स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

खजुरा घटनाको बिरोधमा तरुण दल बाँकेले दुई घन्टा चक्काजामसहित नेपालगन्जमा गर्यो बिरोध प्रदर्शन

नेपालगञ्ज । खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आज पनि नेपालगञ्जमा तरुण दलले २ घन्टा चक्काजाम सहित  विरोध प्रदर्शन गरेको छ ।  तरुण दल बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली बिपि चोक हुँदै  धम्बोझी  पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै  तरुण युवा तथा कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका थिए । कोणसभामा बोल्ने...

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

इन्द्रेणी फिजीयोकेयरले नेपालगञ्जमा विशेष सेवासहितको सुविधा प्रदान गर्दै

नेपालगञ्ज । नेपालगञ्ज सुर्खेतरोडस्थित इन्दे्रणी फिजीयोकेयर एण्ड ल्याब्रोटरी सेन्टरले विशेष सेवासहितका सुविधा प्रदान गर्ने भएको छ । एउटै छानामुनी विशेषज्ञ चिकीत्सकद्धारा उचित स्वास्थ्य परामर्श तथा परिक्षण र ल्याव परिक्षण लगायतका सेवा दिइने भएको छ । सेवा प्रारम्भ गरेको अवसरमा असोज ५ गते सम्म सबैका लागि निशुल्क सुगर जाँच तथा ब्लड गु्रप जाँच गरिने छ । जेष्ठ नागरिक, विद्यार्थी र पत्रकारहरुका लागि दशैंसम्म सुगर जाँच तथा ब्लड गु्रप जाँचमा ५०...

नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको शहरी विकास मन्त्री राईद्वारा उद्घाटन

(नरैनापुर) बाँके। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नरैनापुरलाई हुलाकी सहरका रुपमा विकास गरिने बताउनुभएको छ। बाँकेको नरैनापुरमा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज(शुक्रबार) उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० बर्षभित्र हुलाकी सहरका रुपमा विकास गर्न प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याइने बताउनुभयो । गएको आर्थिक बर्षमा नरैनापुरका ३ सय घरलाई फुसरहित बनाउन बजेट आएको बताउँदै मन्त्री राईले अबको तीन बर्षभित्र सबै घरलाई फुसरहित...

बाँकेका चार नर्सिङ कलेज अस्पताल बिहिन सन्चालनमा

नेपालगन्ज  । सरकारले नर्सिङ कलेजलाई अस्पताल निर्माणका लागि २०७४ असोज मसान्तसम्मको समय दिएको थियो । तर, कलेजले सरकारको उक्त निर्णयलाई बेवास्ता गर्दै अस्पताल निर्माणमा अटेरी गर्दै आइरहेका छन् । सरकारले दिएको अन्तिम समय सीमा सकिएर पनि दुई वर्ष पूरा हुन एक महीनामात्रै बाँकी छ। अझै पनि बाँकेका चार वटा नर्सिङ कलेजका आफ्नै अस्पताल छैनन् । नेपालगन्जमा रहेका भेरी कलेज अफ मेडिकल साइन्स, भेरी नर्सिङ कलेज, मध्यपश्चिम टेक्निकल स्कुल र सुष्मा...

कांग्रेसका सांसदले मागे स्वास्थ्य मन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् । ‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ रु अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’ उनले भने ‘रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग...

डुडुवा गाउँपालिकाले डेंगु संक्रमणबाट बच्न सुरु गर्यो औषधी छराई अभियान

डुडुवा गाउँपालिका/ बाँके । बाँकेमा पनि डेंगुको संक्रमण देखिएपछि स्थानिय तहले सतर्कता अपनाउन सुरु गरेका छन् । स्थानीय तह मध्य डुडुवा गाउँपालिकाले डेंगु नियन्त्रणका लागि गाउँपालिका भित्र पर्ने टोल टोली र गाउँहरुमा डेंगुबाट बच्न किटनाशक औषधि छर्ने कार्यको शुरूवात गरेको छ । गाउँपालिकाले वडा नम्बर १,४,५ र ६ मा औषधी छर्ने कार्य सकेको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने,”डेंगुबाट बच्न गाउँपालिकाले यो अभियान थालनी गरेको छ, आशा छ यसबाट...

बाँकेका अस्पतालहरुमा २३ जना डेंगु विरामी देखिए

नेपालगञ्ज । बाँकेका बिभिन्न अस्पतालमा उपचारत २३ जना विरामीमा डेंगुको संक्रमण देखिएको छ । देशभर डेंगुको संक्रमण देखिरहेका बेला बाँकेमा पनि डेंगुको संक्रमण देखिएको हो । भेरी अस्पतालका अनुसार हालसम्म ७ जना बिरामीमा डेंगुको संक्रमण देखिएको र यो क्रम बढ्दो छ । अस्पतालका अनुसार डेंगुका बिरामी मध्ये कैलालीका १, बर्दियाका २, बाँकेका ४ गरी ७ जनामा डेंगुको संक्रमण देखिएको छ । भेरी अस्पतालमा हालसम्म ७ जना डेंगुका बिरामी भर्ना भएर उपचार...

लागुऔषध तस्करीको नयाँ आइडिया

नेपालगन्ज ।गत जेठमा बाँकेको नरैनापुर गाउँपालिकामा एकजना भारतीयलाई चरेससहित नेपाल प्रहरीले पक्राउ गर्‍यो। करिब ३ किलो ७ सय १४ ग्राम चरेस बोकेर उनी नेपाल छिरेका थिए। शुक्रबार गाउँमा लाग्ने हाट बजारबाट प्रहरीले उनलाई पक्राउ गरेपछि भारतीय पक्षले चौकी नै घेरा हाले। त्यो भिड नियन्त्रणका लागि प्रहरीले केही राउन्ड फायर नै गर्नुपर्‍यो। यो भारतीय सिमानाको नेपाली गाउँ हो। यहाँ हरेक साताजसो हाटबजार लाग्छ र, त्यहाँ किनमेल गर्ने धेरैजसो नेपाली हुन्छन्। तर, हाटबजारका...

बाँके ट्राफिकले राजमार्गमै गर्यो १६० चालकहरुको स्वास्थ्य परिक्षण

कोहलपुर । बाँकेमा सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा बैजनाथ गाउँपालिकाको सम्झनामा सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको हो। जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार पुर्ब देखि पश्चिम् र पश्चिम देखि पुर्ब तर्फ जाने गाडीका १६० जना चालकहरुको स्वास्थ्य जाँच गरिएको हो। दुर्घटना न्यूनिकरणका लागि बाँके ट्राफिकले सबैभन्दा पहिला चालकले स्वास्थ्य भएर गाडी चलाउन अनुरोध समेत गरेको छ। ट्राफिक प्रहरीले...