प्रदेश २मा रहेका समाचारहरु

सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप

जनकपुर । सांसद  प्रमोद साहलाई चार दिनका लागि म्याद थप गरिएको छ।  जिल्ला अदालत धनुषाले प्रहरीलाई ४ दिनको  म्याद थप गरेर अनुसन्धान गर्न अनुमती दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने र अदालतले गरेको कुराको जनताले मूल्यांकन गर्ने बताए । सांसद...

लोक सेवा आयोगले खोल्यो ठुलो संख्यामा उपसचिब र सहसचिबको विज्ञापन

काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा उच्च निजामती पदमा  विज्ञापन खोलेको  छ।  लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना...

नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप

काठमाडौं ।नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ।  गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ।मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । नेपाल प्रहरीले प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक...

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साह काठमाडौं विमानस्थलबाट पक्राउ

काठमाडौं ।सांसद प्रमोद साह पक्राउ परेका छन् ।उनलाई जनकपुर विमानस्थलमा  बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा   पक्राउ  गरिएको हो। । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो।  सांसद साहलाई पक्राउ गरी जिल्ला अदालत धनुषा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ। पूर्जी जारी...

बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी

काठमाडौं । बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी दिईएको छ। जनकपुर बिमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई एक हप्ता भित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने‍ नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड...

रौतहटमा कसरी भयो २२ जनाको सामुहिक हत्या?

काठमाडौं ।२०६४ चैत २७, दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन। उनी...

नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ

रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको हो ।प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी प्रद्धुमन कार्कीले सांसद आलमलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छ्न । ‘उनलाई हामीले नियन्त्रणमा लिएका छौं,’ डीआईजी कार्कीले भने, ‘पुरानो एउटा केसको अनुसन्धानको लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’ ०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले...

दुई जना नक्कली घुमुवा प्रहरी पक्राउ

धनुषा । प्रहरीले दुई जना नक्कली प्रहरी( घुुुमुवा )लाई पक्राउ गरेको छ। प्रदेश नम्बर  २ का  धनुषा र महोत्तरीबाट  दुई दिनको अन्तरालमा   दुई जना नक्कली घुम्वा  पक्राउ परेका हुन् । आफूलाई प्रहरीको घुम्वा बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिँदै रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको हो। महोत्तरीबाट एक जना नक्कली प्रहरी पक्राउ परेको दुई दिन नबित्दै धनुषाबाट पनि अर्को एक जना समातिएका छन् । दुबैले आफूलाई...

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडौं ।आइतबार देशैभर सार्बजनिक बिदा दिने भएको छ।  संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र...

दशैंको टीकाको साइत बिहान १०:३५ बजे

नेपालगन्ज । यसवर्ष दशैंको टीकाको साइत भोलि (असोज २१ गते मंगलवार) बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए । विजया दशमीको दिन देवी बिसर्जन गर्ने साइत भने मंगलवार बिहान ८ बजेर ४५ मिनेटमा निर्धारण गरिएको छ । बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत रहे पनि विजया दशमीको दिनभर नै टीका...