नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

बाँकेमा युवा र महिलाका लागी सञ्जाल व्यावस्थान तालिम

फाल्गुन । स्थानिय युवा महिला सञ्जालका प्रतिनिधि तथा युवा रोल मोडलहरुको लागी सञ्जाल व्यवस्थापन र सञ्जालीकरण विषयक २ दिने तालिम नेपालगंजमा सम्पन्न गरिएको छ। प्लान इन्टरनेशनल फिल्ड कार्यलय नेपालगंज संगको साझेदारीमा राइजिङ आइडल्स बाँकेले संचालन गरिरहेको बालिका तथा युवा महिला शसक्तिकरण परियोजना अन्तर्गत बाँकेको बैजनाथ गाँउपालीका र खजुरा गाँउपालीका मा संचालनमा रहेका युवा महिला संजालका प्रतिनिधिहरुको लागी संचालित तालिममा २५ स्थानिय युवा महिलाहरुको सहभागिता रहेको थियो । तलिममा स्थानिय युवा महिला...

नेपालगञ्जको शेमरक किड्सले मनायो तेस्रो बार्षिक उत्सब

नेपालगञ्ज। नेपालगञ्जको शेमरक किड्स किङ्डमले आज आफ्नो तेस्रो बार्षिक उत्सब मनाएको छ । नेपालगञ्ज एजुकेशनल फाउण्डेशनका अध्यक्ष अच्युत प्रसाईंको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत देखाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसर बाँकि राख्न नहुनेमा जोड दिनुभयो । पछिल्लो सयम शिक्षाप्रति अभिभावकहरु सचेत, सजग र जागरुक भइरहेको भन्दै...

नेपालगन्जमा संस्थागत बिधालय मापदण्ड तथा संचालन सम्बन्धि कार्यशाला तालिम

हेमन्त राज काफ्ले/नेपालगन्ज । संस्थागत बिधालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ सम्बन्धि कार्यशाला तालिम नेपालगन्जमा आयोजना  भएको छ। शिक्षा बिकास तथा समन्वय ईकाई बाके द्वारा विभिन्न बिधालयका सस्थापक तथा प्रधानाध्यापक हरुलाई तालिम दिएको हो। सस्थागत बिधालयको अबस्था दिन प्रतिदिन खस्किदै गएको छ अस्वस्थ प्रतिस्पर्धा एकाधिकार अनि मनपरि अनि प्राचीन तरिकामै चलेको र दिनदिनै खस्किदै गएकोले यो निर्देशिका जरुरी देखिएको ईकाई प्रमुख गोरख थापाले बताए। साथै बिधालय राम्रो अनि गुणस्तरीय बनाउन...

भोली पत्रकार र जुमा स्पोर्टस क्लव विच मैत्रीपुर्ण फुटबल

नेपालगन्ज ।प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। सोमबार (भोली ) पत्रकार र जुमा स्पोर्टस क्लव विच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुदैछ । जुमा स्पोर्टस् क्लवको आयोजनामा हुन लागेको अन्तरव्यवसायी फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । फागुन ४ गतेदेखि हुने भनेको प्रतियोगिता मौसम खरावीका कारण फागुन ७ गतेदेखि शुरु हुने भएको आयोजकले जानकारी गराएको छ । उद्घाटनको दिन भोली प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगितामा आयोजक टिम र...

नगर प्रमुख डा.राणाको बिरामीलाई आर्थिक सहयोग

नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले आफनो तलव एक सीकीस्त विरामीलाई प्रदान गर्नु भएको छ । उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले वडा न ७ निवासी पुनम नेपालीलाई उपचारार्थ एक महिनाको तलव÷भत्ता बरावरको ५० हजार सहयोग गर्नु भएको हो । नगरप्रमुख डा राणाले आज एक समारोहबीच वादी समुदायमा कार्यरत संस्था कमीट नेपाललाई सो रकम बाराबरको चेक हस्तान्त्रण गर्नु भयो । प्लाष्टिक एनिमीया कारण पुनमको दुई महिनादेखि बोन म्यारोमा समस्या देखिएको छ...

नेल्टा बाँकेद्वारा नेपालगन्जका माबी शिक्षकहरुलाई ६ दिने तालिम

नेपालगन्ज : नेल्टा बाँकेको सहजिकरण र प्याब्सन नगरको समन्वयमा  नेपालगन्जका २५ बढी विभिन्न माबि बिद्यालयका शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ । उक्त तालिम शिक्षा तालिम केन्द्र भैरहवाको आयोजनामा आजबाट सुरु गरिएको छ । नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काको अध्य्यक्षता र   नेपालगन्ज नगर प्याब्सनका अध्यक्ष बिकास बज्राचार्यको प्रमुख आतिथित्यतामा सुरु भएको उक्त तालिममा  मोर्डन पब्लिक स्कुलका प्राचार्य खड्ग बहादुर बोहरा, प्याब्सन नेपालगन्जका सचिव मानबहादुर थापा, नेल्टा बाँकेका उपाध्यक्ष तर्क खत्री र सचिव कमल...

बाँकेका चार स्थानीय तहलाई ३ करोड अनुदान

नेपालगन्ज । प्रदेश पाँचको आर्थिक मामिला तथा योजना मन्त्रालयले बाँकेका चारवटा स्थानीय तहलाई तीन करोड अनुदान रकम प्रदान गर्ने भएको छ । आठवटा स्थानीय हत रहेको बाँकेमा मन्त्रालयले प्रदेश सरकारले समपुरक योजनाका लागि नेपालगन्ज उपमहानगरपालिकासहित खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका बिभिन्न योजना छनौट गरेको छ । नरैनापुर गाउँपालिकाका लागि हुलाकी रोड स्तोरन्तीका लागि मन्त्रालयले २४ लाख अनुदान दिने निर्णय भएको छ । यस्तै राप्तीसोनारी गाउँपालिकाका ६ नम्बर वडादेखि...

नेपालगन्जको बृटिस स्कुलमा निशुल्क स्वास्थ्य शिबिर,३०० जनाद्वरा स्वास्थ्य जांच

नेपालगन्ज ।बृटिस स्कुलमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। शुक्रबार शान्तिनगर नेपालगन्ज स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलमा ईको हिमालयन ईन्टरनेशनल भक्तपुरको आयोजना तथा बिधालयको सहकार्यमा निशुुल्क स्वास्थ्य शिबिर आयोजना गरेको हो। वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यमा एक दिने निशुल्क स्वास्थ्य चेक जाँच कार्यक्रम गरिएको हो। शिबिरको शुभारम्भ गर्दै वडा अध्यक्ष बेहनाले “स्वास्थ्यनै धन हो र हामी स्वास्थ रहन आहार र व्यबहारमा ख्याल गर्नु पर्ने...

पत्रकारिता तथा उदघोषण तालिम समापन

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका वडा न १०  कार्यालयद्धारा सञ्चालित दुई दिने आधारभुत पत्रकारिता तथा उदघोषण तालिम सकिएको छ । वडाका बाल क्लव र विद्यालयमा अध्यनरत किशोर किशोरीलाई लक्षित गरेर मंगलबारबाट तालिम सञ्चालन गरिएको थियो । ४५ जना सहभागी तालिममा सञ्चार, पत्रकारिताका विविध विधा, समाचार लेखन, उदघोषण कला आदि विषयमा प्रशिक्षक शुक्रऋषि चौलागाई र नवीन गीरिले सहजीकरण गर्नु भएको थियो । तालिम समापन समारोहमा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै वडा अध्यक्ष विन्दुभुषण...

बाँकेस्थित नेपाल-भारत दसगजा क्षेत्रमा संयुक्त गस्ती गरिदै

नेपालगन्ज। बाँकेस्थित नेपाल–भारत दसगजा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । सिमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल एपिएफ र भारतीय सिमा सुरक्षा बल एसएसबी ले संयुक्त रुपमा गस्ती गरेका हुन् । दसगजा क्षेत्रमा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहको कमाण्डमा २५ जना र भारतीय एसएसबी ४२ बटालियन नानपारा बहराईचका कमाण्डर प्रविन कुमारको कमाण्डमा १५ जनाको टोलीले...