मुख्य खवरमा रहेका समाचारहरु

बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा

कोहलपुर ।बाँके राष्ट्रिय निकुञ्जको  टेण्डर च्यात्ने ७ जनालाई  ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको । बुधबार दिउसो निकुञ्जभित्र दुई वटा पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको टेन्डरको दर्ता गर्ने क्रममा एक समुह निकुञ्ज भित्र पसेर टेण्डर फारम च्यातेको हो । बुधबार टेण्डर दर्ता गर्ने अन्तिम दिन रहेको थियो । सो क्रममा युवाहरुको एक समुहले दर्ता गर्न लागिएका टेण्डर च्यातेपछि विवाद भई टेण्डर प्रकृया नै रोकिएको निकुञ्जले जनाएको छ । ५० लाखको...

रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि

काठमाडौं ।निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी रोशनी शाहीको घाउजाँच प्रतिवेदनले उनीमाथि कुटपिट भएको पुष्टि भएको छ। केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट आएको शाहीको घाउजाँच प्रतिवेदनमा कसैले हिर्काएर चोट लगाइदिएको उल्लेख छ। प्रहरी स्रोतका अनुसार शाहीको कोठामा महराबाहेक अन्य कोही व्यक्ति प्रवेश गरेको नभेटिएकाले सो कुटपिट उनैले गरेको ठानिएको छ। ‘घाउचोट देखिएको छ, रिपोर्टमा चिकित्सकले कसैले हिर्काएर चोट लागेको उल्लेख गरेका छन्,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘पीडितको कोठामा महराबाहेक...

सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप

जनकपुर । सांसद  प्रमोद साहलाई चार दिनका लागि म्याद थप गरिएको छ।  जिल्ला अदालत धनुषाले प्रहरीलाई ४ दिनको  म्याद थप गरेर अनुसन्धान गर्न अनुमती दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने र अदालतले गरेको कुराको जनताले मूल्यांकन गर्ने बताए । सांसद...

लोक सेवा आयोगले खोल्यो ठुलो संख्यामा उपसचिब र सहसचिबको विज्ञापन

काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा उच्च निजामती पदमा  विज्ञापन खोलेको  छ।  लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना...

भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर

काठमाडौं । गैर आवासीय नेपाली संघ नेपालको अधिवेशनमा भाग लिनको युएईबाट आउने मतदाताको नाम लिस्टमा चरम राजनीति भएको भएको पाइएको छ ।युएईबाट केन्द्रीय अधिबेशनमा भाग लिनको लागि आउनुपर्ने १३८ जना प्रतिनिधिको नामावलीमा पूर्व कार्यसमितिको नाम नभेटेपछि नेपाल आएर हङ्गामा गरेपछि आफुहरुको नाम समावेश गरिएको गैर आवासीय नेपाली संघ युएईका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । उनले तीन चार सय जनाको नाम हालेको भनेता पनि अहिलेको कार्यसमितिले राजनीतिक भागबन्डाका आधारमा...

प्रशिक्षार्थी महिला प्रहरीलाई तालीम केन्द्रकै सईले बलात्कार गरेपछि….

नेपालगन्ज । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) मा तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। नेपालगन्जमा अवस्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत आइतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई हिजो सोमबार नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो। जिल्ला...

स्कूल बसले ठक्कर दिदा एक बालिकाको मृत्यु

कावासोती । नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो ।विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो । गम्भीर रुपमा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । रासस। ...

खोला तर्ने क्रममा दुई बालिका बेपत्ता

गुल्मी । खोला तर्ने क्रममा मंगलबार डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र ५ वर्षीया गरिमा विक बेपत्ता भएका हुन् ।खोला तर्ने क्रममा डुबेका ७ वर्षीय किसान विकको माछा मार्न गएका स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । बेपत्ता दुवैको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । ...

निवर्तमान सभामुख महरालाई थप ३ दिनको म्याद थप

काठमाडौं ।  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद दिएको हो । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई पक्राउ गरिएक हो। ...

नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप

काठमाडौं ।नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ।  गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ।मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । नेपाल प्रहरीले प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक...