राजनीतिमा रहेका समाचारहरु

रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि

काठमाडौं ।निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी रोशनी शाहीको घाउजाँच प्रतिवेदनले उनीमाथि कुटपिट भएको पुष्टि भएको छ। केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट आएको शाहीको घाउजाँच प्रतिवेदनमा कसैले हिर्काएर चोट लगाइदिएको उल्लेख छ। प्रहरी स्रोतका अनुसार शाहीको कोठामा महराबाहेक अन्य कोही व्यक्ति प्रवेश गरेको नभेटिएकाले सो कुटपिट उनैले गरेको ठानिएको छ। ‘घाउचोट देखिएको छ, रिपोर्टमा चिकित्सकले कसैले हिर्काएर चोट लागेको उल्लेख गरेका छन्,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘पीडितको कोठामा महराबाहेक...

सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप

जनकपुर । सांसद  प्रमोद साहलाई चार दिनका लागि म्याद थप गरिएको छ।  जिल्ला अदालत धनुषाले प्रहरीलाई ४ दिनको  म्याद थप गरेर अनुसन्धान गर्न अनुमती दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने र अदालतले गरेको कुराको जनताले मूल्यांकन गर्ने बताए । सांसद...

भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर

काठमाडौं । गैर आवासीय नेपाली संघ नेपालको अधिवेशनमा भाग लिनको युएईबाट आउने मतदाताको नाम लिस्टमा चरम राजनीति भएको भएको पाइएको छ ।युएईबाट केन्द्रीय अधिबेशनमा भाग लिनको लागि आउनुपर्ने १३८ जना प्रतिनिधिको नामावलीमा पूर्व कार्यसमितिको नाम नभेटेपछि नेपाल आएर हङ्गामा गरेपछि आफुहरुको नाम समावेश गरिएको गैर आवासीय नेपाली संघ युएईका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । उनले तीन चार सय जनाको नाम हालेको भनेता पनि अहिलेको कार्यसमितिले राजनीतिक भागबन्डाका आधारमा...

राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि पाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछन । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन...

नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप

काठमाडौं ।नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ।  गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ।मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । नेपाल प्रहरीले प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक...

एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका रमेश थापालाई अध्यागमन विभागले पक्राउ गरेको छ।आइतबार राति क्याथेक ड्रागन एयरलाइन्सबाट काठमाडौं आएका थापालाई अध्यागमन डेस्कमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको विभागले जनाएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार तोडफोडबाट अध्यागमन डेस्कको सिसा फुटेको छ। अध्यागमन विभागमा आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा विलम्ब भएको भन्दै थापाले डेस्कको सिसा फुटाएका थिए। थापासमेत पाँच जना गैरआवासीय नेपाली आएकामा थापालाई विभागले...

मन्त्री फेर्ने ओलीको तयारी, उपसभामुखलाई राजीनामा गराइदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे । ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामाका विषयमा छलफल गरी मन्त्रीपदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो । कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद...

निवर्तमान सभामुख महरालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ । गएको १९ गते सरकारी निवासबाटै पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याविनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला...

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साह काठमाडौं विमानस्थलबाट पक्राउ

काठमाडौं ।सांसद प्रमोद साह पक्राउ परेका छन् ।उनलाई जनकपुर विमानस्थलमा  बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा   पक्राउ  गरिएको हो। । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो।  सांसद साहलाई पक्राउ गरी जिल्ला अदालत धनुषा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ। पूर्जी जारी...

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन सरगर्मी बढ्दै

काठमाडौं ।एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको रौनक बढेको छ।महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा.हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो । अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि चुनावी रोचकता झनै रोचक बनेको छ । किनभने, वामपन्थी प्यानलका अध्यक्ष कुमार पन्त समूहबाट...