तीन वटा प्रदेशमा आज दोस्रो चरणको निर्वाचन हुदै
प्रकाशित मिति : २०७४, १४ असार बुधबार ००:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज: देशका तीन वटा प्रदेशमा आज दोस्रो चरणको निर्वाचन हुदैछ । उक्त निर्बाचनको सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेको छ ।
मतदान सम्बन्धित मतदान स्थलहरुमा आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।
Advertisement
यस पटक सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा विश्वस्त हुन अनुरोध समेत गरेको छ ।’ यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको बैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरेको छ ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम भएकाहरुको हकमा नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचय पत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ ।
६२ हजार उम्मेदवार चुनावी मैदानमा
यो चुनावले प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । निर्वाचनबाट नेपालगंज साथै ७ उपमहानगरपालिका , १ महानगरपालिकाका ,१११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।
निर्बाचन आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।