सातौ राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस पोखरामा

पोखरा, ८ पुस । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये टेनिस खेल भोलिबाट पोखरामा सुरु हुने भएको छ । नेपाल टेनिस सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागी टिमहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित पाँच विकास क्षेत्रका पाँच टिम गरी आठ टिमको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६६ जना खेलाडी १६ स्वर्ण, १६ रजत...

सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि सुरु हुँदै

विराटनगर, ७ पुस । सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ । साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धामा तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजक ले जनाएको छ । प्रतियोगिताबारे आज यहाँ जानकारी दिँदै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान् खेलाडीको खोजीमा सातौैँ राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने...