देशमा रहेका समाचारहरु

बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

दाङ । प्रहरीले बिप्लब कार्यकर्तालाई  पक्राउ गरेको छ।  प्यूठान नगरपलिका वडा नं  ३ मान्द्रेचौर निवासी  ५० बर्षीय रन्तबहादुर थापालाई बुधवार विहान प्रहरीले घरवाटै पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरेन्द्र कार्कीले पक्राउ परेका थापा विप्लवका राप्ती व्यूरो सदस्य रहेको भन्ने खुल्न आएको बताए।‘प्रहरीले पक्राउ पछि थापालाई ल्याउँदैछ, बुझ्दा उनी राप्ती व्यूरो सदस्य भन्ने खुल्न आएको छ,’ डिएसपी कार्कीले भने । पक्राउ परेका थापा सग थप अनुसन्धान भइरहेको...

ऊर्जा सचिवस्तरीय बैठक : बुटवल–गोरखपुर प्रसारण लाइनमा नेपाल र भारतको समान हिस्सा

काठमाडौं : नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महिनाभित्र आयोजना गर्ने भएको छ । सोमबारदेखि सुरु भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौता भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैठकस्थल...

आफ्नै साथीलाई छुरा प्रहार गर्ने एक जना पक्राउ

धरान । छुरा प्रहार गरि घाइते बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मोबाइल सेटको विषयमा विवाद हुँदा आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई म‌ंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।चार दिनअघि धरान २, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान ५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी...

भालु नमारेको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने भिडमाथि प्रहरीले चलायो हवाइ फायर

जुम्ला। जुम्लामा मानिसहरुलाई आक्रमण गर्न सुरु गरेको भालुलाई प्रहरीले  गोली हानी नमारेको भन्दै प्रहरी कार्यालय माथी आक्रमण गर्ने भिड तितरबितर पार्न प्रहरीले गोली चलाएको छ।भालु नमारिदिएको भन्दै आक्रोशित भिड तितरबितर पार्न प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ।जुम्लाको गुठीचौर गाउँपालिकामा भालुको आक्रमणमा परेर चार जना घाइते हुँदा समेत नजिकैको प्रहरी चौकीले भालुलाइ नियन्त्रणमा नलिइएको भन्दै स्थानीयले प्रहरी चौकी माथि नै ढुंगामुढा गरेका थिए। दिनदहाडै भालु गाउँतिर झरेर मानिस माथि आक्रमण...

आजबाट ‘छ माया छपक्कै’ हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ आजबाट रिलिज भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा एक साथ रिलिज भएको हो । सोलो रिलिजको अवसर पाएको चलचित्रले मल्टिप्लेक्स तथा सिंगल थिएटरमा ठूलो संख्यामा ‘शो’ पाएको छ । दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपाल, केदार घिमिरे लगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र ‘छ माया छपक्कै’ले राजनीतिक विषय उठान गरेको दीपकराज गिरीले जानकारी दिए । ...

विजयादशमीमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन् । प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरणः ‘‘दिदीबहिनी तथा दाजुभाइहरु, हामी नेपालीहरुको महान र परम्परागत चाड बडादशैँका उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देश बाहिर...

मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ: कांग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीका उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। देउवाले सबैखाले मतभेद भुलेर राष्ट्रको सर्वांगीण विकास र समृद्धिमा लाग्ने प्रण गर्न आह्वान पनि गरेका छन्। विजया दशमी नेपालीहरुको धार्मिक र सांस्कृतिक पर्व रहेको उल्लेख गर्दै देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको स्मरण गरेका छन्। ‘नेपाल...

नेपालगन्जको रानी तलाऊमा डुबेर एक जनाको मृत्यु

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ८ स्थित  रानी तलाऊमा डुब्दा आज एक जनाको मृत्यु भएको छ। रानी तलाऊमा  डुबेर मृत्यु हुनेमा नेपालगन्ज  वडा नं ७ का सुनिल भित्रकोटी रहेका छन् ।दिनमा  मात्र खुल्ने  तलाऊमा रातीको समयमा प्रवेश गरेका सुनिलको बिहान ९ बजेतिर शब निकालिएको हो । ...

करेन्टले लियो आमाछोराको ज्यान

हेटौंडा ।करेन्ट लागेर  आमाछोराको मृत्यु भएको छ।हेटौंडा उपमहानगरपालिका१७, राजदेवीमा आज  करेन्ट लागेर आमाछोराको मृत्यु भएको हो भने बुहारी घाइते भएकी छन् ।मृत्यु हुनेमा स्थानीय ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन रहेका छन् ।उनीहरुको उपचारको क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा घाँस काट्न गएकी लेखमायालाई करेन्ट लागेको थियो ।आमालाई करेन्ट लागेपछि बचाउन...

बस खोलामा खस्दा दुई जनाको मृत्यु

रोल्पा। रोल्पामा बस खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ।  बस फर्काउने क्रममा ब्याक गर्दै गर्दा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा लुङ्ग्री गाउँपालिका ३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका २ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै मृत्यु भएको सुनिल स्मृति गाउँपालिका ३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिए । रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा...