प्रदेश १मा रहेका समाचारहरु

लोक सेवा आयोगले खोल्यो ठुलो संख्यामा उपसचिब र सहसचिबको विज्ञापन

काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा उच्च निजामती पदमा  विज्ञापन खोलेको  छ।  लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना...

नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप

काठमाडौं ।नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ।  गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ।मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । नेपाल प्रहरीले प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक...

आफ्नै साथीलाई छुरा प्रहार गर्ने एक जना पक्राउ

धरान । छुरा प्रहार गरि घाइते बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मोबाइल सेटको विषयमा विवाद हुँदा आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई म‌ंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।चार दिनअघि धरान २, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान ५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी...

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडौं ।आइतबार देशैभर सार्बजनिक बिदा दिने भएको छ।  संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र...

दशैंको टीकाको साइत बिहान १०:३५ बजे

नेपालगन्ज । यसवर्ष दशैंको टीकाको साइत भोलि (असोज २१ गते मंगलवार) बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए । विजया दशमीको दिन देवी बिसर्जन गर्ने साइत भने मंगलवार बिहान ८ बजेर ४५ मिनेटमा निर्धारण गरिएको छ । बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत रहे पनि विजया दशमीको दिनभर नै टीका...

नेपालमा संगठित अपराधको जालो

निराजन शर्मा।आधुनिक विज्ञानले मानिसको जीवनलाई सहज र सजिलो मात्रै बनाएको छैन नयाँ खाले समस्याहरू पनि सँगसँगै सिर्जना गरेको छ। विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भने त्यसको गलत प्रयोग हुँदा समाजमा नयाँ खाले अपराध र अपराधीहरूको विकास हुन पुग्छ । यहाँ त्यस्तै भएको छ, विज्ञान र प्रविधिको प्रयोग गरी संगठित रुपमा अपराध गर्ने प्रचलन वढेको छ जसलाई हामिले संगठित अपराधको संज्ञा दिएका छौ ।...

पानीमा डुबेर दुईको मृत्यु

नेपालगन्ज ।नालीमा डुबेर एक जनाको मृत्यु भएको छ।सुनसरीको रामधुनी नगरपालिका ५ भमरी चोकका ४७ वर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ।आइतबार बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ।यस्तै, इलामको सुनमाई नगरपालिका १२ मलिमकी ५६ वर्षीया दिलमाया राईको पानीको दहमा डुबेर मृत्यु भएको छ।आइतबार बिहान ८ बजे आफ्नै घर नजिकै रहेको पानीको दहमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ...

बिजया दशमी सुरु, आज घटस्थापना

नेपालगन्ज ।नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घर घरमा जमरा राखिदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई...

सासंद विकास कोषमा अब देखि समानुपातिक सांसद पनि हिस्सेदार

काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ४ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई गत आर्थिक वर्षबाट ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । समानुपातिक सांसदहरुले भने यो कार्यक्रममा आफूहरुलाई हिस्सेदार नबनाइएको भनेर गुनासो गर्दै आएका थिए । उनीहरुको गुनासो सम्बोधन गर्दै सरकारले नियमावली संशोधन गरेको छ ।प्रत्यक्ष निर्वाचित सांसदको...

खानेपानीको चरम अभाव मुलुकमा ओलीको पानी जहाज चलाउँने कुरा हावादारी:महामन्त्री कोइराला

नेपालगन्ज  । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले खानेपानीको चरम अभाव रहेको मुलुकमा सरकारको पानी जहाज चलाउँने कुरा हावादारी रहेको बताएका छन् । नेपाल प्रेस युनियन खोटाङ शाखाले दिक्तेलस्थित होटल सगरमाथामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोईरालाले मुलकभरी रहेको १७ लाख हेक्टर खेतियोग्य जमिन पानी अभावमा बाँझिदै गएको र हरेक वर्ष खडेरीले मुहान सुक्दा खानेपानीको समस्याले मुलुक ग्रसित हुनुपर्ने अवस्थामा पानी जहाज चलाएर देखाउँछु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको...