आम निर्वाचन २०७४मा रहेका समाचारहरु

महंगा बाइकको मूल्य कति बढ्यो

काठमाडौं,१५ जेठ । पछिल्लो समयमा युवाहरुमा महंगा र हेभी सीसीका बाइक चढ्ने क्रेज मौलाउँदैछ । तर, अब सरकारले ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाउने निर्णय गरेको छ । सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा सवारीको इन्जिन क्षमताका आधार तिर्ने गरिन्छ । यसको वृद्धिले पनि मूल्यलाई प्रत्यक्ष असर गर्छ । नयाँ बजेटले ४०१ सीसीभन्दा ठूला क्षमताका बाइकमा झण्डै दुई लाख सडक दस्तुर बढाएको छ ।माइक्रोबस, बस, ट्रक, ट्रिपर,...

प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छःदेउवा

काठमाडौँ, १३ जेठ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताउनुभएको छ । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै लोकतन्त्रको अर्को पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिनुभयो । उहाँले चुनावमा कसैले जित्नु र हार्नु स्वाभाविक भएको बताउँदै काँग्रेस...

प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण

काठमाडौँ, २० फागुन । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराउनुभएको हो । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराउनुभएको थियो । शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाउनुभएको थियो । यस लगत्तै उहाँहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा...

कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँदै

माघ २९, काठमाण्डौ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरुले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची आज बुझाउने भएका छन् । एमालेले हिजो नै सूची बुझाएको छ । सूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरेको छ । समानुपातिकको सूची बुझाउन बाँकी रहेका दलहरु बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ...

राष्ट्रियसभाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइयो

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११  बजे राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो । सो विवरण आयोगले ७ दिनभित्र राष्ट्रपति समक्ष पेश...

राष्ट्रिय सभामा वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

माघ २५, नेपालगन्ज । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ । बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु...

राष्ट्रिय सभा निर्बाचनमा प्रदेश ५ मा ३०३ जनाले गरे मतदान

माघ २४,सौरभ गिरी/दाङ्ग। आज राष्ट्रिय सभा निर्वाचनका लागि ५ नम्बर प्रदेशबाट ३ सय ३ जनाले मतदान गरेका छन ।  घोराहीको कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा ५ जना चुन्न प्रदेश सभाका ८७ जना सांसद् र स्थानीय तहका २ सय १५ जना प्रमुख उपप्रमुखले मतदान गरे भने २ जनाले मतदान गरेनन। बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी ५ नम्बर प्रदेश बाट महिला कोटामा ३ जना यसअघि नै निर्विरोध भइसकेको छन...

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर राजीनामा दिने तयारी

काठमाडौं, २४ माघ- प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको लामो समयसम्म सत्तामा बसेको भनेर आलोचना भइरहेका बेला देउवाले राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर राजीनामा दिने तयारी गरेका हुन् । राष्ट्रियसभा निर्वाचनका लागि बुधबार ६ वटा प्रदेशमा मतदान भइरहेको छ । प्रदेश नम्बर २ मा भने सबै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । प्रधानमन्त्रीले राजीनामा दिने तयारी गरेको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा...

राष्ट्रियसभा सदस्य : ३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

माघ २४, नेपालगन्ज । संविधान जारी भएपछि पहिलोपल्ट बुधबार राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ वटा प्रदेशका प्रदेशका १२ मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रदेश २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले ६ वटा प्रदेशमा मात्रै मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख  र प्रदेशसभाका सदस्यले आआफ्नो मतदान केन्द्र पुगेर...

आज प्रदेश ५ मा राष्ट्रिय सभा निर्बाचन हुदै

माघ २४,दाङ्ग। आज राष्ट्रिय सभा निर्वाचनका लागि ५ नम्बर प्रदेशबाट ३ सय ५ जनाले मतदान गर्दैछन् ।  घोराहीको कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा ५ जना चुन्न प्रदेश सभाका ८७ जना सांसद् र स्थानीय तहका २ सय १८ जना प्रमुख उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो । यो चुनावमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ हुने उहाँले बताउनुभयो । एउटा...