पत्रपत्रिकाबाटमा रहेका समाचारहरु
नेपालगन्ज । निर्वाचन आयोगले एक महिनामा करिब १२ लाख मतदाता थपिएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आयोगले १ साउनबाट एक महिनासम्म देशैभर मतदाता नामावली संकलन थालेको थियो। यसअघि एक करोड ४० लाख मतदाता थिए। नयाँ मतदातासहित देशभर मतदाताको संख्या एक करोड ५२ लाख पुगेको छ। आयोगले देशभर करिब आठ सय स्थानबाट एक महिनासम्म एकैसाथ फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो। ७४४ स्थानीय तहको केन्द्र, हरेक जिल्ला...
नेपालगन्ज । दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को व्यावसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेग्मीले ‘अस्वाभाविक’ अडान राख्दा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ। ३६ हजार फौज रहेको संगठनका जवान तथा जुनियर अधिकृतहरू यतिबेला तराईका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्। यो खबर सुवास गोतामेले आजको अन्निपूर्णमा लेखेका छन्। सशस्त्रको साधारण समूह (इन्फेन्ट्री) का डीएसपीद्वय दीपेन्द्र कुँवर र पूर्णबहादुर साउदलाई सचिव रेग्मीले सार्वजनिक वित्तीय व्यवस्थापन तालिममा पठाउने...
नेपालगन्ज । कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ। यसबाट ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघा जमिनमा लगाइएको धानबाली सखाप भएको छ। यो खबर विकास थापा/मनोहर पोखरेलले आजको अन्नपूर्णमा लेखेका छन्। भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म) राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोसीको पानी नेपाली भूभागमा छिरेको हो। यी जलद्वारबाट केही वर्षअघिसम्म...
नेपालगन्ज । भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन्। यो खबर यम विरहीले आजको अन्नपूर्णमा लेखेका छन्। सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको करिब चारवर्षे कार्यकालमा अकुत सम्पत्तिमा १७ कर्मचारी र दुई राजनीतिकर्मीमाथि छानबिन भएको छ। अकुतको कारबाहीका लागि अख्तियारले राजनीतिक तहमा हात हाल्न असफल भएको छ। कार्की प्रमुख...
नेपालगन्ज । छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआईजी हुन् । तर, यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन्। यो खबर आजको नागरिकमा छापिएको छ। काठमाडौं परिसरमा रहेका प्रधुम्न कार्की बढुवा भएर एसएसपी भए। उनी पनि एसएसपीको फूली लगाएर एसपीको काम गरिरहेका छन्। एसएसपी प्रमुख हुने महानगरीय...
नेपालगन्ज । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। ग्राहकले समय समयमा आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने पनि खाता निष्क्रिय हुँदैन । पैसा जम्मा गरेको १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको...
नेपालगन्ज । २३ दिनदेखिको अनशरत डा. गोविन्द केसीका माागबारे वार्ता गर्न १९ दिनदेखि काम गर्दा पनि सरकारी समितिले ठोस निकास दिन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष ‘हस्तक्षेप’ गरेर सुखद निष्कर्षतिर पुर्याएका छन्। यो खबर दीपक दाहालले आजको नागरिकमा लेखेका छन्। तीनपटकसम्म उच्च स्तरीय बैठक बस्दा र प्रमुख प्रतिपक्षसँग आग्रह गर्दा पनि निकास निस्किन नसेको अवस्थामा देउवाले पछिल्ला २४ घण्टामा ठोस प्रस्तावसहित केसी पक्षसँग सीधै सम्पर्कमा रहेर टुंगोमा पुर्याए। देउवाले डा. केसीले उठाएका...
नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन्। यो खबर सुरेन्द्र काफ्लेले आजको अन्नपूर्णमा लेखेका छन्। नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन्। पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे । सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन...
नेपालगन्ज । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन्। डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन। आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे। नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए। तर, बाढीपीडितको उद्धार हुन सकेन। यो खबर आजको नागरिकमा छापिएको छ। बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन्। उनीहरु ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन्। स्थानीय रामबहादुर चौधरीले हेलिकोप्टरलाई हात हल्लाएर उद्धार गर्न संकेत...
नेपालगन्ज । पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्मै आएपछि शनिबार देशैभर भीषण वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले न्यून चापीय रेखा औसतभन्दा बढी उत्तरतिर सरेकाले शुक्रबारदेखि नै देशैभर ‘अस्वाभाविक’ वर्षा भएको बताए। ‘मनसुन चाहेभन्दा बढी सक्रिय भएको अवस्था हो यो,’ रिमालले शनिबार कान्तिपुरसँग भने, ‘सोमबार बेलुकीसम्म मुलुकका धेरै भागमा भीषण वर्षा हुने देखिन्छ।’ यो खबर अब्दुल्लाह मियाँले आजको कान्तिपुरमा लेखेक छन्। सामान्यतया...