बिजनेसमा रहेका समाचारहरु

ऊर्जा सचिवस्तरीय बैठक : बुटवल–गोरखपुर प्रसारण लाइनमा नेपाल र भारतको समान हिस्सा

काठमाडौं : नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महिनाभित्र आयोजना गर्ने भएको छ । सोमबारदेखि सुरु भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौता भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैठकस्थल...

बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी

काठमाडौं । बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी दिईएको छ। जनकपुर बिमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई एक हप्ता भित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने‍ नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड...

डिएसपी सिंहद्वारा ठुलो जुवाखालमा छापा,१८ लाखसहित २१ जना पक्राउ

काठमाडौं ।महानगरीय प्रहरी बृत्त बौद्धले ठुलो जुवा खालमा छापा मारेको छ। आरुबारीमा ठुलो जुवा भइरहेको छ भन्ने बिशेष सुचनाका आधार बौद्ध प्रहरी प्रमुख डिएसपी रमेश बहादुर सिंहको कमान्ड गएको टोलीले गए राती १८ लाख ९२ हजार रुपियाँ सहित २१ जना जुवाडे पक्राउ गरेको हो । डिएसपी सिंहका अनुसार जुवाडेहरुका तीन वटा गाडी र चौध थान मोटरसाइकल समेत बरामद गरि बौद्ध बृत्तमा लगिएको छ। हामीलाई आरुबारी बौद्धका रमेश तामाङले घर भाडामा...

दशैं अवधिभर नेपालगञ्जमा १ सय १३ सवारी साधन कारबाहीमा

नेपालगञ्ज । दशैं अवधिभर ट्राफिक प्रहरीले नेपालगञ्जमा १ सय १३ सवारी साधनलाई कारबाही गरेको छ । नियम विपरित सञ्चालित सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख भीमराज ओलीले बताउनुभयो । ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमता भन्दा बढी सामान ढुवानी गर्ने १ सय १३ सवारी साधन कारबाहीमा परेका हुन् । त्यस क्रममा ६७ हजार ५ सय रुपैयाँ जरिवाना स्वरुप राजश्व संकलन गरिएको ओलीले जानकारी...

चिनियाँ राष्ट्रपतिको भ्रमणमा त्रिभुवन बिमानस्थलमा ५४ विमान उडान प्रभावित हुनेे 

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकिय नेपाल भ्रमणका क्रममा त्रिभुवन बिमानस्थलमा ५४ विमानको उडान प्रभावित हुनेे भएका छन् । शनिबार  अपराह्न १४ः५५ देखि १७ः२५ बजेसम्म बन्द हुने नोटाम जारी गरिएको छ । शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् ।विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ...

अव्यवस्थित क्रसरले खोला किनारका सयौँ रोपनी धानखेत नष्ट

नेपालगन्ज  । अव्यवस्थित रुपमा राखिएका क्रसरका कारण खोला किनारका सयौँ रोपनी धानखेत नष्ट भएका छन् । यस वर्षको बाढीले  १५ वर्षयताकै ठूलो विनाश गरेको स्थानीयको भनाइ छ । रोशी खोला किनारमा राखिएका क्रसरले खोला छेउमा थुपार्ने माटो तथा खोलामा बाढी आउँदा माटो बगाउने भएकाले खोलाको सतह बढेको छ । जसले यस वर्ष क्षति बढाएको हो । खोलाले दाप्चादेखि दुम्जासम्मको भागमा ठूलो क्षति गरेको छ । खोला किनारका धान लगाइएका खेतहरु खोलाले...

भारतीय विनविन नेटवर्किङ कम्पनी डुवायो दाङकि महिलालाई

दाङ ।घोराही उपमहानगरपालिका १३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। घरव्यवहार र आर्थिक समस्याले थिचिएकी उमाका लागि त्यति पैसा कमाउने अवसर चानचुने थिएन। त्यसका लागि दुई लाख रूपैयाँ तिरेर कम्पनीको सदस्य बन्नुपर्ने भनिएको थियो । दायाँबायाँ विचारै नगरी उनले प्रस्ताव ‘ओके’ गरिदिइन्।मासिक एक लाख तलबदेखि ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बनिने र पाँच वर्षपछि पेन्सन हुने प्रलोभनमा उनी फसेकी थिइन्। ‘मासिक एक लाख...

नेपालगञ्जमा आजदेखि गुडे नगर बस

नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरि ल्याएका नगर बसहरु बुधबारदेखि सडकमा गुड्न थालेका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो । बसहरु मुख्य मन्त्री शंकर पोख्रेलले असोज १८ गते सेवा सुभारम्भ गर्ने कार्यक्रम रहेको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले जानकारी दिनुभयो । गत असारमै बसहरु खरिद गरि ल्याइएको भएपनि रुट परमिट लगायतको तयारीका कारण संचालनमा ढिलाई भएको हो । बसमा महिलाहरुलाई सहचालकको रुपमा राखिएको छ...

१२ लाखको अबैध सुनसहित दुई जना पक्राउ

काठमाडौं । १२ लाखको सुनसहित दुई जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ, उनले भने।पक्राउ परेकासँग प्रहरीले १६...

आफ्नो बार्षिकोत्सबमा सनराइज बैंकले नरैनापुरमा झुल बाँड्यो

नरैनापुर(बाँके)। बाँकेको नरैनापुर गाउँपालिकामा डेंगुबाट जोगिन सचेतना कार्यक्रमसंगै झुल वितरण गरिएको छ । नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरका स्थानीयलाई डेंगुको संक्रमण र यसबाट जोगिने उपायबारे जानकारीसंगै पचास विपन्न घरपरिवारलाई झुल वितरण गरिएको हो । सनराइज बैंकको १२औं बार्षिक उत्सबका अवसरमा नरैनापुरस्थित सनराइज बैंक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् कार्यक्रम गरेको शाखा प्रबन्धका खडक प्रसाद देवकोटाले जानकारी दिनुभयो । स्थानीयहरुलाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा अध्यक्ष मसुद अहमद...