साहित्य/संस्कृतिमा रहेका समाचारहरु

नेपालगन्जको धम्बोझी चोकमा आज साँझ धुमधामका साथ “गुरही पर्व” मनाईदै

भगतराम थारु/नेपालगन्ज। थारु समुदायमा धुमधामका साथ गुरही पर्व २०७६ मनाइँदै छ । गुरही पर्वको पावन अवसरमा आज साँझ नेपालगन्जको धम्बोझी चोकमा सांस्कृतिक कार्यक्रम सहित गुरही पर्व २०७६ मनाउने  आयोजकले जनाएको  छ। थारू कल्याणकारिणी सभा बाँके, थारु पत्रकार संघ नेपाल बाँके, थारु विद्यार्थी परिवार बाँके मुक्त कमलरी विकास मंच र थारु कलाकार मञ्च बाँकेको सयुक्त आयोजनामा गुरही पर्व मनाउन लागिएको हो। थारु समुदायको पहिलो चाड ‘गुरही पर्व’ नेपालगन्जको धम्बोझी चोकमा थारु...

नरैनापुरमा सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रम

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा करिब ३  दर्जन कलाकारद्वारा  एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिनुका साथै गीत, गजल र मुक्तकहरु पनि वाचन गरिएका थिए । ठूलो संख्यामा उपस्थित स्थानीयहरुले कार्यक्रममा भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सामाजिक सद्भावका लागि आफू सदैव क्रियाशील रहेको बताउँदै विभिन्न जातजाति, भाषाभाषी, धर्म सम्प्रदायको बसोबास रहेको नरैनापुरलाई आफूले सद्भावको...

सशस्त्र प्रहरी!

    नेपाली जनताको निम्ति हरेक परिस्थितिमा आपत पर्दा तयारी हालतमा रहने सशस्त्र प्रहरी देशमा परेका विपत परिस्थितिमा अगाडी बढ्न र सेवा गर्न तयार रहने सशस्त्र प्रहरी नेपाली जनताको हरेक मोडमा साथ दिन तयार रहने सशस्त्र प्रहरी देशमा भुकम्प जाँदा होस्। वाढी पीडितको अवस्थामा होस्। अग्रसर हुन तत्पर रहने सशस्त्र प्रहरी जनताको हितमा सधै तमतयार रहने सशस्त्र प्रहरी नेपाली जनताको निम्ति सधै आफ्नो जिम्मेवारीमा पछि नहटने सशस्त्र प्रहरी नेपाली जनताको निम्ति सशस्त्र प्रहरी!! ...

महेन्द्र बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपालगन्ज,१३ पुस।नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “राजनितीमा युवाहरूको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएको हो। प्रतियोगितामा मिसन उपाध्याय प्रथम बने भने चक्र रिमाल द्धितिय, कृष्ण प्रसाद वली तृतिय र आयुष रिजाल सान्त्वना भएका छन्। प्रतियोगितामा प्रथम हुनेले ३ हजार नगद सहित प्रमाणपत्र, द्धितीयले २ हजार सहित प्रमाणपत्र, तृतीय १ हजार नगद सहित प्रमाणपत्र र सान्त्वना हुनेले ५ सय सहित प्रमाणपत्र प्राप्त गरेका छन् । क्याम्पस प्रमुख गणेश...

लोप हुँदै परम्परागत पञ्चेबाजा

बझाङ, २७ कार्तिक।युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हँुदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हँुदै गएको छ । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको रामपुर नगरपालिका–६ विजयपुरका ८२ वर्षीय हुमबहादुर...

नेपालगन्जमा प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न

नेपालगन्ज,१६ भदौ।नेपालगन्जमा शनिवार ४ जना प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।१ सय ५३ औ मोति जयन्ती तथा ८० औ प्रकाश राजापुरी जन्मजयन्तीको अवसरमा मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले आयोजना गरेको एक विशेष कार्यक्रमका बिच सुर्खेतका ऋषि शर्मा सुदामा, वर्दियाकी अन्जु स्मारिका, जाजरकोटका क्षीतिज समर्पण र कोहलपुरकी नमीता बरालले आफ्ना उत्कृष्ठ ८–८ वटा गजलहरु सुनाउनुभयो ।बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख र जाजरकोटबाट गजल सुन्न करिब १ सय गजल पारखिहरु...

श्रेष्ठको भक्ति शन्देश विमोचन

काठमाडौं,५ साउन। बर्दियाका समाजसेवी नारायणप्रसाद श्रेष्ठको तेस्रो कृति ‘भक्ति सन्देश’ भजन संग्रह विमोचन गरिएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा भाषाविद् प्राध्यापक डाक्टर मुकुन्दशरण उपाध्यायले पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा विभिन्न देवीदेवताको आरधाना, परिचय र विविध प्रसङसहित भजन संग्रहित छन् । ७३ वर्षका श्रेष्ठले संग्रहमा ७३ वटा नै भजन समावेश गरेका छन् । कार्यक्रममा वेद विद्याश्रम राधाकृष्ण मन्दिर गहनापोखरीका वटुकले संग्रहमा समेटिएका भजन वाचन गरेका थिए । विदुषी सपनादेवी श्रेष्ठ,...

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’ सार्वजनिक

काठमाडौं, ३१ असार – स्वर्गीय नेता रामहरी जोशीको पुस्तक ‘प्रतिकात्मक प्रश्न’ बजारमा आएको छ । त्रिविका पूर्वउपकुलपति डा। केदारभक्त माथेमाले पुस्तक लोकार्पण गरेका हुन् । राजनीतिमा लामो समय बिताएको एक नेताको नखुलेको पाटो पुस्तकमा आएको उनले बताए । पुस्तक समीक्षा गर्दै साहित्यकार डा। रामदयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताए । यो पुस्तक नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको मोदी आइन् नजिक...

२०७४ सालको मदन पुरस्कारको लागि आठ पुस्तक सिफारिस

काठमाडौं, २८ असार-  २०७४ सालको मदन पुरस्कारको लागि २५३ पुस्तकहरूमध्येबाट आठ पुस्तक सिफारिसमा परेका छनु । ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरूङको पाठशाला यज्ञशको भुइयाँ, नयनराज पाण्डेको यार , नीलम कार्की निहारिकाको योगमाया ,राज माङलाकको लिम्बुनी गाउँ र मोहन वैद्य ‘किरण’को हिमाली दर्शन छनोटमा परेका छन् । ...

गजलसंग्रह उज्यालोको खोजी लिएर आइन् आस्था

काठमाडौं२४, असार – कवि, गजलकार तथा पत्रकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको रुवाई, गीत, गजलकृति ‘प्रयास’ र एल्बम ‘प्रयास’ एकसाथ विमोचन गरिएको छ। शनिबार संवाद डबलीमा भएको कार्यक्रममा कार्यक्रममा गजलकार ललिजन रावलले गजल कृती विमोचन गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली गजल मंचको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रावलले साहित्यले समाजलाई परिर्वतनमा अहम् भूमिका खेल्ने बताए। गजलकार रावलले अन्य साहित्य जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय...