डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु

बाँके कांग्रेसको दोश्रो जनजागरणको समापनको विशाल जुलुशसहितको प्रदर्शन( फोटो फिचर )

नेपालगन्ज । नेपाली कांग्रेसको दोश्रो जनजागरण अभियानको  आज  समापन कार्यक्रममा भएको विशाल जुलुशसहितको प्रदर्शन गरेको छ। कांग्रेसको प्रदर्शन पार्टी कार्यालय बाट बिपि चोक, धम्बोझी चोक, सेतु बिक चोक, त्रिबेनि मोड हुँदै त्रिभुवन चोक आएको हो। ...

खजुरा घटनाको बिरोधमा तरुण दल बाँकेले भोली प्रदर्शन गर्दै

नेपालगन्ज । नेपाली तरुण दल बाँकेले मंगलबार नेपालगन्जमा बिरोध प्रदर्शन गर्ने भएको छ। खजुराको सितापुर घटनाका दोषीलाई पक्राउ नगरेको भन्दै भोलि तरुण दल बाँके बिरोध  प्रदर्शन गर्ने भएको जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताउनुभयो। पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जनजागरण कार्यक्रम स्थलमै नेकपाका अरिङगालहरुले पार्टी सभापति किरण कोइरालासहित अन्य कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएका छन्, त्यो गलत कार्य हो। आक्रमणकारीलाई अझै प्रहरीले पक्राउ गर्न अनाकानी गरेको छ, जब सम्म अरिङगालहरुलाई पक्राउ...

डुडुवा गाउँपालिकाले डेंगु संक्रमणबाट बच्न सुरु गर्यो औषधी छराई अभियान

डुडुवा गाउँपालिका/ बाँके । बाँकेमा पनि डेंगुको संक्रमण देखिएपछि स्थानिय तहले सतर्कता अपनाउन सुरु गरेका छन् । स्थानीय तह मध्य डुडुवा गाउँपालिकाले डेंगु नियन्त्रणका लागि गाउँपालिका भित्र पर्ने टोल टोली र गाउँहरुमा डेंगुबाट बच्न किटनाशक औषधि छर्ने कार्यको शुरूवात गरेको छ । गाउँपालिकाले वडा नम्बर १,४,५ र ६ मा औषधी छर्ने कार्य सकेको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने,”डेंगुबाट बच्न गाउँपालिकाले यो अभियान थालनी गरेको छ, आशा छ यसबाट...

राप्ती नदिमा गोही छोडिएपछि डुडुवा गाउँपालिकाको आपत्ती, तीन दिन भित्र अन्यत्र सार्न पत्राचार

डुडुवा/ बाँके । राप्ती नदिमा गोही छोडिएपछि डुडुवा गाउँपालिकाले आपत्ती जनाएको छ। बाँके जिल्ला बन डिभिजन कार्यालयले खजुराबाट गोहीलाई उद्दार गरि राप्ती पुल तल नदीमा छोडेपछि गाउँपालिका लगायत स्थानीयले विरोध जनाएका छन । बाँके राप्ती नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयबासीले आक्रोस व्यक्त गरेका हुन । राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिसहरु नुहाउने, पुजा पाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो...

डुडुवा गाउँपालिकाद्धारा अपाङ्गता भएका ‘ग’ र ‘घ’ वर्गलाई सुविधा प्रदान

डुुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले अपाङ्गता भएकाहरुको ‘ग’ र ‘घ’ वर्गलाई विशेष सेवा सुविधा वितरण शुरु गरेको छ । सरकारले ‘क’ र ‘ख’ वर्गका लागि मात्रै सेवा उपलब्ध गराएपछि अन्यले पनि सेवा सुविधा माग गर्न थालेपछि कार्यपालिकाको बैठकले ‘ग’ वर्गलाई पनि ५ सय र ‘घ’ वर्गलाई ४ सय मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचय पत्र...

डुडुवा गाउँपालिकामा द्वन्द्व संवेदनशीलता सम्बन्धि तालिम

डुडुवा गाउँपालिका( बाँके ), सन्तोष गुप्ता। मधेस मानवअधिकार गृहको आयोजनामा इन्टरनेशनल एलर्ट, युके एडकाे सहकार्यमा समग्र, लैंगिक उत्तरदायी र जवाफदेही न्यायमा पँहुच सुदृढीकरण (सहज) परियोजना अन्तर्गत द्वन्द्व संवेदनशीलता सम्बन्धि २ दिने तालिम कम्दीमा सम्पन्न भएको छ। डुडुवा गाउँपालिका बाँकेका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतमा सम्पन्न उक्त तालिममा बोल्दै उपाध्यक्ष बानोले महिला अधिकार संरक्षण सबै जना लाग्नुपर्ने बताउनुभयो साथै उहाँले न्यायमा समेत पहुँच पुर्याउन गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । उक्त तालिममा डुडुवा...

डुडुवा गाउँपालिका अध्यक्ष टि २० क्रिकेटको उपाधी वडा नं २ लाई

डुडुवा (बाके)/ सन्तोष गुप्ता।बाकेको डुडुवा  प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २ ले हात पारेको छ । गाउापालिका वडा नं. ५ स्थित छग्राहवा खेल मैदानमा  भएको फाइनल खेलमा वडा नं. २ ले बाजी मारेको हो । शुुरुमा ब्याटिङ्ग गरेको वडा नम्बर २ ले वडा नम्बर ३ लाई १४३ रनको टारगेट दिएको थियो । त्यसमा वडा नम्बर ३ ले ११८ रन मात्र बनाउन सफल भएपछि वडा नम्बर २...

डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि २० क्रिकेटको सेमीफाइनल शनिबार

डुडुवा( बाँके )। डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगितामा शनिवार सेमीफाइनलका खेल हुने भएका छन् । भोलीको पहिलो खेलमा वडा नं. ३ र वडा नंं. ६ भिड्ने भने दोश्रो खेलमा वडा नं. २ र ५ भिड्ने भएका हुन् । गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित डुडुवा—५ छग्रहवाको खेल मैदानमा जारी क्रिकेटमा शुक्रवार विहानको खेलमा १ विकेटले वडा नं. ३ ले जीत हासिल गरेको हो । वडा नंं. ३ ले १४...

बाँकेमा एनसेलका दुई वटा टावरमा आगजनी

नेपालगञ्ज । बाँकेमा एनसेलका दुई वटा टावरमा अज्ञात समुहले आगजनी गरेको छ । डुडुवा गाउँपालिका–४ मेहमानपुर कम्दी र नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० मनिकापुर नयाँबस्तीमा रहेको एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपररिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । गएराति डेढ बजेतिर भएको आगजनीबाट टावरका तारहरुमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनुभयो । प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लब’ समूहले आगजनी...

डुडुवा गाउँपालिकाले राप्ती नदी र डुडुवा खोलामा ठेक्का खोल्यो

डुडुवा(बाँके)। बाँकेको डुडुवा गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्रिका लागि बोलपत्र आह्वान गरेको छ । गाउँपालिकाले साउन १० गते प्रकाशित गरेको बोलपत्र आह्वान सम्बन्धि विज्ञापनमा ३० दिनभित्र बोलपत्र पेश गर्न भनिएको छ । गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने राप्ती नदी र डुडुवा खोलामा नदीजन्य पदार्थ उत्खनन्, संकलन र विक्रि गर्न बोलपत्र पेश गर्न चाहने इजाजत प्राप्त व्यक्ति, फर्म वा संस्थालाई सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट धधध।दयउिबतचब।नयख।लउ मा बोलपत्र पेश गर्न...