विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन सरगर्मी बढ्दै

काठमाडौं ।एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको रौनक बढेको छ।महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा.हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो । अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि चुनावी रोचकता झनै रोचक बनेको छ । किनभने, वामपन्थी प्यानलका अध्यक्ष कुमार पन्त समूहबाट...

भारतमा एक जना नेपाली चेलीको हत्या

नेपालगन्ज । भारतमा एक जना नेपाली चेलीको हत्या भएको छ । विराटनगर महानगरपालिका ११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को भारतको जोगबनीस्थित भेडयारीमा हत्या भएको हो । उनको शव शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ ।भारतीय प्रहरीले अनुसन्धानका लागि मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु...

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते नेपाल आउँदै

नेपालगन्ज  । चिनका  राष्ट्रपति असोज २५ गते नेपाल आउने निश्चित भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ ।राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक...

कुर्दिस सेनामाथि आक्रमण गर्न टर्कीले सैनिक ट्यांक सिरियामा सेना पठायाे

एजेन्सी । कुर्दिस सेनामाथि आक्रमण गर्न टर्कीले सिरियामा सेना पठाएको छ । अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीले सिरियाका सीमा क्षेत्रमा सेना पठाएको बीबीसीले जनाएको छ । कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर-पूर्वी क्षेत्रमा टर्कीका सैनिक ट्यांक गएपछि नयाँ त्रास फैलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्दिस सेनामाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने चेतावनी दिनुभएको थियो । सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने आफ्नाे निर्णयको फाइदा उठाएर कुर्दिस सेनामाथि आक्रमण गरे सह्य...

भारतले आज पहिलो पटक राफेल लडाकु विमान पाउने

एजेन्सी । भारतले आज पहिलो पटक राफेल लडाकु विमान पाउने भएको छ। फ्रान्सले भारतीय रक्षामन्त्री राजजाथ सिंहको उपस्थितिमा भारतलाई राफेल लडाकु विमान प्रदान गर्न लागेको हो। सोमबार पेरिस उड्नु अगाडि राजनाथले राफेल प्राप्तिका लागि सबै उत्साहित भएको प्रतिकृया दिएका थिए। अब राफेल विमान आधिकारिक रुपमा भारतीय वायुसेनाको मातहतमा हुने छ। राजनाथले आज फ्रान्स राष्ट्रपति इम्यानुएल म्याक्रोन‍्सँग पनि भेट गर्ने छन्। भेटवार्तामा वायुसेनाका सहायक प्रमुख एयर मार्शल एचएस अरोडा पनि सँगै...

अमेरिकाबाट पाइने ´ईन्जा साहसी पत्रकारिता पुरस्कार’ अजय बाबु शिवाकोटीलाई

काठमाडौं।नेपाल प्रेस युनियनका केन्द्रिय महासचिब एबम हाम्राकुरा डटकमका  प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो। प्रधान सम्पादक शिवाकोटीलाई ईन्जाका निर्देशक किशोर सापकोटाले फोन सम्पर्क समेत गरि पुरस्कार दिइने निर्णय भएको जानकारी गराएका थिए। ईन्जा अमेरिकाको वासिंङ्टन डिसी, अमेरिकामा मुख्यालयमा रहेको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल हो।  शिवाकोटीले पुरस्कार दिने निर्णयप्रति आभार प्रकट...

पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चीनफिङले भारत भ्रमणको तयारी गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन गएका छन्। यही शुक्रबार राष्ट्रपति सीको भारत भ्रमण तय भएको छ। रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानको एउटा प्रतिनिधिमण्डल सोमबार चीन गएको हो। खानले त्यहाँ राष्ट्रपति सी तथा प्रधानमन्त्री केसी याङसँग भेट्नेछन् र, खासगरी अर्बाैं डलरमा प्रस्ताव गरिएको ‘चाइना–पाकिस्तान आर्थिक करिडोर’ परियोजनाका बारेमा छलफल गर्नेछन्। इमरानकाे प्रतिनिधिमण्डल तीन दिनसम्म चीनमा रहनेछ। भारतले काश्मिरमा धारा ३७०...

भारतीय भाजपा पार्टीका एक नेतासहित परिवारको हत्या

भारत । भारतमा भाजपाका एक नेतासहित पाँचजनाको हत्या भएको छ। भारतको  महाराष्ट्रमा भाजपाका नेता रविन्द्र खरात, उनका दुई छोराहरु र उनका भाई लगायत एक जनाको हत्या भएको हो।आइतबार राति  खरातको घर बाहिर हत्या भएको महाराष्ट्र प्रहरीले जानकारी दिएको छ।  महाराष्ट्र जलगाउँका एसपी पंजाबराज उगालेका अनुसार नेता खरात, उनका भाइ सुनील र दुई छोराहरु रोहित र प्रेमसागर तथा एक अन्य व्यक्तिमाथि हमला भएको थियो ।हमलामा  दुई जनाको घटनास्थलमै र तीन...

दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

नयाँ दिल्ली । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन्। महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ। उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ। प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन। आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले...

भारतीय फिल्म शोलेका पात्र कालियाको निधन

नेपालगन्ज । ‘शोले’का पात्र कालियाको निधन भएको छ । कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमवार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा निधन भएको हो । अस्पतालमा मर्न नचाहेकाले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो । खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए । उनले ‘अन्दाज अपना अपना’मा निभाएको ‘रोबर्ट’को भूमिका पनि...