ब्लगमा रहेका समाचारहरु

बाल्यकालको बर्दिया सम्झना : दिनभर पौडी र बालुवाको तातो

तुला अधिकारी । कर्णाली नदीको दुई भंगालोले घेरेको थियो, हाम्रो गोलालाई । हाम्रो स्कुललाई । हाम्रो घर भएको खोनपुर गाउँलाई । माघीमा ठाकुरद्धारा मन्दिरमा मेला भर्न जांदा पनि कर्णालीको गेरुवा भंगालो छिमल्नु पर्ने । शनिबार पारेर टिकापुरको राज सिनेमा हलमा फिल्म हेर्न जांदा पनि कर्णाली नदीको पश्चिम भंगालो तर्नु पर्ने । घरै वरीपरिका वन्जरिया झरन, चारगाउं कुलो, बुढिकुलो त दैनिकी भै हाले । श्रीलंकाको टापु नाउं पाएको थियो तत्कालिन एघार...

नेपालमा संगठित अपराधको जालो

निराजन शर्मा।आधुनिक विज्ञानले मानिसको जीवनलाई सहज र सजिलो मात्रै बनाएको छैन नयाँ खाले समस्याहरू पनि सँगसँगै सिर्जना गरेको छ। विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भने त्यसको गलत प्रयोग हुँदा समाजमा नयाँ खाले अपराध र अपराधीहरूको विकास हुन पुग्छ । यहाँ त्यस्तै भएको छ, विज्ञान र प्रविधिको प्रयोग गरी संगठित रुपमा अपराध गर्ने प्रचलन वढेको छ जसलाई हामिले संगठित अपराधको संज्ञा दिएका छौ ।...

नेपाल-भारत सम्बन्ध : डिप्लोमेसी ब्लयाक एण्ड ह्वाईट हुँदैन

बसन्त शर्मा ।नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठक नेपालमा बस्ने विषयको चर्चा हुनु स्वाभाविक हो। बैठक बस्नुभन्दा पनि सरकारले यो विषयमा कस्तो तयारी गरेको छ, त्यो झनै महत्वपूर्ण हो। परराष्ट्र नीतिमा हामी कहाँ चुक्यौं, कहाँ असफल छौं र, अब के गर्दै अघि बढ्नुपर्ला भन्ने विषयमा नेपाल चनाखो हुनैपर्ने अवस्था छ। नेपाल–भारत सम्बन्धका आयामको चर्चा गरेर समय खेर फाल्नुभन्दा विकसित परिस्थिति र विगतमा भएका सन्धि र सम्झौतामा टेकेर नेपालले कुरा गर्न सक्नुपर्छ। त्यो भनेको...

‘मेरो सम्झनामा सुशील दा’

वसन्त कुमार उपाध्याय।प्रजातन्त्रमा पनि समाजवादी धार नै मूल बाटो ठान्ने एउटा व्यक्तित्व, जसको जीवन अस्तव्यस्ततामै बित्यो। उनी थिए सुशील कोइराला। आज उनको जन्मदिन अर्थात् साउन २८ गते। १९९६मा आजकै दिन जन्मिएका थिए सुशील दा। राजनीतिक दर्शन प्रजातान्त्रिक समाजवाद उनको जीवनपर्यन्त रह्यो। २०१० सालदेखि नै राजनीतिक गतिविधिमा लागेका उनी पार्टीभित्र ‘सुशील दा ’ भनेर लोकप्रिय थिए। विराटनगरमा १९९६ सालमा जन्मिएका सुशील दाको कर्मथलो बन्यो पश्चिमको नेपालगन्ज। २०१५ सालको भद्र अवज्ञा आन्दोलनमा सक्रिय...

नीति तथा कार्यक्रम: कागजको फूल

दीर्घराज उपाध्याय ।बैतडीको एउटा गाँउमा पशु सेवा कार्यालयको हाकिम सहितको टोली गएको रहेछ । भैसी पालन कार्यक्रम लिएर गाउँ पुगेका पशु सेवाका हाकिमलाई एक जना बृद्धले भनेछन्, हजुर हाम्रा छोरालाई तपाई जस्तो हाकिम हुने कार्यक्रम ल्याईदिनु प¥यो । भैसी पालन त पुस्तौदेखि गर्दै आएका छौ । पशुसेवा कार्यालयको अर्को टोली अर्को गाँउ गएछ । महिला सशक्तिकरणका लागि भैसी पालन कार्यक्रम लिएर गाउँ पसेको त्यो टोलीलाई एक महिलाले झण्डै कुटिनछन् । महिला...

बम विस्फोटमा ज्यान गुमाउने विप्लव कार्यकर्ताको नाम सार्वजनिक

काठमाडौँ । काठमाडौँको सुकेधारा र घट्टेकुलोमा हिजो अपराह्न भएको विस्फोटमा ज्यान गुमाउनेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । घट्टेकुलोको घटनामा नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी नेता प्रज्जवल शाहीको निधन भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै घट्टेकुलोमा रविन केसी घाइते भएका थिए । उता सुकेधाराको घटनामा कालिकोटका २८ वर्षका विभुराम विक भन्ने दिपेन बिक, करिब ४५ वर्षका निरन्तर मल्ल र दाङको बबई नगरपालिकाका ३२ बर्षीय गोकुल रानामगरको निधन भएको प्रहरीले जानकारी दिएको...

‘सुपरम्यान जिपलाइन’ गर्न धुलिखेल नजाने त ?

कमला हमाल काठमाडौं । काठमाडौंको व्यस्त जिन्दगी, बिहान कलेज, दिउँसोदेखि राति अबेरसम्म रेडियोमा काम । व्यस्त दैनिकीले बोरिङ जिन्दगी भन्न मन लाग्छ कहिलेकहीँ । बल्लतल्ल सातामा एक दिन बिदा । घुमिरहन मन पर्ने बानी । त्यही एक दिन सदुपयोग गरेर विशेष गरी काठमाडौं वरपरका ठाउँ पुग्छु, अनुभूत गर्छु । कहिले साथीसंगीसँग त कहिले एक्लै घुम्ने बानी पार्दैछु । समाचार शाखामा काम गर्ने भएकाले विशेष गरी विभिन्न अनलाइन, रेडियोदेखि टेलिभिजनका समाचारमा...

हेलो सरकारमा ३ महिनामा ३ हजार बढी उजुरी

काठमाडौं,४ असार – बैशाखदेखि असार मसान्तसम्म हेलो सरकारमा ३ सय ७२ वटा गुनासा तथा उजुरी परेका छन् । वैशाख, जेष्ठ र असार महिनामा गरी हेलो सरकारमा विभिन्न माध्यमबाट गुनासाहरु आएको बताइएको छ । ३ महिनामा हेलो सरकारमा परेका गुनासाहरुमा इमेलबाट २ सय १७, टेलिफोनबाट प्राप्त ५ सय १९, ट्वीटरबाट १ हजार ८ सय ९४ गुनासाहरु दर्ता भएका छन् । यस्तै फेसबुकको माध्यमबाट २ सय ७३ र अन्य माध्यमबाट १ सय...

के, हाम्रो इज्जत योनीमा मात्रै हुन्छ र ?

गजेन्द्र बोहोरा जूनका केही बुँदहरु, उसको अनुहारमा चम्किइरहेका थिए । ‘एकचोटीको पाँचसय…, दुई पटकमा सकिन्छ…।’ उसले त्यो डिलिङ आफैं सकिसकेकी थिई । मैले बोल्नुपर्ने बाँकी त्यहाँ केही थिएन । न केही बुझ्नुपर्ने नै । त्यो, पूर्णिमाको अघिल्लो रात थियो सायद । जूनका वरिपरि ताराहरु चम्किरहेका थिए । त्यसैको उज्यालो छरिएको नेपालगन्ज सहरमा छिट्फूट् गाडीका आवाजहरुले हाम्रो ‘बिजनेश डिलिङ’ लाई हल्का डिस्टव गरिरहेको थियो । ‘हामीले त चार हजार दिएका थियौँ त…’ ‘त्यो त एजेन्टले लैजान्छ, मलाई...