रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
प्रकाशित मिति : २०७६, २९ आश्विन बुधबार १७:०५
सम्पर्क ठेगाना
संस्कृति मिडिया नेटवर्क प्रा.लि.
नेपालगन्ज उपमनपा-१०,बाँके
५ नं. प्रदेश, नेपाल
फोन 9851148119
प्रकाशक : गौरब गिरी
सम्पादक : नवीन गिरी
दर्ता नं. : १३०५/०७५-७६
भ्याट नम्बर : 606861069
Advertisement
प्रहरी स्रोतका अनुसार शाहीको कोठामा महराबाहेक अन्य कोही व्यक्ति प्रवेश गरेको नभेटिएकाले सो कुटपिट उनैले गरेको ठानिएको छ।
‘घाउचोट देखिएको छ, रिपोर्टमा चिकित्सकले कसैले हिर्काएर चोट लागेको उल्लेख गरेका छन्,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘पीडितको कोठामा महराबाहेक अन्य व्यक्ति गएको नदेखिएकाले सो कार्य महराबाट भएको हो भन्न अप्ठेरो छैन।’मिडियाहरूमा ‘महरा र रोशनीको फरेन्सिक जाँच भएको’ भन्ने समाचार सत्य नभएको भन्दै ती अधिकारीले भने, ‘कुटपिटको घाउजाँच गरिने हो, फरेन्सिक जाँच हैन। घाउ कसले लगाइदिएको हो भन्ने परिस्थितिबाट पुष्टि भइसकेको छ।’
असोज १२ गते राति महराले बलात्कार प्रयासका क्रममा शाहीको शरीरमा चोटपटक देखिएको थियो।
शाहीले जाहेरी दिएकै दिन असोज १७ गते प्रहरीले उनको शरीरमा लागेको घाउजाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो।
महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली असोज १२ गते कोठामा पुग्दा रोशनीले आफूमाथि कुटपिट भएको भन्दै चोट देखाएकी थिइन्। तर, उनले केही दिन जाहेरी दिन इन्कार गरेपछि उनको शरीरमा लागेको चोटको जाँच समयमै हुन पाएन।
‘जाहेरी परेको दिन हामीले जाहेरी सँगसँगै शिक्षण अस्पतालमा घाउ जाँच गर्न पठाएका थियौं,’ वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भने, ‘घटना अनुसन्धान महानगरीय प्रहरी परिसरबाट भएकाले अस्पतालले उतै घाउजाँचको प्रतिवेदन बुझाएको छ।’
परिसर स्रोतका अनुसार रोशनीको हात, औंला, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन्। महराले कुटपिट गर्दा सो चोट लागेको शाहीले जाहेरीमा उल्लेख गरेकी छिन्।
‘अनुसन्धान प्रतिवेदन तयार गर्ने क्रममा डाक्टरबाट आएको घाउजाँच प्रतिवेदन पनि प्रमुख प्रमाणकै रूपमा राखिन्छ,’ परिसर स्रोतले भन्यो।
कुटपिट गर्दा फुटेको महराको चस्मा, जुत्ताको तलुवा, रक्सी पिएको गिलास, रक्सीको बोत्तल फरेन्सिक जाँचमा पठाइसकिएको छ। त्यसको रिपोर्ट भने आइसकेको छैन।
महरालाई जबरजस्ती करणी उद्योगमा मुद्दा अघि बढाइएको छ। महरालाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन थुनामा राख्न मंगलबार अनुमति दिएको छ।
स्वास्थ्यमा समस्या आएको भन्दै हाल महरा नर्भिक अस्पतालमा उपचारत छन्।सेतोपाटीबाट साभार।