‘मेरो सम्झनामा सुशील दा’
प्रकाशित मिति : २०७६, २८ श्रावण मंगलवार ०९:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वसन्त कुमार उपाध्याय।प्रजातन्त्रमा पनि समाजवादी धार नै मूल बाटो ठान्ने एउटा व्यक्तित्व, जसको जीवन अस्तव्यस्ततामै बित्यो। उनी थिए सुशील कोइराला। आज उनको जन्मदिन अर्थात् साउन २८ गते। १९९६मा आजकै दिन जन्मिएका थिए सुशील दा।
राजनीतिक दर्शन प्रजातान्त्रिक समाजवाद उनको जीवनपर्यन्त रह्यो। २०१० सालदेखि नै राजनीतिक गतिविधिमा लागेका उनी पार्टीभित्र ‘सुशील दा ’ भनेर लोकप्रिय थिए।
Advertisement
विराटनगरमा १९९६ सालमा जन्मिएका सुशील दाको कर्मथलो बन्यो पश्चिमको नेपालगन्ज। २०१५ सालको भद्र अवज्ञा आन्दोलनमा सक्रिय हुँदै राजनीतिक यात्रामा उनी अन्तिम स्वास फेर्दासम्म अविछिन्न लागिरहे। २०१७ सालमा प्रजातन्त्र मासिएपछि उनी पनि बिपी कोइरालाको परिवारसँगै भारत निर्वासन गए र करिब १६ वर्ष उतै बिताए।
अविवाहित सुशील दा यौन जीवनबारे खुलेर कम बोले पनि ‘मस्तमौलाना’ थिए। हाम्रो समाजमा अविवाहित र मृत्यु भइसकेका मानिसको विषयमा व्यक्त हुने धारणा रेडिमेड छ। तर उनी त्यो धारणाका विरुद्ध समाजलाई खडा गर्न सक्नुपर्छ भन्ने सुनाउँथे।
प्रजातन्त्रको आन्दोलनमा तरुण पत्रिका सम्पादन उनको एउटा उदाहरणीय काम रह्यो, जुन नेपाली काँग्रेसको मुखपत्र थियो। ०३६ को जनमत संग्रह, ०४२को सत्याग्रह, ०४६को जन आन्दोलन र ०६२–६३को जनआन्दोलनमा उनको भूमिका अग्रपंक्तिमा रह्यो। तर तत्कालीन माओवादीसँगको सम्झौतामा उनको बेग्लै अडान थियो। पुनस्र्थापित संसदमा त्यति ठूलो संख्याको माओवादी उपस्थिति उनलाई सहज लागेको थिएन। सभापति गिरिजाप्रसाद कोइरालासँग त्यही विषयमा लामो समय सम्बन्ध सुमधुर रहेन पनि। सुशील दाको तर्क थियो– माओवादीले कुनैबेला धोका दिन्छन्। आखिर भयो पनि त्यस्तै। यो कुरा पटक–पटक सुशील दाले अनौपचारिक कुराकानीमा उठाएको मैले सुनेको थिएँ। पहिलो राष्ट्रपति हुनबाट गिरिजाबाबुलाई रोकियो।
सोसलिस्ट इन्टरनेशनलको एक कुशल संवाहक थिए सुशील दा। जीवनमा पटक–पटक चुनाव हारेका उनले चुनावको अघिल्लो रातलाई ‘कत्ल की रात’ भनेर सम्बोधन गरेको धेरेपटक सुनेको थिएँ। चुनाव हार्नु र जित्नुलाई निकै सहज रुपमा लिने सुशील दाको सादगी उनको जीवनको महत्वपूर्ण पाटो थियो।
विभिन्न देशसँगको सम्बन्धमा निकै गम्भीर भएर बोल्ने सुशील दा भारतसँगको सम्बन्धमा निकै संवेदनशिल थिए। लामो समय भारत बसेको भए पनि पार्टी सभापति चुनिएपछि भारत भ्रमण जाँदा दिल्लीमा सम्बन्ध बनाइराख्नु बडो मुस्किल विषय भएको बताएको मलाई स्मरण छ।
खासगरी पहिलो संविधानसभा भंग भएपछि सुशील कोइरालाले संविधान निर्माणलाई एक सूत्रीय अभियानका रुपमा अघि बढाएका थिए।
एउटा गजबको प्रसंग छ। उतिबेला कान्तिपुर टिभीको कार्यक्रम फायरसाईडमा अन्तरर्वार्ता दिनुपर्ने भयो। धेरैले औपचारिक पोशाकमा जान भने। तर चप्पल लगाएर अन्तरर्वार्ता दिन उपस्थित भए उनी।
यात्राका दौरान थोरै खाना खान रुचाउने उनलाई सुकेको रातो खुर्सानीमा घ्यू राखेर खान खुबै मन पथ्र्यो आन्तरिक हवाइ यात्रामा मिलेसम्म प्राय प्लेनको अन्तिम सिटमा बस्न रुचाउँथे।
अविवाहित सुशील दा यौन जीवनबारे खुलेर कम बोले पनि ‘मस्तमौलाना’ थिए। हाम्रो समाजमा अविवाहित र मृत्यु भइसकेका मानिसको विषयमा व्यक्त हुने धारणा रेडिमेड छ। तर उनी त्यो धारणाका विरुद्ध समाजलाई खडा गर्न सक्नुपर्छ भन्ने सुनाउँथे। कहिलेकाहीँ आफू अव्यवस्थित भएकाले धेरै कुरा सहज नभएको बारम्बार सुनाउँथे। क्यान्सरले गर्दा उनलाई कतिपटक मुस्किलको बाटो गुज्रनु परेको थियो।
सुशील दा कार्यवाहक सभापति हुनु केही महिना पहिलेमात्रै मलाई केही विशेष काममा खटाइएको थियो। त्यो काम कुशलतापूर्वक सकेपछि म उनको नजरमा परें। सायद त्यो मेरो टेष्ट थियो। बुद्धनगर बस्दा म पनि आसपासकै क्षेत्रमा बस्थें। आवश्यक पर्दा उपस्थित हुन्थें, निवासमा।
२०७० सालको निर्वाचनको प्रचारका दौरान चितवनको कार्यक्रममा सुशील दाले भनेको कुराले निकै मन छोयो– ‘तिमीहरू त नयाँ पुस्ता हौ धेरै थाहा पनि नहोला आखिर मलाई किन बाँकेमा टाढाको ठान्छन्रु म नाजवाफ थिएँ। मैले जे गरे बाँकेबाटै गरें, जे दियो बाँकेले नै दियो, जे सकें बाँकेलाई नै गरें।’
एउटा वर्ग थियो बाँकेमा सुशील दा आफूहरूमाथि सकारात्मक नरहेको भन्ने सोच्ने। पछि घटनाक्रमले त्यो वर्ग र कोइरालाबीच लामो समयसम्म सम्बन्ध सुमधुर हुन सकेन। कतिले त पार्टी पनि छाडे। तर उनी अविछिन्न अघि बढिरहे।
२०६४को चुनाव हारेको मानसपटलमा ताजै थियो सुशील दाको। २०७०को चुनाव ताका सशंकित थिए। अक्सर उनलाई भेट्नेहरू चुनाव सहजै जितिन्छ भन्थे। सहज छैन केही क्षेत्रका खास केही परिवारलाई आफँै पुगेर कन्भिन्स गर्नुस् भन्ने मेरो सुझाव थियो। यस्तो सुझाव दिनेहरू निकै थोरै थियौं, तर थियौं। त्यति भनेलगत्तै त्यो साँझ त्रिभुवन चोक बजारमा मत माग्न निस्केका सुशील दाले आप्mना पुराना मित्र र शुभचिन्तकसमक्ष अन्तिम पटकका लागि भनेर भोट मागे।
२०७० को चुनावी अभियानका दौरान एक जोगीसँग भेट भयो। बाँकेको साँइ गाउँ हो जस्तो लाग्छ त्यो ठाउँ मलाई । सुशील दाले आप्mनो खल्ति छाम्दै जोगीलाई केही दक्षिणा दिन खोज्नुभयो। तर पैसा रहेनछ। म छेवैमा थिए। ‘वसन्त बाबु केही छ भने देउ त’ भनेपछि ५००को नोट दिएँ। अनि सोही समय एउटा फोटो लिएको थिएँ। पछि मैले सुशील दालाई भनें – यसपटक चुनाव हारे यिनकै पछि लाग्नु पर्ला है दा । सुशील दा अट्टहाँस गर्दै लामो हाँसो हाँसे।
लामो हाँसोमा साथ दिए भाइ डा।अरुण कोइरालाले।
अनि थपे– वसन्त बाबु बडो मन छुने कुरा गर्नु भयो।
एकछिनको हाँसोले चुनावको थकान मरेको अनुभव भयो।
नेपालगन्जको कोइराला निवासमा डा।कोइरालाको टेलिफोन कोठा, अनि छेउमा कृष्णमणि श्रेष्ठ पनि।
सुशील दाले सोधे– के यसपालि पनि न जितिएला तरु
‘हजुरलाई संशय भएर त चितवन पनि रोज्नुभयो अब हामीलाई सोध्नुहन्छ रु’ मैले उल्टै प्रतिप्रश्न गरें।
खोकी लागेका उनले दिक्षा दिदीले बनाएको हल्दीपानी पिउँदै भने– तिमीहरू यो राजनीतिमा नलाग है। आप्mनो करिअर सुरक्षित हुने बाटो रोज्नु। मेरो त अस्तव्यस्त जिन्दगीको आदत भइसक्यो।
२०७०को चुनावमा बाँकेमा सहानुभूति र वेटिङ प्राइममिनिस्टरका नाममा चुनाव जितेका थिए उनले, उता चितवनमा पनि चुनाव जिते।
सन् १९७३को प्लेन अपहरण गर्ने मध्येका एक सुशील दाले ३ वर्ष भारतीय जेलमा सजाय भोगेका थिए। सन् १९७९मा केन्द्रीय सदस्य बनेका सुशील दा १९९६मा महामन्त्री हुँदै १९९८ मा उपसभापति र २००८मा कार्यवाहक सभापति अनि २०१०मा सभापति भए। उनी बालुवाटारको किचन क्याबिनेटमा सधैं थिए। तर सरकारमा कहिल्यै गएनन्। जब गए सन् २०१४मा प्रधानमन्त्री नै भएर गए। २०४८, ०५६ र ०७०मा बाँकेबाट प्रतिनिधि सभा र संविधानसभा सदस्य चुनिएका थिए उनी।
देशको ३७ औं प्रधानमन्त्री भइसकेपछि सुशील दाले मलाई २ पटक बोलाए। एकपटक प्रभा भाउजुमार्फत् कल आएर म बालुवाटार पुगें।
अर्कोपटक हालका भारतीय विदेशमन्त्री एस।जयशंकर आउनै लाग्दा अपरिचित नम्बरबाट फोन आयो।
मैले हेल्लो भन्दा उताबाट जवाफ आयो– बालुवाटारबाट हो हजुर, तपाईंलाई भोलि ११ बजे प्रधानमन्त्रीज्यूले बोलाउनुभएको छ।
मैले धन्यवाद भनें ।
धर्ममा उति चाख नराख्ने सुशील दा पछिल्लो समय जोगी, योगी, सन्यासी र एक्लै जीवन बाँचिरहेकाहरुप्रति बडो चासो राख्थे। एकपटक चतराधाम कुम्भ मेलामा सँगै जाँदा पनि त्यो भाव पाएको थिएँ।
सत्तामा रहेका बेला सुशील दासँग कहिल्यै केही मागिएन, न त कुनै व्यक्तिगत कामका लागि गइयो। बुवालाई पण्डित जी भनेर सम्बोधन गर्ने सुशील दाले गरेको मप्रतिको त्यो विश्वासले मृत्युपर्यन्त पनि सम्मान अझैं बढेर जान्छ।
२०७२ माघ २६ गते भएको सुशील दाको मृत्यु रहस्यमय रह्यो। स्व। सुशील दाप्रति आज जन्म दिनमा हृदयदेखि भावपूर्ण श्रद्धाञ्जली।नेपालन्युजबाट।