सशस्त्र प्रहरीले वडादसैंमा निःशुल्क बस सञ्चालन गर्ने
प्रकाशित मिति : २०७६, १८ आश्विन शनिबार १०:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
दसैंमा सार्वजनिक यातायात न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवागमनमा सहजता होस भनेर सशस्त्रले निःशुल्क बस सञ्चालन गर्न लागिएको जानकारी दिएको छ।
एउटा बस सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्केर ठूलो भर्याङ, बनस्थली, वालाजुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्ने छ भने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाईला, कलंकी, बल्खुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा दिने छ।
त्यसरी सञ्चालन गरिने बसले नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि सेवा दिन सुरु गर्ने छन्।