प्रदेश ५मा रहेका समाचारहरु

बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा

कोहलपुर ।बाँके राष्ट्रिय निकुञ्जको  टेण्डर च्यात्ने ७ जनालाई  ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको । बुधबार दिउसो निकुञ्जभित्र दुई वटा पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको टेन्डरको दर्ता गर्ने क्रममा एक समुह निकुञ्ज भित्र पसेर टेण्डर फारम च्यातेको हो । बुधबार टेण्डर दर्ता गर्ने अन्तिम दिन रहेको थियो । सो क्रममा युवाहरुको एक समुहले दर्ता गर्न लागिएका टेण्डर च्यातेपछि विवाद भई टेण्डर प्रकृया नै रोकिएको निकुञ्जले जनाएको छ । ५० लाखको...

बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

दाङ । प्रहरीले बिप्लब कार्यकर्तालाई  पक्राउ गरेको छ।  प्यूठान नगरपलिका वडा नं  ३ मान्द्रेचौर निवासी  ५० बर्षीय रन्तबहादुर थापालाई बुधवार विहान प्रहरीले घरवाटै पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरेन्द्र कार्कीले पक्राउ परेका थापा विप्लवका राप्ती व्यूरो सदस्य रहेको भन्ने खुल्न आएको बताए।‘प्रहरीले पक्राउ पछि थापालाई ल्याउँदैछ, बुझ्दा उनी राप्ती व्यूरो सदस्य भन्ने खुल्न आएको छ,’ डिएसपी कार्कीले भने । पक्राउ परेका थापा सग थप अनुसन्धान भइरहेको...

लोक सेवा आयोगले खोल्यो ठुलो संख्यामा उपसचिब र सहसचिबको विज्ञापन

काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा उच्च निजामती पदमा  विज्ञापन खोलेको  छ।  लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना...

प्रशिक्षार्थी महिला प्रहरीलाई तालीम केन्द्रकै सईले बलात्कार गरेपछि….

नेपालगन्ज । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) मा तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। नेपालगन्जमा अवस्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत आइतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई हिजो सोमबार नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो। जिल्ला...

स्कूल बसले ठक्कर दिदा एक बालिकाको मृत्यु

कावासोती । नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो ।विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो । गम्भीर रुपमा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । रासस। ...

नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप

काठमाडौं ।नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ।  गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ।मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । नेपाल प्रहरीले प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक...

जनताको मन जित्दै कोहलपुरका डिएसपी शाही

कोहलपुर ।कोहलपुर प्रहरीले अपराधमा लाग्नेहरुलाई धमाधम पक्राउ गर्न सधै तत्परत रहदै आएको छ। कार्यालयका बिगतका प्रमुख हुँदा होस वा बर्तमान कार्यालय प्रमुख हेेेम बहादुर शाही  हुन् ,कोहलपुर प्रहरीले सधै राम्रो कार्य गर्दै जनताको मन जितिरहेको छ। कोहलपुरका बिगतका प्रमुख रमेश बहादुर सिंह उनीहरुले असल कार्य गर्दै थुप्रै प्रसंशा पत्र लिएर जनताको मन जितेर त्यहाँबाट अन्यत्र गईसकेका छन् । डिएसपी सिंह सधै चाहन्थे कोहलपुर अपराध मुक्त शहर बनोस् भन्ने। अहिले बर्तमान...

दाङमा प्रहरीको गाडीबाट हाम फालेर भागेका थुनुवा १० महिना पछि पक्राउ

तुलसीपुर ।दाङमा प्रहरीको गाडीबाट हाम फालेर भागेका एक जनालाई पक्राउ गरेको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं ५ निवासी २१ बर्षीय विष्णु बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।आइतवार राति तुलसीपुरको बसपार्क क्षेत्रवाट बुढाथोकी पक्राउ परेका हुन।लुकिछिपी बसेको अवस्थामा फेला परेका बुढाथोकीको साथवाट १ ग्राम ३४० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले  जानकारी दिएको छ। उनि  दश महिना पहिले प्रहरीको चल्ती गाडिवाट हाम फालेर भागेका थिए ।थुनुवा बुढाथोकी...

नेपालगन्जकी उप-प्रमुख मगर मलेसिया प्रस्थान

नेपालगन्ज ।नेपालगन्ज उप महानगरपालिका का उप प्रमुख उमा थापा मगर साताैं एशिया प्रशान्त अर्वन फाेरममा भाग लिन अाज मलेसिया तर्फ प्रस्थान गर्नुभएको छ । मलेसियाकाे पेनगं सहरमा अक्टुबर १४ देखि १७ सम्म अायाेजना हुने साताैं एशिया प्रशान्त अर्वन फाेरममा नेपालकाे तर्फवाट भाग लिनकाे लागि त्यस तर्फ प्रस्थान गर्नुभएको हाे । एशिया क्षेत्रका साझेदारहरूलाई परिचालन गर्न एशियाभरिका शहरहरूकाे दिगाे भविष्य प्राप्त गर्न र कार्यन्वयनकाे गतिलाई जाेड दिने उद्देश्यले साे कार्यक्रम काे अायाेजना...

कांग्रेस बाँकेले गर्यो चियापान तथा शुभकामना आदानप्रदान

नेपालगन्ज ।नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता, काँग्रेस नेता कार्यकर्ता, शुभेच्छुक, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष एवम् प्रदेश पाँचका सांसद् आइपी खरेल, प्रदेश सभा सदस्य याकुब अन्सारी,पूर्व सांसद् बादशाह कुर्मी, मैकुलाल...