गण्डकी प्रदेशमा रहेका समाचारहरु
काठमाडौं, २ माघ । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । विधेयकको दफा १५ मा सीडीओको निर्देशनमा प्रदेश प्रहरी...
नेपालगन्ज,२८ पुस।हवाई इन्धनको मूल्यको घटेसंगै देशका आन्तरिक हवाई उडानको भाडा घटेको छ। आन्तरिक हवाई उडानका घटेको भाडा भोली आइतबारबाट लागू हुनेछ । नयाँ भाडादर अनुसार सबै भन्दा कम भाडामा काठमाडौं–सिमरा ३ हजार १ सय २० र अत्यधिक बढी भाडा अन्तर्गत काठमाडौं–धनगढीको १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ । नयाँ भाडादर अनुसार काठमाडौंबाट पोखरा ५ हजार ५० ,विराटनगर ७ हजार ५ सय ५०,जनकपुर ४ हजार ३ सय,भैरहवा ६ हजार २ सय, नेपालगञ्ज...
दमौली(तनहुँ), २७ पुस । तनहुँमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले...
काठमाडौँ, २६ पुस। सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै...
कावासोती, २३ पुस ।पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार...
नेपालगन्ज,१८ पुस। नेपालगन्जमा पछिल्लो समय प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत बर्ष यताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना हुँदा प्रदेश पाँचमा १२ वटा घटना भएका छन् । जसमा बाँकेमा मात्रै चारवटा छन् । बाँकेमा व्यवसायी र जनप्रतिनिधीबाट प्रेस स्वतन्त्रता उल्लङ्घन भएका छन् । देशभरमै भएका ९८ घटनाबाट २ सय २३ भन्दाबढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका...
नेपालगन्ज,१५ पुस। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा...
(सञ्चिता घिमिरे )काठमाडौँ, १२ पुस ।विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो । बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको...
काठमाडौं, १० पुस । पुरानो दल कांग्रेसको सांगठनिक संरचना केन्द्रदेखि टोल तहसम्मै फेरिने भएको छ। महासमितिले आइतबार पारित गरेको विधान अनुरुप कांग्रेसले नयाँ संरचना अपनाउनेछ। मुलुकको पछिल्लो संरचना अनुरुपको विधानलाई विधानलाई दुई तिहाइले अनुमोदन गर्यो। केन्द्रीय समितिमा अब सभापतिसहित १४ पदाधिकारी रहनेछन्। केन्द्रीय समितिको संख्या १ सय ६८ पुगेको छ। १४ पदाधिकारीमध्ये २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन्। ८ सहमहामन्त्री समावेशी क्लस्टरको आधारमा निर्वाचित हुनेछन् भने कोषाध्यक्ष...
कावासोती, ५ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती १४ मा आज बस खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी...