खेलकुदमा रहेका समाचारहरु

राष्ट्रिय क्रिकेट टिमको कप्तान पद छाड्ने पारसको घोषणा

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालको राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । कप्तान पद छोडे पनि केही समयका लागि उनले राष्ट्रिय टिमबाट खेल्ने छन् । ...

नेपालले नेदरल्याड्लाई ४ बिकेटले हरायो

ओमन। नेपालले नेदरल्याड्लाई ४ बिकेटले  गरेको छ।ओमनमा जारी पाँच देशको टी-२० श्रृंखलामा करण केसीको उत्कृष्ट प्रदर्शनसँगै आज नेपालले नेदरल्याड्विरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो । टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्लाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्‍यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले...

नेपालको विजय सुरुआत, हङकङमाथि ४ विकेटको जित, विनोदको अर्धशतक

नेपालगन्ज । ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलामा नेपालले विजय सुरुआत गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो । १२६ रनको चुनौती पछ्याएको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गरेको हो । कप्तान पारस खड्का पहिलो बलमै आउट भएपनि विनोद भण्डारीले संयमित ब्याटिङ गरेपछि नेपालले विजय हासिल गरेको हो । विनोदले ४८ बलमा अविजित रहँदै ५८ रन बनाए । त्यस्तै, आरिफ शेखले २१ तथा सोमपाल...

बडिविल्डिङमा दाङका दहितलाई पदक

दाङ /लक्ष्मण बस्नेत।“कपिलबस्तु”श्री खूल्ला राष्ट्रिय बडिविल्डिङ च्याम्पियनसिपमा दाङका सुनिल दहित ले कास्य पदक हात पारेका छन् ।कपिलबस्तु शारिरीक सुंगठन तथा फिटनेसको आयोजना सनिवार सम्पन्न च्याम्पियनसिपमा ७५ के.जि. तौल समुहमा दाङ जिल्लाको प्रतिनिधित्व गर्दै फ्रेण्डस् फिटनेस सेन्टर तुलसीपुरका दहित ले कास्य पदक हात पार्न सफल भएका हुन् । दहितले यसअघि ७५ केजी तौल समूहमा चौथो मिस्टर काठमाण्डौमा चौथो,आठौं राष्ट्रिय शाररिक सुंगठन प्रतियोगीतामा ८० केजी तौल समूहमा चौथो, प्रदेश नम्वर ४ र...

बक्सिङ संघ दाङको अध्यक्षमा पुनः थापा

लक्ष्मण बस्नेत/ दाङ।दाङ जिल्ला बक्सिङ संघको अध्यक्षमा राजु थापा चयन भएका छ्न् । जिल्ला बक्सिङको सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः थापाको अध्यक्षतामा १५ सदस्यीय बक्सिङ संघको नयाँ कार्यसमिती सर्वसहमतिले चयन गरेको हो । जसको उपाध्यक्षमा चन्द्रज्योती थापा,विशाल जङ्ग शाह,एलिसा सेन्चुरी,सचिव हस्त जिएम,कोषाध्यक्ष दिपक केसि,सहसचिव यम कुमार स्वर्णकार ( सफल), रहनु भएको छ । त्यसैगरी संघको सदस्यहरूमा श्रीधर केसि,मदन ओलि,रमा बिक,लक्ष्मण शर्मा,केशर खत्री,जानकि थापा,मान बहादुर राना,नारायण थापा चयन भएको संघका...

चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ विधानअनुसार भएको निर्वाचनबाट चतुरबहादुर चन्द निर्वाचित भएका छन्। यसअघि निर्वाचित क्यानका अध्यक्ष चन्दले ५९ मतमध्ये अहिलेसम्म ३० र बिनयराज पाण्डेले १० मत ल्याएका छन। शनिबार नक्सालको मेरियट होटलमा भएको चुनावमा चन्द पक्षका राजबाबु श्रेष्ठको २७ छ भने मिङ्मा डण्डु शेर्पाको १२ मत छ। सचिवमा चन्द समुहका अशोकनाथ प्याकुरेलको २९ मत छ भने बिनोदकुमार मैनालीको १० मत छ। त्यस्तै कोषाध्यक्षमा चन्द समुहकै रोशनकुमार सिंहको २९...

योगिनी कपको खेल तालिका सार्वजनिक
"उद्घाटनमा आयोजक र नेपालगन्ज बहुमुखी क्याम्पसले प्रतिस्पर्धा गर्ने "

नेपालगन्ज।नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिताको खेल तालिका  सार्वजनिक गरिएको छ । असोज ११ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक योगिनी–११ को ‘ए’ टिम र नेपालगन्ज बहुमुखी क्याम्पस प्रालीले प्रतिस्पर्धा गर्ने भएका छन । खजुरा गाउँपालिका, २ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा हुन लागेको प्रतियोगितामा बाँके र बर्दियाका गरि ८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन । बुधबार प्रतियोगिताका सहभागी टिम प्रतिनिधीहरुको उपस्थितीमा खेल तालिका सार्वजनिक गरिएको थियो ।...

नेपालगन्ज रंगशालाले लिन लागेको शुल्कको विरोध

नेपालगन्ज ।  असोजबाट नेपालगन्ज रंगशालामा आमनागरिकबाट लिइने शुल्कप्रति नागरिक सामाज अगुवाहरुले विरोध जनाएका छन। स्वास्थ्यलाई मध्यनजर गर्दै रंगशालामा विहान बेलुका शारिरीक अभ्यासका लागि जाने बालबालिका, युवा, महिला, जेष्ठ नागरिक, लगायतबाट प्रबेश शुल्क लिने निर्णय भएपछि त्यसको विरोध जनाइएको हो । नेपालकै कानूनमा शिक्षा, स्वास्थ्य निशुल्कको व्यवस्था रहेको र स्वास्थ्यका लागि खेलकुदमा गैरकानूनी शुल्क लिने निर्णयको विरोध गर्दै शुल्क मिनाहा गर्नुपर्ने स्थानीयको माग छ । यसैविच शुल्क खारेजी लगायतका सवालमा खेलकुद...

नेपालले गर्यो किर्गिस्तानलाई गोलको बर्षा, ८-२ गोलले किर्गिस्तान पराजित

नेपालगन्ज । नेपालले किर्गिस्तानलाई गोलको बर्षा गरेको छ। आज  भएको खेलमा नेपालले घरेलु टोली  किर्गिस्तानलाई ८/२ गोलले पराजित गरेको छ।नेपालको तर्फबाट  सावित्रा भण्डारीले ४ गोल गरिन्। तेस्रो, १५औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी उनले ५४ मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन्। यस्तै अनिता बस्नेतले ३४औं र ८९औं मिनेटमा गरी २ गोल गरिन्।दिपा राईले २५औं र निरु थापाले ३७औं मिनेटमा १(१ गोल थपे।किर्गिस्तानका लागि अइजानले १९ औं र अइपेरीले...

विश्वकप फुटबल छनौट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

नेपालगन्ज ।कतारमा हुने विश्वकप फुटबल २०२२ को छनौट अन्तर्गत  दोस्रो चरणको अवे खेलमा नेपालले आज कुवेतसँग कुवेती भूमिमा प्रतिस्पर्धा गर्दैछ ।जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार १० बजेर ४५ मिनेटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालको मुख्य लक्ष्य अंक खोस्ने रहेको छ । कुवेत भने जित हात पार्ने रणनीतिमा छ ।२०२२ कतार विश्वकप फुटबल छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसपछि...