पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

कानुन मिचेर सवारीसाधानमा ‘इम्बोस्ड’

नेपालगन्ज । सरकारले संविधानको भावनाविपरित सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड’ प्लेट नम्बर अञ्चलकै संरचनामा कार्यान्वयनमा ल्याएको छ । मुलुक संघीय (प्रादेशिक) संरचनामा जाने निश्चित हुँदाहुँदै यातायात व्यवस्था विभागले ‘चोरबाटो’ बाट अञ्चलकै नाममा इम्बोस्ड प्लेट नम्बर सञ्चालनमा ल्याएको हो । २०७२ असोजमा जारी संविधानमा २०७४ माघभित्र केन्द्र तथा प्रदेशसभाको निर्वाचन अनिवार्य गरेको छ । यो निर्वाचनपछि मुलुक पूर्णतः संघीयतामा जानेछ । यो खबर हिमाल लम्सालले आजको नागरिकमा लेखेका छन्। संविधान अनुसार मुलक संघीयतामा...

प्रस्तावित संघीय संरचनामा प्रहरीको असन्तुष्टि

नेपालगन्ज । गृह मन्त्रालयले प्रस्ताव गरेको प्रहरीको संघीय संरचनाको प्रस्तावप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ । संघीय प्रहरीको प्रमुखमा महानिरीक्षक तथा प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त महानिरीक्षक राख्ने प्रस्ताव अघि बढाएकामा प्रहरीले असन्तुष्टि जनाएको हो । यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्। प्रहरीले संघीय प्रहरीको प्रमुखमा महानिर्देशक तथा प्रदेश प्रहरीको प्रमुखमा महानिरीक्षक राख्न सुझाब दिएको थियो । तर, गृहले बनाएको मस्यौदामा महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको प्रस्ताव छ । जसले...

प्रहरीमा दोहोरो ‘चेन अफ कमान्ड’

नेपालगन्ज । न्यूनतम तयारीविनै प्रदेश र संघीय प्रहरी एकाइ बनाउँदा प्रहरीमा दोहोरो चेन अफ कमान्ड सिर्जना भएको छ।एउटै संघीय प्रहरी एकाइ इन्चार्ज (एसएसपी)ले दुई वटा प्रदेश प्रमुख (एआईजी) लाई रिपोर्टिङ गर्नुपर्ने अवस्था उत्पन्न हुने भएको छ। साथै, एकाइ इन्चार्ज परिचालन र कार्यसम्पादन मूल्यांकन कुन प्रदेशका इन्चार्जले गर्नेमा पनि विवाद सिर्जना हुने देखिन्छ। यो खबर सुवास गोतामेले आजको अन्नपूर्णमा लेखेका छन्। संघीय प्रहरी एकाइ नारायणी, जनकपुर, लुम्बिनी, भेरी र सगरमाथाले दोहोरो चेन...

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा, आन्तरिक परीक्षामै धमाधम फेल

नेपालगन्ज । नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउरा चपाएसरह बनेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि अनुत्तीर्ण हुनेको संख्या ह्वात्तै बढेको छ । नेपालको संविधान २०७२ ले निजामति सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत ९८ वटा संगठित संस्थामा...

प्रदेश र केन्द्रको क्षेत्र निर्धारण : प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० क्षेत्र

नेपालगन्ज । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । २१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण गर्न नसकेपछि आयोगले थपिएको १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो । आयोगका अनुसार प्रतिवेदन मंगलबारभित्र सरकारलाई बुझाइसकिनेछ । आयोगले प्रदेश सभाका लागि ३३० र प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र निर्धारण गरेको छ । हरेक जिल्लाको निर्वाचन सीमा निर्धारण गरी नक्सासहितको प्रतिवेदन तयार भइरहेको छ । आजको नयाँपत्रिकामा खबर छापएिको छ। आयोगले...

सचिवहरूको तलब मन्त्रीभन्दा धेरै

नेपालगन्ज । संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको छ । अन्नपूर्णलाई प्राप्त मस्यौदाअनुसार संसदको महासचिवले मासिक न्यूनतम एक लाख एक लाख १७ हजार रुपैयाँ र सचिवले तलबभत्ता मात्र मासिक ९० हजार रुपैयाँभन्दा बढी प्राप्त गर्ने उल्लेख छ । महासचिव र सचिवका तलब, भत्ताबाहेक फर्निचर र पोशकभत्ता (एकमुष्ठ)...

हतियारको साढे २ अर्ब मिनाहा गर्न भारत मानेन

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे । भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरे । तर, मोदीले स्पष्ट जवाफ दिएनन् । भारतले यो प्रस्ताव स्वीकार नगरेको अर्थमा नेपालले बुझेको छ।अाजकाे नयापत्रिकामा खबर छापिएकाे छ। हैदराबाद हाउसमा दुवै पक्षका १८–१८...

प्रधानमन्त्रीका रूपमा देउवा भारत कहिले-कहिले गए, के के भयो?

काठमाडौं । पाँच दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा आज (बुधबार) नयाँदिल्ली जाँदैंछन्। यसअघि प्रधानमन्त्रीको रूपमा देउवाले भारत गएर के के गरे भन्ने विषयमा पर्शुराम काफ्लेले आजको नयाँ पत्रिकामा लेखेका छन्। पहिलो, पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सात दिने औपचारिक भ्रमण गरेका थिए। तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१ बुँदे संयुक्त समझदारीपत्र भएको थियो। त्यसअघि भएको महाकाली सन्धीको शीघ्र कार्यान्वयन...

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग कुरा गर्न किन डराउने?

नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन्। सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध/तटबन्धका कारण तराई/मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख-कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग यस्तो असन्तुष्टि पोखेकी हुन्। यो खबर चिरन्जीबी ढुंगनाले आजको अन्नपूर्णमा लेखेका छन्। आफूसँग परामर्शका लागि शनिबार बिहान शीतलनिवास आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी...

सात प्रदेशमा सात एआइजी खटाउने तयारी

नेपालगन्ज । सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई खटाउने भएको छ। प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर प्रदेशमा पठाउन लागिएको हो। दुई साताअघि बढुवा भएका एआइजीहरूलाई अहिलेसम्म पदस्थापन गरिएको छैन। उनीहरूलाई प्रदेशमै पठाउने तयारी भइरहेको गृहमन्त्री जनार्दन शर्माका सल्लाहकार सुरेन्द्रबहादुर शाहले बताए। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्। संघीय प्रहरी ऐनविनै प्रहरीलाई संघीय संरचनामा खटाउँदा समस्या सिर्जना हुनसक्ने भन्दै धेरै...