बिजनेसमा रहेका समाचारहरु

दुई वटा सिँचाइ आयोजनाको निर्माण शुरु

 कपिलवस्तु, १९ चैत्र।कपिलवस्तु नगरपालिकामा एकै पटक दुई सिँचाइ आयोजनाको निर्माण शुरु भएको छ । कपिलवस्तु नगरपालिका–२ मा लम्तीय सिँचाइ आयोजना र नगरपालिका–८ मा दोहनी सिँचाइ आयोजनाको निर्माण शुरु भएको हो । सिँचाइ विकास डिभिजनअनुसार लम्तीयामा रु आठ करोड ७४ लाख र दोहनीमा रु नौ करोड ९१ लाखको आयोजना निर्माण हुँदैछ । दुवै सिँचाइ आयोजनाको शिलान्यास गर्दै पूर्वसिँचाइ राज्यमन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले आयोजनाले कृषकलाई ठुलो फाइदा पुग्ने...

जाजरकोटमा बैशाख १ देखि आर्थिक गणना शुरु हुँदै

जाजरकोट, १८ चैत्र। आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो । आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको छ । २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी वैशाख १ देखि गणक फिल्डमा खटाइने तयारी गरिएको आर्थिक गणना कार्यालय जाजरकोटका आर्थिक गणना अधिकृत जनक...

धनगढी प्रिमियर लिग (डिपिएल) आजदेखि शुरु

धनगढी, १७ चैत ।  आज देखि धनगढीमा धनगढी प्रिमियर लिग (डिपिएल) शुरु हुुदै छ। उद्घाटन खेलमा साबिक विजेता टीम धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन्। डिपिएल दोस्रो संस्करणको पुर्वसन्ध्यामा शुक्रवार विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ।  खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार आयोजकले ट्रफी सार्वजनिक गरेको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभागी ६ वटै टीमका कप्तानहरुले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे। डिपिएल ट्रफी सार्वजनिक गर्दै आयोजक अध्यक्ष...

अर्थमन्त्रीको श्वेतपत्रले दर्शायो भयावह वित्तीय अवस्था !

काठमाडौं, १६ चैत । सरकारले प्रतिवर्ष आमनागरिकको प्रतिव्यक्ति आय उकास्दै लगिने, पाँच वर्षमा देशको कायापलट नै भएको अनुभूति गराउने जस्ता प्रतिबद्धता लिएको छ, तर अर्थमन्त्री डा. युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै आज संसदमा प्रतुत गर्नुभएको मुलुकको अर्थ-चित्रले भने सरकारको प्रतिबद्धतामाथि नै चुनौती खडा गर्ने देखिएको छ । अर्थमन्त्री डा. खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइपूर्ण र अर्थतन्त्र चुनौतीपूर्ण रहेको...

मदिराको कारोबारसम्बन्धी कार्यविधि निर्माण

कञ्चनपुर, १५ चैत । भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ । नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानूनी व्यवस्था गरेको छ । भीमदत्त नगरपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि– २०७४ मा कारबाही सम्बन्धी यस्तो व्यवस्था गरेको हो । कार्य विधिमा मदिरा सेवन गरी अशान्ति फैलाउने कार्यमा संलग्न व्यक्तिलाई पनि जरिवानाको...

प्रदेश सरकार चलाउन ‘महाभारत’

काठमाडौं, १५ चैत । मुलुक सङ्घीयतामा गएपछि प्रदेश सरकार सञ्चालनमा खर्चको व्यवस्थापन मिलाउन सरकारलाई ठूलो सकस भएको छ । प्रदेशका मुख्यमन्त्रीहरूले केन्द्रीय सरकारबाट आवश्यकताबमोजिमको रकम विनियोजन नहुँदा काम गर्न नसकिएको गुनासो गर्न थालेका छन् । अर्थ मन्त्रालयले चुनाव सकिएलगत्तै ७ वटा प्रदेश सञ्चालनका लागि करिब ८० अर्ब खर्च चाहिने विवरण सार्वजनिक गरेको थियो । तर, अहिले सबै प्रदेशमा सरकार गठन भइसकेपछि खर्चको मापन बढेर एक खर्बभन्दा बढी लाग्ने अनुमान अर्थ...

राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगञ्ज,१४ चैत्र। नेपालगञ्जस्थित राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा आज बुधबार बसेको सर्वदलीय वैठकले राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसँग अनुरोध गरेको छ । उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनीधी, सम्वद्ध निकायका अधिकारी, नागरिक समाजका अगुवा सहितकोे वैठकले राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न...

लमहीको हर्दवामा आगलागी हुदा लाखौको क्षति

श्रीराम दहित/ दाङ्ग,१४ चैत्र।लमही  नगरपालिका वडा नम्बर ९ हर्दवा मा आज  दिउँसो करिब १ बजेको समयमा  आगलागी हुँदा खाद्यान्न,लत्ताकपडा ,धनमाल तथा नगदसहित लाखौंको क्षति भएको छ । घरमुली तिर्थराज कवर घरमा नभएको समयमा आगलागी हुँदा कसरी भयो थाहा हुन नसके पनि केटाकेटी बाट हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । कवरको तीन वटा घर गोठ जलेर पुर्ण रूपमा नस्ट भएको गंगा घर्तीले जानकारी दिनु भएको छ ।सशस्त्र सिमा सुरक्षा बल चेक...

चितवनमा दमकल अभाब

चितवन, १३ चैत्र। सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ । भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र रेग्मीका अनुसार एउटा दमकल छ महिनादेखि थन्किएको छ भने अर्को आइतबार साँझदेखि बिग्रिएको हो । छ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको पाँच हजार लिटर क्षमताको दमकलको क्लज सिलिण्डरमा समस्या देखिएको छ जसको पार्टपुर्जा पाउन...

नेपालगञ्जलाई औद्योगिक र पर्यटन कोरिडोरको रुपमा विकास गर्नुपर्छःअध्यक्ष राणा

अर्पणा योगी/नेपालगन्ज, १३ चैत्र  । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मुलुकको एकल एजेण्डा आर्थिक विकास नै भएकाले सबैको प्रयास अब मुलुकको समृद्धि नै हुनुपर्ने बताउनुभएको छ । महासंघले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले जनताले देखेको विकास र सृमद्धिको सपनालाई साकार पार्ने जिम्मेवारी सबैको काँधमा आएको बताउनुभयो । महासंघले मुलुकलाई आर्थिक समृद्धिको एक सुत्रीय अभियानमा लैजाने आफ्नो अथक प्रयासलाई अघि बढाईसकेको भन्दै उहाँले प्रदेश च्याप्टरहरु मार्फत् पनि...