बिजनेसमा रहेका समाचारहरु
काठमाडौँ , १३ चैत्र । पछिल्लो समय दाङ र बाग्लुङमा रहेको विमानस्थलमा उडान भरिएसँगै बन्द रहेका अन्य विमानस्थल पनि क्रमशः सञ्चालनमा आउने अपेक्षा छ । विभागीय मन्त्रीले समेत काठमाडौंको विमानस्थलमा कम भार पर्ने गरी उडान सञ्जाल विस्तार गरिने योजना सुनाएका छन् । तर, ठूला सहरमा रहेका विमानस्थलबाट नजिकका दूरीमा उडान भर्न पूर्वाधार नै बाधक बन्ने देखिन्छ । आन्तरिकतर्फ वैकल्पिक विमानस्थलको खोजी भइरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक...
काठमाडौँ, १२ चैत्र। गत वर्षात्को समयमा आएको बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा सञ्चालन गरिएको बाढीपीडित सहयोग कार्यक्रम समापन भएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चीन सरकारको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रमबाट तराईका सात जिल्लाका ३१ हजार ८०० घरपरिवारलाई स्वास्थ्य, सरसफाइ, सुधारिएको चुलो र ओढ्ने ओछ्याउने सामग्रीसहितको प्याकेज वितरण गरिएको थियो । सन् २०१७ को मध्य नोभेम्बरदेखि सन् २०१८ फेबु्रअरीसम्म तीन महिनाको अवधिमा बाढीपीडितको पहिचानदेखि राहत सामग्री वितरणसम्मको कार्य सम्पन्न भएको...
नेपालगञ्ज, १० चैत्र। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा संस्थागत विद्यालयको शु्ल्कमा एकरुपताको पहल गरिएको छ । वडा न २० का अध्यक्ष कृष्ण कार्कीले वडामा संचालित संस्थागत विद्यालयको शु्ल्कमा एकरुपता ल्याउने औपचारिक प्रक्रियाको शुरुवात गर्नु भएको छ । संस्थागत विद्यालयको शुल्कमा एकरुपता ल्याउन वडा अध्यक्ष कार्कीले ३ दिन अघि पनि संस्थागत विद्यालयका संचालकसँग छलफल गर्नु भएको थियो । आज शनिबार वडा अध्यक्ष कार्कीको अध्यक्षतामा बसेको संस्थागत विद्यालय संचालकहरुको बैठकले शुल्क लगायतका...
नेपालगन्ज,१० चैत्र । केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई यात्रापछि सुर्खेत पुगिन्छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन विकासका लागि प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको थियो । छलफलमा सहभागी हवाई सेवा प्रदायक कम्पनीका...
वीरगञ्ज, ६ चैत्र । मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्दा सतर्क हुने भएकाले नाम गोप्य राखिएको बताउनुभयो । उहाँले पक्राउ परेका व्यक्तिसँग बयान...
धनुषा, ६ चैत । बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ...
बैतडी, ३ चैत । प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताएका छन् । आज बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताए । ‘सरकार गठन भएको एक महिनामात्रै भएकाले अहिलेनै सबै कुरा हुन सकेका छैनन्,’ उनले भने, ‘अबको केही वर्षभित्रै सबैले रोजगारी पाउँछन् ।’ मदिराका कारण ७ नं प्रदेशमा महिला तथा बालबालिका पीडित भएको गुनासो...
नेपालगन्ज,१ चैत्र। बाँकेको डुडुवा गाँउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्न सुरु गरेको जनाएको छ । प्रदेश सरकारले गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पारिश्रमिक दिने निर्णय गरेपछि वडासदस्यहरुले आफुहरुले पनि पारिश्रमिक पाउनुपर्ने भन्दै दवाव मुलक कार्यक्रम सुरु गरेका थिए । डुडुवा गाउँपालिका बाँकेले गाउँपालिकाका वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको सेवा सुविधासहितको पारश्रमिकका लागि पहल गरेको जनाएको छ । गाउँ कार्यपालिकाको हालै बसेको बैठकले वडा सदस्यहरुको पारिश्रमिकका विषयमा केन्द्र र प्रदेश सरकारसंग माग...
काठमाडौं ,१चैत्र ।फागुन २८ गते सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ । विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ । ७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान...
नेपालगञ्ज, फागुन २८ । कान्तिपुर कलेक्सनले आजदेखि मिनि स्वरुम सञ्चालनमा ल्याएको छ । नेपालगन्ज घरबारीटोलस्थित कान्तिपुर कलेक्सनले आजदेखि मिनि स्वरुम सञ्चालनमा ल्याएको छ । आफ्नो न्यू ब्राण्डका रुपमा लाइफ स्टाइल मिनि स्वरुम सञ्चालनमा ल्याइएको सञ्चालक विमल ढकालले बताउनुभयो । सो स्वरुमको एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिका–२ का वडा अध्यक्ष सुनिलसिंह हमाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र संघका नेपालगन्ज अध्यक्ष नन्दलाल बैश्यले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । युवापुस्तालाई लक्षित...