन गर्ने गरी विधेयक ल्याइएको भन्दै सरोकारवालाले विरोध जनाएका थिए। विरोधकै कारण विधेयक झन्डै चार महिना संसद्मा अड्किएको थियो। सत्तासीन नेकपा संसदीय दलले महासंघसँग विधेयक परिमार्जन गर्ने सहमति जनाएको थियो। तर, प्रमुख विपक्षी कांग्रेसले असहमति कायमै राखेका कारण बिहीबार मात्र विधेयकले संसद्को प्रक्रियामा प्रवेश...

नेपालगञ्जको वडा नं २ मा वाईफाई फ्रि गर्छौ: अध्यक्ष हमाल

नेपालगञ्ज । सुनिल सिंह हमाल नेपालगञ्ज उप–महानगरपालिका २ का वडा अध्यक्ष । पाँच दशकअघि नेपालगञ्जको घरबारी टोलमा बुवा जोरावरसिंह हमाल र आमा रेणु हमालको कोखबाट जन्मिएका हमालमा यतिबेला आप्mनो जन्मस्थललाई उत्कृष्ट वडाको रुपमा विकास गर्ने जिम्मेवारी काँधमा आईपुगेको छ । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्नेक्रममा नेविसंघमार्फत २०४२ सालको सत्याग्रह र २०४६ सालको जन आन्दोलनमा सक्रिय हमालका अभिभावकको पढेर छोराले राम्रो रोजगारी गरोस भन्ने चाहना थियो । त्यसका लागि...

नेपालमै पहिलोपटक कोहलपुर र बैजनाथमा भूकम्पको पूर्व सूचना दिने ‘सेन्सर

नेपालगञ्ज। बाँकेमा नेपालमै पहिलोपटक भूकम्पको पूर्व सूचना दिने ‘सेन्सर’ जडान गरिएको छ । कोहलपुर र बैजनाथ गाउँपालिकामा भूकम्पको पूर्व सूचना दिने ‘सेन्सर’ जडान गरिएको हो । कोहलपुर नगरपालिका कार्यालयमा राखिएको सेन्सर रिमोट कन्ट्रोलको आज नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर) ताइवानका निर्देशक डा. होङ चेङ, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचाल ठकुरीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । एनसीडीआर ताइवानको सहयोगमा कोहलपुर नगरपालिका...

काठमाडौंलाई आज भुकम्पले हल्लायो

काठमाडौं । काठमाडौंमा भुकम्पले हल्लाएको छ। शनिबार अपरान्ह  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ । ...

धादिङमा आज दिउँसो पाँच रेक्टर स्केलको भूकम्प

धादिङ।नेपालमा भुकम्पले अझै त्रास दिन छोडेको छैन् ।धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो। भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ। केन्द्रले २०७२ वैशाख १२ को भूकम्पको परकम्पको रूपमा आजको भूकम्प भएको जनाएको छ। ...

मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल प्रेस युनियन कास्कीद्वारा विरोध प्रदर्शन

पोखरा । नेपाल प्रेस युनियनले  पोखरामा आज बिरोध प्रदर्शन  गरेको छ।सञ्चार माध्यममाथि अंकुश लगाउने गरी प्रस्तावित मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल प्रेस युनियन कास्कीले बिहीबार विरोध प्रदर्शन गरेको छ। वर्तमान सरकारले यो वा त्यो बहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै युनियन प्रदर्शन गरेको हो। पोखराको महेन्द्रपुलदेखि सुरू भएको विरोध प्रदर्शन चिप्लेढुंगा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा प्रेस युनियन नेपालका...

नेपाल पत्रकार महासंघ आजदेखि शुरु गर्यो आन्दोलन

काठमाडौं ।नेपाल पत्रकार महासंघ आजदेखि आन्दोलन शुरु गरेको छ।सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो। महासंघका महासचिव रमेश बिष्टका अनुसार आज दिउँसो २:३० बजे महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग महासंघको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम छ। सरकारले प्रेस काउन्सिलको...

ओली सरकारविरुद्ध सञ्चार क्षेत्र आन्दोलित

नेपालगन्ज । विश्वभर पत्रकारितामा स्वनियमनको अभ्यास भइरहेका बेला नेपालमा कानुनबाट पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ । संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक...

ग्रामिण लघु बित्त वित्तीय संस्थाको डुडुवामा एक दिने गोष्ठी सम्पन्न

नेपालगन्ज ।ग्रामिण लघु बित्त वित्तीय संस्थाले एक दिने गोष्ठी सम्पन्न गरेको छ। संस्थाको डुडुवा गाउँपालिकाको बेतहनी शाखाको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो। ग्रामिण लघु बित्त वित्तीय संस्थाको कामबाट सेवाग्राहीलाई कस्तो प्रभाव परेको  छ भन्ने बारेमा उक्त एक दिने गोष्ठी कार्यक्रम गरिएको हो।कार्यक्रममा अब आउने दिनहरुमा सेवाग्राहीहरुका लागि संस्थाबाट दिने सेवालाई अझ कसरी छिटो छरितो र प्रभाबकारी बनाउने बारेमा समेत छलफल गरिएको थियो। क्षेत्रिय प्रवन्धक  खगेन्द्र अर्यालको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न...