नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

चितुवाको छालासहित नेपालगन्ज बसपार्कबाट दुईजना पक्राउ

नेपालगन्ज । नेपालगन्ज बसपार्कबाट  चितुवाको छालासहित प्रहरीले आज दुईजनालाई  पक्राउ गरेको छ। प्रदेश नम्बर पाँचको अपराध अनुसन्धान ब्यूरोको टोलीले केहीबेर अगाडि बसपार्कको एक होटेलबाट एक थान चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान ब्यूरोका इन्चार्ज प्रहरी निरीक्षक बोधराज रेग्मीको नेत्तृवमा भएको टोलिले उनीलाई पक्राउ गरेको बताइएको छ। चितुवाको छालासहित पक्राउ पर्नेमा रोल्पा लिवाङ नगरपालिका १ का चन्द्र बहादुर घर्ती र सोही जिल्ला शुनिल स्मृती गाउँपालिकाका २ का आइते विष्ट...

बाँके जिल्ला अदालतले जरिवाना वापतको तीन करोडबढी असुल्न बाँकी

नेपालगन्ज । बाँके जिल्ला  अदालत बाँकेले ६५ वर्षअघि २०१० साल जेठ १८ गते बेलहरी बनियागाउँका शिवप्रसाद गोडियालाई ६ बर्षको कैद सजाय र ५ सय २४ रूपैयाँ ८० पैसा जरिवाना सुनाएको थियो । २०१२ असार २७ गते रामलाल गोडियालाई ६ बर्ष कैद र २ सय ३० रूपैयाँ ४० पैसा जरिवाना सहितको फैसला पनि उक्त अदालतबाट गरेको रेकर्डमा छ । बाँके नेपालगन्ज–१४ बाँकेबगियाका श्यामलाल गोडियालाई पनि सोही अदालतले २०२० असार २० मा ३४...

अन्तर व्यवसायी फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि

नेपालगन्ज । नेपालगन्जमा प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।जुमा स्पोर्टस् क्लवको आयोजनामा हुन लागेको अन्तरव्यवसायी फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । खेलकुदको माध्यमबाट व्यक्ति शारीरिक रुपले स्वस्थ रहने र स्वस्थ नागरिकले जिवनका हरेक क्रियाकलापमा विकास गर्न सक्ने भएको हुनाले हरेक नागरिक खेलकुद प्रति लाग्न पर्ने जरुरी रहेको आयोजक समितिका संयोजक भिम बहादुर रानाभाटले जानकारी गराए ।उद्योगी व्यवसायीहरुको खेलप्रतिको अभिरुचीलाई निरन्तरता दिदै यसलाई अझै संस्थागत...

नेपालगन्ज उपमहानगर वडा न १० मा पत्रकारिता तथा उदघोषण तालिम

नेपालगन्ज : नेपालगन्ज  उपमहानगरपालिका वडा न १० वडा समितिको कार्यालयले दुई दिने आधारभुत पत्रकारिता तथा उदघोषण तालिम सञ्चालन गरेको छ । वडाका बाल क्लवमा आवद्ध र विद्यालयमा अध्यनरत किशोर किशोरी तथा महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो। ४५ जना सहभागी तालिममा सञ्चार, पत्रकारिताका विविध विधा, समाचार लेखन, उदघोषण कला आदि विषयमा प्रशिक्षक शुक्रऋषि चौलागाई र नवीन गीरिले सहजीकरण गर्नुहुने भएको छ । तालिमको उदघाटन गर्दै वडा अध्यक्ष विन्दुभुषण बस्नेतले पत्रकारिता र...

मन्त्री राईद्धारा नेपालगन्जमा तीन ठुला आयोजनाको शिलान्यास

नेपालगन्ज । गृह जिल्ला नेपालगन्ज आउनुभएका शहरी विकास मन्त्री महोम्मद ईस्तियाक राईले आज नेपालगन्जका तीन वटा ठुला आयोजनाको शिलान्यास गर्नुभएको छ । मन्त्री राईले नेपालगन्ज १४ स्थित भवानीयापुरको सभा हल, धम्बोजीस्थित वाटरपार्क बाल उद्यान र भृकृटीनगर जनस्वास्थ्य हुँदै कोरियनपुर जोड्ने सडकको शिलान्यास गर्नुभएको हो । मन्त्री राईले विहान ४५ करोडमा निर्माण हुने बहुउद्धेश्य सभा हलको शिलान्यास गर्नुभएको थियोे । यस्तै दिउँसो १ करोड २९ लाख लागतमा निर्माण थालिएको धम्बोजी वाटरपार्क...

नेपालगन्जबाट अपराध गरी फरार व्यक्ति २५ बर्ष पछि पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट अपराध गरी फरार एक जना व्यक्ति २५ बर्ष पछि पक्राउ परेका छन् ।बाँकेले जिल्ला अदालतले  फैसला गरेको २५ बर्षपछि बाँकेमा एक फरार अभियुक्त पक्राउ परेका छन् । फैसला कार्यान्वयनको टोलीले २०५० साल ७ महिना २७ गते खुन-डाँका मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा खुन-डाँका मुद्दा अदालतबाट कैद तथा जरिवाना तोकिएका नेपालगञ्ज उपमहानगरपालिकाका १६ जयसपुरका सलिम जोलाह...

कुष्ठरोग निवारण संघ नेपालगन्जको नवनिर्मीत भवनको उदघाटन

नेपालगन्ज ।नेपाल कुष्ठरोग निवारण संघ नेपालगन्जको नवनिर्मीत भवनको सोमबार  उदघाटन भएको छ । विस २०४२ सालमा स्थापना भएको नेपालगन्ज शाखाको सोमबार एक कार्यक्रमका विच नेपालगन्ज उपमहानगरपालीका वडा नं १८ कारकादोमा निर्मीत ६ वटा कोठासहितको भवन संघका केन्द्रिय अध्यक्ष डा. सुर्यप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएकोे छ । ३० लाख रुपैयाको लागतमा भवन निर्माण गरीएको शाखाका अध्यक्ष डा.जीराज शाक्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार, ती भवनलाई व्यवसाय गर्नका लागी भाडामा दिइने र...

नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ लाई पाँचतारेको मान्यता

नेपालगञ्ज।नेपालगञ्जमा सञ्चालित होटल ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ ले पाँचतारेको मान्यता पाएको छ ।एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट पाँचतारेको प्रमाणपत्र पाएको हो । नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ ।सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ । होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काका अनुसार बिएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट,...

राम नारायण–हिरादेवी अक्षय कोष स्थापना

नेपालगन्ज । नेपालगन्ज  उपमहानगरपालिका १८ स्थित राम नारायण–हिरादेवी फाउण्डेशनले श्री माध्यामिक विद्यालय लग्दहवामा ४ लाखको अक्षय कोष स्थापना गरेको छ । सो वडाका सस्वत श्रेष्ठ र सिमरन श्रेष्ठले आफ्नो हजुर आमा र हजुर बुबाको नाममा उक्त कोष स्थापना गरेको हो । उक्त अक्षय कोषबाट त्यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिईने फाउन्डेन स्थापनाकर्ता सिमरन श्रेष्ठले बताइन् । फाउन्डेसनले सो विद्यालय परिसरमा सरस्वतीको मन्दिर समेत बनाउने जनाएको छ ।...

नेपालगन्जको वडा नम्बर ४ मा बीस दिने महिला हाते कढाई तालीम शुरु

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा बीस दिने महिला   हाते कढाई तालीम शुरु भएको छ। महिलाहरुका लागी आइतबारबाट वडा नम्बर ४ को सहयोगमा गरीब तथा बेरोजगार कल्याण संघ बाकेद्वारा उक्त तालीम आयोजना गरिएको हो। उदघाटन कार्यक्रम बोल्दै अध्यक्ष मो.सफिक बेहनाले महिलाहरुका लागी आयआर्जन सीप अन्तर्गत त्यहाँका महिलाहरू लाई उक्त तालीम दिएको बताउनु भयो। अध्यक्ष बेहनाले यस्तो खाले तालीमबाट महिलाहरु पनि आत्मनिर्भर बन्न सक्ने कुरा बताउनु भएको थियो।बीसजना महिलाहरू सहभागी...