गण्डकी प्रदेशमा रहेका समाचारहरु
काठमाडौं, १५ जेठ । आज सरकारले संघ, प्रदेश र स्थानीय तहलाई समेत गरेर करिब १६ खर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने बजेटमा संघीय सरकारलाई १२ खर्ब तथा प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब बिनियोजन गर्ने तयारी छ । जसअनुसार संघीय सरकारको बजेट कुल खर्चको ७५ र तल्लो तहका दुई वटा सरकारको बजेट २५ प्रतिशत हुने छ । नेपाल राष्ट्र बैंकले संघीय सरकारको...
काठमाण्डौ,१४ जेठ ।त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको रु २२ लाख शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते रु २२ लाख शुल्क तोक्नेसम्बन्धी गरेको निर्णयविरुद्ध युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि र मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सर्वोच्च अदालतमा दायर छुट्टाछुट्टै रिट निवेदनउपर गत वैशाख...
पोखरा, ७ जेठ । पर्यटकीय क्षेत्र खहरेबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर घर्ती मगरले तीन दिनको अवधिमा छ किलो २५० ग्राम खैरो चरेश, डाइजेपाम पाँच सय चार थान, फेनेरगन पाँच सय चार थान, नर्फिन पाँच सय चार थान, नाइट्रोसन ११८ थानसहित १० जनालाई पक्राउ गरेको जानकारी दिनुभयो। यसैगरी, प्रहरीको सक्रियतामा पोखराको विभिन्न वस्तीबाट घरेलु मदिरा ३५०...
पर्बत,२ जेठ।वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ । परियारलाई वैशाख ६ गते...
फलेवास, पर्वत, ३१ वैशाख । गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् । राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका छ महिने छोरा चित्रबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।...
बाबियाचौर, म्याग्दी, ३१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ । भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ । गोविन्द पुर्जाको कपडा पसल, टेकनारायण...
पोखरा, ३० बैशाख । पोखरा विमानस्थलको १ नं. गेट नजिक बम भेटिएको हो । बम राखिएको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको हो । अहिले बमलाई निष्कृय पारिएको छ। प्रदेश नं. ४ को सुरक्षा गोष्ठी आयोजना गरिएकै दिन विमानस्थलमा बम भेटिएको हो । गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा सहभागी हुन आएका थिए। गृहमन्त्री थापा विमानस्थलबाट कार्यक्रम स्थलमा पुगेपछि बम फेला परेको थियो । गृहमन्त्री कार्यक्रममा आउँदै गर्दा एयरपोर्टकै...
दमौली, ३० वैशाख । तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल...
मुस्ताङ, २९ वैशाख । २ दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिमाली जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरमा पुगेका छन् । मुक्तिनाथ पुगेसँगै मोदीले पूजा अर्चना समेत शुरु गरिसकेका छन् । संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थानीय जनप्रतिनिधिलगायतले मोदीलाई स्वागत गरेका थिए । मोदीले मुक्तिनाथ मन्दिरमा करिब २५ मिनेट पूजा गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । ...
ठिनी, मुस्ताङ, २४ वैशाख ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ । सुरक्षा निकायले दैनिक बैठक बसेर तयारीलाई तीव्रता दिइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताउनुभयो । वैशाख २८ गते मोदीले गर्नुहुने मुक्तिनाथ भ्रमणका लागि तीन...