बाँकेका सबै स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा बन्द
प्रकाशित मिति : २०७५, ३ श्रावण बिहीबार ११:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
आकस्मिक सेवा दिदै चिकित्सक
राधा आचार्य, नेपालगञ्ज, ३ श्रावण। बाँकेका सबै स्वास्थ्य संस्थामा आज बहिरङ्ग बिभागका सेवाहरु बन्द गरिएको छ। नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका कारण बाँकेमा पनि सबै स्वास्थ्य संस्थाका आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारिएको हो। नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज नेपालगन्जले आपत्कालीन सेवा मात्र दिइरहेको छ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पतालमा समेत आस्कमिक सेवा मात्र प्रदान गरिएको छ। अस्पतालका बहिरङ्ग बिभाग बन्द भएपछि अस्पतालहरुमा सयौं बिरामीहरुको भिड लागेको छ। डा.गोबिन्द केसीको स्वास्थ्य रक्षाका साथै डा.केसीले उठाएका मागहरुको तत्काल कार्यान्वयन गर्नका लागि आज नेपालभरीका सबै अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको नेपाल चिकित्सक संघले जनाएको छ।
केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरेको संघले जानकारी दिएको छ ।
Advertisement
आकस्मिक सेवा दिदै चिकित्सक