मुख्य खवरमा रहेका समाचारहरु

कोहलपुर प्रहरीले पक्राउ गर्यो ८ जना जुवाडे

(बाँके )कोहलपुर ।  जुवातास खेलिरहेका ८ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयले  बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।उनका अनुसार, उनीहरुलाई जुवाखालसहित ९० हजार रूपैयाँभन्दा बढी रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । ...

आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन

नेपालगन्ज । आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार...

कृष्णबहादुर महरालाई बलात्कार प्रयास अभियोगमा ५बर्ष जेल सजाय हुन सक्ने

काठमाडौं ।निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्छ।मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ।जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ। यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय...

महराविरुद्ध प्रहरीमा उजुरी, पक्राउ पर्ने सम्भावना बढ्यो
"गृहमन्त्रीले भने– अनुसन्धान गर्नुस्, डराउनु पर्दैन "

काठमाडौं : तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी छन् । पटक–पटक बयान परिवर्तन गरिरहेकी शाहीले शुक्रवार महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् । रोशनीको जाहेरी दर्ता नभएकाले प्रहरी अधिकारीले आधिकारिक रुपमा यसबारे जानकारी दिइरहेका छैनन् तर रोशनीले प्रहरीमा जाहेरी भने बुझाइसकेकी छन् । रोशनीले हाम्राकुरा डटकमसँग कुरा गर्दै महराले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् । जसका कारण महराले सभामुख...

मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जको आधुनिक बसपार्क र नगर बसको उद्घाटन
"मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जमा भइरहेको विकासको मुक्तकण्ठले प्रशंसा "

नेपालगन्ज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जले गरिरहेको विकासको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । आज नेपालगन्जको आधुनिक बसपार्क र नगर बसको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधि आइसकेपछि नेपालगन्जले पकडेको विकासको लयदेखि आफू खुसी भएको बताउनुभयो । ‘केही भएको छैन भन्ने मनोगत व्याख्या नगरौं, नेपालगन्जको विकास निकै दु्रत गतिमा भइरहेको छ, दुई बर्ष अघिको नेपालगन्ज र अहिलेको नेपालगन्जमा निकै फरक भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘निराशाबादी नबनौं….मुलुकका अन्य स्थानीय...

बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

सिन्धुली : विपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट सिरहातर्फ जादै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा अन्य ५ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर शिंहले जानकारी दिए । ...

बडादसैँको शुभकामना !
"बागेश्वरी पोष्ट परिवारका तर्फबाट हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं सहकर्मी सबैलाई बडादसैँ, २०७६ को हार्दिक मङ्गलमय शुभकामना ! "

...

महरालाई पक्राउ नगर्न चर्को दबाब, प्रहरी अलमलमा

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो।’ महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डकै सुझावमा महराले...

सशस्त्र प्रहरीले वडादसैंमा निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले दसैंको अवसरमा तीन दिनसम्म काठमाडौं उपत्यकामा नि:शुल्क बस सञ्‍चालनमा ल्याउने भएको छ । सशस्त्रले उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्‍चालन गर्ने जनाएको छ। दसैंमा सार्वजनिक यातायात न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवागमनमा सहजता होस भनेर सशस्त्रले निःशुल्क बस सञ्‍चालन गर्न लागिएको जानकारी दिएको छ। एउटा बस सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्केर ठूलो भर्‍याङ, बनस्थली, वालाजुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्ने...

कृष्णबहादुर महरा अझै ‘माननिय’ ! पद जोगाउन कसरत

काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए । महरा अझै नेकपा सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक...