सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको ओपिडी सेवा सुरु
प्रकाशित मिति : २०७५, ११ असार सोमबार १५:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ११ असार ।बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आजदेखि ओपिडी सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्तर्गत् ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको आज औपचारिक उद्घाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले क्यान्सर अस्पताललाई सुविधा सम्पन्न बनाउन सरकारले पहल गर्ने बताउनुभयो । उहाँले सरकारले अस्पताललाई हाल दिँदै आएको बजेटमा आगामी बर्षदेखि थप गर्ने घोषणा गर्नुभयो । क्यान्सर अस्पताल सञ्चालनमा आएपछि प्रदेश पाँच, कर्णाली प्रदेश र प्रदेश सातका क्यान्सरबाट पीडित विरामीहरुलाई उपचारका लागि भारत तथा चितवन जानु पर्ने बाध्यता टरेको छ । २०६५ साल माघ ११ गतेदेखि धनधान्यन्चल ज्ञानमहायज्ञबाट प्राप्त रकमले अस्पताल निर्माण कार्य सुरु गरिएको थियो । त्यसपछि सरकारले पनि बजेट उपलब्ध गराउन थालेपछि अस्पताल निर्माण सम्भव भएको हो । अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको अस्पतालका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताउनुभयो । चालू आर्थिक वर्षका लागि सरकारले थप १८ करोड बजेट छुट्याएको छ । अस्पतालमा दुई जना अंको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी लोकसेवा आयोगबाट पूर्ति गरेको प्रबन्ध निर्देशक डा. विश्वराम पौडेलले बताउनुभयो । क्यान्सर अस्पतालले थप ११ जना कर्मचारी ‘आउट सोर्सिङ’बाट भर्ना गरेको अस्पताल विकास समितिका अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो। अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक अपरेशन थियटर, एम्बुलेन्स लगायतका सेवा छन् ।
Advertisement