विशेषमा रहेका समाचारहरु

महिलाबेचविखन तथा तस्करी विरुद्ध सरकार किन मुखदर्शक ?

कमला हमाल । गएको साउनमा दिल्ली महिला आयोगको टोलीले मध्यरातमा १६ नेपाली महिलाको ‘उद्दार’ गर्यो । मानव तस्करले कुवेत र इराक पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठामा करिव ८ महिनादेखी बन्धक बनाइ राखीएको अवस्थामा ‘उद्दार’गर्यो । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवाल दिल्ली प्रहरीलाई लिएर उनी राति साढे १ बजे महिलाहरु बसेको घरमा छापा मारिएको मालिवालले ट्वीटरमार्फत् जानकारी दिइन् । वैदेशिक रोजगारीको आश देखाएर दलालले ती...

मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिश

काठमाण्डौ,७ भदौ। संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । ...

अन्डरवर्ल्ड डन दाउदका म्यानेजर जबिर मोती लन्डनमा प्रकाउ

  काठमाडौं,३ भदौ।अन्डरवर्ल्ड डन दाउद इब्राहिमका फाइनान्स म्यानेजर जबिर मोती लन्डनमा पक्राउ परेका छन् । इब्राहिमको डी–कम्पनीको आर्थिक कारोबार सम्हाल्दै आएका पाकिस्तानी नागरिक लण्डनस्थित हिल्टन होटलबाट उनलाई ब्रिटेन सुरक्षा एजेन्सले पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मोती पक्राउ परेसँगै डि–कम्पनीको आर्थिक लेनदेन र दाउदसँग जोडिएका कयौं जानकारीहरु पाउन सकिने विश्वास प्रहरीले लिएको जनाइएको छ । मोती १० वर्षे भिषामा ब्रिटेन पुगेका थिए । दाउद पत्नी महजबिन, छोरी महरिन र ज्वाईँ...

१० जना युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरिंदै

काठमाडौँ – युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० जना युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’बाट सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस यही साउन २७ गते अगस्ट १२ का दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाको क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो । मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना, समाज सेवा, कृषि र उद्यमशीलता तथा सूचना...

निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिएका छन् । “दोस्रो वाइड बढी विमान भित्र्याउनका...

पूर्व प्रमुख आयुक्त उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस

काठमाडौं , ३२ असार –  सरकारले निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ ।आज, ३२ असारमा बसेको मन्त्रिपरिषदको बैठकले उप्रेतीलाई राजदूत सिफारिस गरेको हो ।पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिनका लागि राजीनामा गरेपछि उक्त पद रिक्त थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकले मलेशियाको राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरेको छ । पाण्डे यसअघि साउदी अरबको राजदूत भइसकेका छन् ।संसदीय सुनुवाई समितिले सुनुवाई गरेपछि...

राउटेलाई पहिलो पटक परिचयपत्र

सुर्खेत, ३१ असार – पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । उक्त परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबा, आमाको नाम र...

वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद

फलेवास, पर्वत, २५ असार  – नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् । पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताउनुभयो । बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी...

बाघको छालासहित एकजना पक्राउ

काठमाडौं,२१ असार – बाघको छाालासहित महानगरीय प्रही बृत्त लैनचौरले एकजनालाई पक्राउ गरेको छ ।बाघको छाला विक्रिवितरण तथा ओसारपरार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(२६ कपुरधाराबाट दोलखा गौरिशंकर गाउँपालिका(५ का २१वर्षीय वियन खड्कालाई पक्राउ गरेको हो । बाघको छालासहित पक्राउ परेका खड्कालाई महानगरीय प्रहरी बृत्त लैनचौरबाटै अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।अनुसन्धान पश्चात खड्कालाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइने प्रहरीको भनाइ छ । ...

सशस्त्रका पाँच एआईजीको राजीनामा

काठमाडौं,२१ असार -सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो। बुधबारको मन्त्रिपरिषद् निर्णय...